बैतडी । बैतडीमा आज बिहानै स्कार्पियो जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर रहेको छ ।
दार्चुलाको महाकाली नगरपालिकाका ४८ बर्षीय विष्णुदत्त भट्ट गम्भीर घाइते भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
धनगढीबाट दार्चुला जादैं गरेको बा १३ च ३१८० नम्बरको स्कार्पियो महाकाली राजमार्ग अन्र्तगत बैतडीको दोगडाकेदार ५ ढिकगाडमा बिहान साढे ५ बजे दुर्घटनामा परेको हो । स्कार्पियो सडकवाट १५ मिटर तल खसेको छ । चालक निदाएकोले दुर्घटना भएको हुनसक्ने बैतडी प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)






