काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपाल–खनाल समूहले चैत ४ र ५ गतेलाई राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । शनिबार वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल निकट केन्द्रीय सदस्यहरुको बैठकले केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य हुने भन्दै राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय गरेको हो ।
बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको नेता भीम रावलले जानकारी दिए । उनका अनुसार भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 266 times, 1 visits today)






