ओलीले राजतन्त्रसंग साँठगाँठ गरे हामी सफल हुन दिन्नौं : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रसंग साँठगाँठ गरेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका छन् ।

मंगलबार विद्यार्थीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले केपी ओलीले जतिसुकै साँठगाँठ गरे पनि राजतन्त्र फर्किन नदिने बताए ।

सोही कार्यक्रममा उनले पार्टीले सोधेको स्पष्टीकरणलाई ‘कथित’ रहेको भन्दै सामना गर्न तयार रहेको बताएका छन् । कथित स्पष्टीकरणबाट आफुहरु नतर्सिने बताए ।

पार्टी अनुशासनविपरीत काम गरेको भन्दै ७ चैतमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेता नेपालसहित चारजना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सोमबार नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई बेग्ला–बेग्लै स्पष्टीकरण पत्र पठाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धनुषामा एक महिलाको शब खेतमा, टाउको खोलामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वतन्त्र उम्मेदवारलाई जनताको हितमा काम गर्न सघाउनुपर्छ : महामन्त्री शर्मा