तुलसीपुरमा स्कुलबस पल्टिदा १ जनाको मृत्यु, २० जना विद्यार्थी घाइते

तुलसीपुर । तुलसीपुरको सरैयाडाडाँको चोकमा स्कुल बस पल्टिदा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । मृत्यु हुनेमा तुलसीपुर १६ निबासी सम्झाना केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

सम्झानाको सिटी हस्पिटल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कर्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र कोहलपुरमा उपचार भइरहेको छ । डुरुवाबाट विद्यार्थी लिएर तुलसीपुर जाँदैगरेको रा१क ४३३ नम्बरको पब्लिक ज्ञानज्योति कलेजको बस ब्रेक फेल भएर सरैयाडाडाँ चोकमा पल्टिएको विद्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

epaper

ताजा समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री रायमाझी, खाँण र पूर्वसचिव पाण्डे दोषी ठहर (फैसलासहित)