बहराइनका राजपरिवारसहितको टोली नेपालमा

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारका सदस्यसहित १६ जनाको टोली नेपाल आइपुगेको छ । बहराइन राजपरिवारका सदस्यसहितको आरोही टोली विशेष विमानमार्फत हिजो काठमाडौँ आइपुगेको आरोहण व्यवस्थापन गरिरहेका सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिनुभयो ।

उक्त टोली साँझ ७:३० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुगेको थियो । काठमाडौँको मेरियट होटलमा पाँच दिन क्वारेन्टिन बसेपछि गोरखा गएर त्यहाँ पनि पाँच दिनको बसाइपछि काठमाडौँ फर्कने छ । त्यसपछि आरोहणको प्रक्रिया सकेर आरोही टोली सगरमाथा आधारशिविर जाने कार्यतालिका छ ।

आरोही टोलीमा बहराइन राजपरिवारका सदस्य शेख मोहम्मद हमाद, मोहम्मद अल खालिफासहित बहराइन रोयल गार्ड, डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनी र तीन जना बेलायती नागरिक पनि छन् । यो टोली करिब ८० दिन नेपालमा रहनेछ ।

सो टोलीले गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित समागाउँका बासिन्दाका लागि कोरोना भाइरस विरुद्ध लगाइने दुई हजार डोज अस्ट्राजेनेका खोप समेत सहयोगस्वरुप प्रदान गर्नेछ । टोलीले सन् २०२० को अक्टोबरमा लोबुचे पीक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 323 times, 1 visits today)

epaper

ताजा समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री रायमाझी, खाँण र पूर्वसचिव पाण्डे दोषी ठहर (फैसलासहित)