Monday, July 26, 2021
Homeप्रदेशप्रदेश १अनौठो रोगले एकै घरका चार दिदीबहिनी बिरामी

अनौठो रोगले एकै घरका चार दिदीबहिनी बिरामी

भगीरथ भण्डारी,
sharethis

इलाम । अनौठो रोगका कारण एकै घरका चार जना बिरामी परेका छन् । चिच्याउने, कराउने, उफ्रिने खालको अनौठो रोगबाट इलामको फाकफोकथुम गाउँपालिका–१ ठिंगेपुरका दिदीबहिनी बिरामी परेका हुन् । होमबहादुर निरौला र उमा निरौलाका ६ जना छोरी छन् । जेठी कोपिला र कान्छी सुशीलाबाहेक सबै अनौठो रोगबाट पीडित भएको बताए । माइली डिल्लीमाया निरौला (बोहोरा), साइली चन्द्रकला निरौला (खडका), काइली नैनकला निरौला र अन्तरी जेनिसा निरौला बिरामी परेका हुन् । नैनकला गत पुसदेखि नै यस्तो खालको रोगबाट पीडित छिन् । उपचारका लागि इलाम अस्पताल, झापा हुँदै काठमाडौंसम्म लगियो रोग केही पत्ता लागेन,’ आमा उमाले गहभरि आँसु पार्दै भनिन् ‘बुढेसकालका सहारा छोरीहरू नै यसरी बिरामी भएपछि कसरी बाचूँ ।’

‘उपचारका लागि धेरैतिर धायौं, अस्पतालमा गयो भने रोग नै छैन भन्छ, जेठा ज्वाइँ पदमबहादुर कटुवालले भने, ‘बिरामले छोपेको बेला थाम्न सक्ने स्थिति आउँदैन ।’ बिरामले केहीबेर छाड्ने, केहीछिनमै भेट्ने गर्छ । कुलदेवता बिग्रिएको हो कि भनेर धामी, झाँक्रीसमेत लगाए पनि बीसको उन्नाइस भएको छैन । बिराम सुरु भएपछि उनीहरूले खानासमेत खाएका छैनन् । दिनभर छिमेकी भेला हुन्छन्, राति दुईचार जना मात्र । काप्न थालेपछि एकै जनालाई दुई/तीन जनाले पनि समाउन मुस्किल पर्छ । एक्कासि घरमा छोरीहरूलाई अनौठो रोगले चाप्यो, ‘धामी, झाँक्री लगाउँदासमेत निको भएन,’ उमा भन्छिन्, ‘रोग निको होला भनेर दुई जनालाई उपचारमा पनि पठायौं तर अस्पतालमा समेत ठीक भएन ।’ घरमा यसअघि कसैलाई यस्तो खालको बिरामीले च्यापेको आफूलाई थाहा छैन ।

घरमा रोगले छोरीहरूलाई चापेपछि बुबा होमबहादुरले दुई जनालाई उपचारमा लगे । उपचार गराउँदासमेत रोग पत्ता नलागेपछि घर नै लिएर आउँदै छन् । सबै जना एकैपटक बिरामी हुँदा थाम्नसमेत मुस्किल पर्छ । कसैले कुल देवता बिग्रिएको त कसैले टुनामुनाको खेल हो भन्ने गरे पनि के हो भन्ने कुरा पत्ता लागेको छैन । दिनभर गाउँले आएर सहयोग गर्छन् भने बेलुका आफन्तले उनीहरूलाई रुगेर बस्छन् । विभिन्न जिल्लामा यस्ता खालका घटना घटेको सुनिन्थ्यो, अहिले आफ्नै ठाउँमा प-यो, वडाध्यक्ष नेम्वाङले थपे छिनछिनमै निको हुँदै पुनः भेट्ने गरेको छ । बिरामले भेटेको समयमा हात्त बाँध्ने, कराउने, चिच्याउने, रुनेजस्ता अनेक लक्षण देखाउने गरेका छन् ।

(Visited 187 times, 1 visits today)
Loading comments...

आजको समाचार

वर्तमान राजनीतिक अस्थिरताको जवाफदेहिता

प्रारम्भ नेपालको राजनीति अत्यन्त असहज बन्दै गयो ।संक्रमणबाट देशले मुक्तिपाउने अवस्था देखिँदैन । २०४६ सालपश्चात् सरदर एक वर्षमा एउटा सरकार बन्दैगएको छ । जनताको मतको...

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा...

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

साताका लोकप्रिय समाचार

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु

  बझाङ । घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ की ३० बर्षिया महेश्वरी देवि...

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा...

‘ए’ डिभिजन लिगबारे ४ क्लबको असहमति

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३ असोजबाट आयोजना गर्ने तयारी गरिरहेको शहीद स्मारक ‘ए’ डिभिजन तोकिएको मितिमा हुनेमा शंका बढेको छ ।...

दुईहजार ९७७ सङ्क्रमित थपिए, १८ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २,९७७ सङ्क्रमित थपिएका छन् भने एक हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन् । जम्मा १३ हजार ६९८ लाई...

टोकियो ओलम्पिकः जुडोकी सोनिया र सुटिङकी कल्पना पहिलो चरणमै पराजित

काठमाडौं । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन् । शनिबार सम्पन्न खेलमा भट्टले राउण्ड...

ट्रेन्डिङ

सेल्फी किङ र साङ्लोबीच प्रतिस्पर्धा

काठमाडौं । शुक्रबारबाट दुई नेपाली चलचित्र एक साथ रिलिज हुने भएका छन् । विपिन कार्की अभिनित चलचित्र ‘सेल्फी किङ’ र विराज...

रियलमी फोनको विषेशता : १ पटक चार्ज गरेपछि ४४ घण्टा कुरा गर्न सकिने

काठमाडौं । छोटो समयमा विश्वभर प्रविधिको क्षेत्रमा आफ्नो बलियो हस्तक्षेपपूर्ण उपस्थित जनाउँदै गएको स्मार्टफोन ब्रान्ड रियलमीले क्वेलकम संस्करणको लेटेस्ट सी १५ मोबाइल फोन नेपाली...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)