हिजो माधव नेपाललाई आज प्रचण्डलाई ओलीको फोन

काठमाडौं । प्रतिस्पर्धी दलका शीर्षनेताहरुप्रति कटाक्ष गर्दै आएका प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले फोन गर्दै सम्बन्ध सुधारका लागि प्रयाशरत छन् । माधव नेपाल र झलनाथ खनाल पक्षले चैत ५ र ६ गतेलाई भेला राखेपछि आइतवार माधव कुमार नेपाललाई फोन गरेर बालुवाटरमा भेटघाट गर्ने प्रस्ताव राखेका थिए । नेपाल खनाल समुहका एक केन्द्रिय सदस्यका अनुसार आइतबार ओलीले नेपाललाई बालुवाटार आउन निम्तो गरे नेपालले बालुवाटार आउदिन भनेपछि पार्टी कार्यालय धुम्बाराहीमा भेटघाट र छलफल भयो ।

अदालतको आदेशपछि सोमबार पहिलोपटक पार्टी कार्यालयमा एउटै रोहमा बसेर संवाद गरेपनि नेपाल र ओलीको सम्बन्ध सुमधुर हुन सकेन् । बैठक सम्पन्न भएर नेपाल खनाल समुह पार्टी कार्यालयबाट बाहिरिएपछि प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटघाटका लागि आग्रह गरे । तर, प्रचण्डले स्पष्ट जवाफ दिएनन् ।

सरकार टिकाउनका लागि दवाव महसुस् हुन थालेपछि प्रधानमन्त्री ओलीले लचकता अपनाउन थालेका छन् । संसदमा १२३ सिट रहेको एमालेले राजपाको समर्थनमा विश्वासको मत लिने प्रयाश गरेपनि अझै सफल हुन सकेको छैन । यदि ओलीले नेपाल खनाल पक्षलाई पार्टी ह्वीपको डर देखाउदै सरकारको समर्थन लिने प्रयाश गरेमा त्यो पनि असम्भव हुने सम्भावना देखिएको छ । ‘ह्वीपको हामीलाई डर छैन, उस्तै परे हाम्रा सांसदहरु सांसदको लोगो प्रधानमन्त्रीलाई बुझाएर बाहिरिन पनि तयार छन् ।’ नेपाल खनाल पक्ष एक नेताले भने ।

तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराका १५ औं मेयर आचार्यको इतिवृतान्त यस्तो छ