गाेवा । रोजगारीको सिलसिलामा विगत केही वर्षदेखि गोवामा मजदुरी गर्दै आएकी रुकुम त्रिवेणी गाउपालिका वाडा न ६. निवासी वर्ष ५७ की नन्दकला परियार क्यान्सरले ग्रष्त छिन् ।
सन २०१३ मा ब्रेस्ट क्यान्सर भएको नन्दकलाले भारतकाे गोवामा रहेकाे गोवा मेडिकल कलेजमा प्राथमिक उपचार गराएकी थिइन् । ८ बर्ष पछि स्वास्थ्य जाँच गराउदा उनको हिपको देब्रेपट्टी भागमा क्यान्सर भएको पुष्टि भएको छ । गोवा मेडिकल कलेजले थप उपचारको लागि मुम्बई स्थित टाटा हस्पिटमा रेफर गर्दिएको छ ।
हिपको देब्रेपट्टीको जोईन्ट हड्डीमा भएको क्यान्सरको अपरेसन गरेर पुरानो हड्डी निकालेर नया प्लेट राख्नुपर्ने छ । टाटा हस्पिटलमा यसको उपचार खर्च न्युनत १० लाख नेपाली रुपैया लाग्ने परिवारका सदस्यकाे भनाइ छ । नन्दकलाको आर्थिक अवस्था अत्यन्तै कम्जोर भएकोले त्यत्रो आर्थिक खर्च जुटाउने सम्भावना नभएकाे नातेदारकाे भनाइ रहेकाे छ । आफ्नो जीवन रक्षा गरिदिन नन्दकलाले विभिन्न संघ संस्थालाई अपिल गरेकी छन् । उनका छोरा जीवन परियारले आफ्नो आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले आमाको ज्यान बचाइदिन गोवामा कार्यरत सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुलाइ अपिल गरेका छन् ।
नन्दकलाको जिबन रक्षाकोलागि संयुक्त गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाको संयोजकत्वमा ११ सदस्यीय आर्थिक कमिटी गठन गरिएको छ जसमा प्रकाश थापा पुन संयोजक रहेका छन् ।






