दरबन्दी कटौती गरेको भन्दै विद्यार्थीहरुले गरे तोडफोड, प्रहरीद्धारा तीन सेल अश्रुग्यास प्रहार

सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा रहेको बेनीभोला नमुना माध्यमिक विद्यालयका विद्यार्थीले शिक्षा समन्वय इकाई समिति सर्लाहीको कार्यालयमा तोडफोड गरेका छन् ।

भिड तितर वितर पार्न भन्दै प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ । शिक्षाको दरबन्दी कटौती गरेको भन्दै सोमबार दिउँसो कार्यालय घेराउ गर्न पुगेका विद्यार्थीले कार्यालयमा तोडफोड गरेका थिए । विद्यार्थीले कार्यालय तोडफोड गर्न थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन तीन सेल अश्रुग्यास प्रहार गर्दा केही विद्यार्थी घाइते भएको एक शिक्षकले बताए ।

घाइते विद्यार्थीहरु जिल्ला अस्पताल सर्लाहीमा उपचार गराएर घर फर्केका छन भने तोडफोडमा उत्रिएका पाँच जना विद्यार्थी र एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आक्रोशित विद्यार्थीले गोडैता नगरपालिकाको कार्यालयमा समेत तालाबन्दी गरेका छन् । विद्यालयमा कायम रहेको दरबन्दी शिक्षा समन्वयका प्रमुख र नगर प्रमुखले कटौती गरको भन्दै विद्यार्थी आन्दोलीत भएका हुन् ।

आक्रोशित विद्यार्थीले शिक्षा समन्वयको कार्यालय तोडफोड गर्न थालेपछि थप क्षति हुन नदिन सामान्य बल प्रयोग गरेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत मदन कुवँरले भिड नियन्त्रण गर्न एक सेल अश्रुग्यास प्रयोग गरेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 125 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेस पहिलाे पार्टी, २५२ पालिका प्रमुखमा विजयी