लय समात्दै चाडपर्व, शिवालयमा भक्तजनको घुइचो

सप्तरी, राजविराज । कोरोनाको त्रासलाई बिर्सिदै महाशिवरात्रीका अवसरमा बिहीबार शिव मन्दिरहरुमा श्रद्धालु भक्तजनको घुइचो लागेको छ ।

सप्तरीको प्रशिद्ध हरिनन्देश्वर महादेव, शम्भुनाथ, लालेश्वरनाथ, महादेव अंकुरी लगायतका शिवालयहरुमा बिहानैदेखी हजारौंको संख्यामा पूजा र दर्शन गर्न भक्तजन पुगेका छन् ।

यस अवसरमा उक्त मन्दिर परिसरमा भब्य मेलाको आयोजना समेत गरिएको छ । गत वर्ष कोरोनाको जोखिमलाई ध्यानमा राख्दै स्थानिय प्रशासनले मन्दिर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । जसकारण महाशिवरात्रीका दिन पनि उक्त शिवालयहरु सुनसान भएको थियो ।

तर, यसपल्ट स्थानिय प्रशासनले त्यस्तो कुनै आदेश जारि नगरेकाले तथा कोरोनाको जोखिम पनि कम हुँदै गएकाले शिवालयहरुमा भक्तजनको घुइचो लागेको सम्बद्ध मन्दिरका पूजारीहरुले बताएका छन् ।

पूजाकै क्रममा सप्तकोशी, त्रियुगालगायतका जलाशयबाट एका बिहानै जल ल्याएर बोलबम बोलबमको नारा लगाउँदै शिवालयहरुमा जल चढाउने भक्तजनको भिड पनि कम थिएन् । शिवालयहरुमा बढ्दो दर्शनार्थीको चापलाई ध्यानमा राख्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरि भिड ब्यवस्थापन तथा सुरक्षा व्यवस्था मिलाइएको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बताए ।

दर्शनका आउने दर्शनार्थीका लागि विभिन्न संघसंस्थाले आवश्यक सुविधाको प्रबन्ध मिलाएका थिए । स्वमसेवक र प्रहरीले लाइन ब्यवस्थापनमा ध्यान दिएकाले पूजापाठ सहज भएको सीमावर्ती भारतको कुनौली बजारबाट शम्भुनाथ मन्दिर पुगेका ग्रामपंचायत प्रमुख कौशलकुमारले बताए ।

कोरोनाले चाड पर्वको रौनक खोसेको बेला पछिल्लो समय कोरोना बिरुद्धको खोपसमेत प्रयोगमा आइसकेकाले त्रासमा कमी आउँदै गएको र विभिन्न चाडपर्वले रौनकता पाउन थालेको स्थानिय बुद्धिजिविहरुको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 264 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
ज्येष्ठ नागरिकका गुनासा