१५ किलो लागूऔषध गाँजासहित सर्लाहीमा ३ जना पक्राउ

सर्लाही । १५ किलो प्रतिबन्धित लागु औषध गाजाँ सहित सर्लाहीमा ३ जना पक्राउ परेका छन । सर्लाहीको लालबन्दी नगरपालिका वडा न. १७, रानीगंजबाट लागूऔषध गाँजासहित तीन जना र एउटा अटोलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

आइतवार साँझ पौने ६ बजेको समयमा विशेष सुराकीको आधारमा खटिएका प्रहरी टोलीले लालबन्दी न.पा को रानीगंज स्थित परवानीपुर देखि रानीगंजतर्फ ल्याएको ज १ ह ४६०९ नम्बरको अटोलाई शंका लागि रोकेर चेकजाँच गर्दा अटोमा रहेको जेब्रा झोला भित्र ३ वटा प्लास्टिकको पोकामा १५ किलो गाँजा बरामद गरेको सर्लाही प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाए  ।

प्रहरीले लागूऔषध गाँजासहित अटोमा सवार सोही ठाउँका ४० वर्षीय सुरेन्द्र कुमार बल,लालबन्दी –१४ बस्ने वर्ष ४१ को पासाङ पाख्रिन र रानीगंजका ४५ वर्षीय अटोचालक पुष्प बहादुर फुयाँललाई नियन्त्रणमा लिएको प्रवक्ता कुवँरले जनाए  । अटोमा सवार सुरेन्द्र कुमार बलको साथबाट २५ हजार रुपैयाँ समेत बरामद भएको छ ।अटोसहित तीनैजनालाई नियन्त्रणमा लिएर अनुसंधान कार्य अधि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु, विनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी