देबेन्द्रको मयालु बनिन् सज्जा

काठमाडौँ । गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत मयालु सार्वजनिक भएको छ । टिपीकल शैलीमा तयार पारिएको गीतमा बब्लुसँगै नेपाल आइडल सिजन ३ की बिजेता सज्जा चौलागाईको स्वर रहेको छ । गीतमा स्वंय बब्लुले शव्द तथा संगीत गरेका छन् । भने बब्लुले नै निर्देशन गरेको भिडियोमा कथा बिशाल घिमिरेको रहेको छ ।

भिडियोमा गाउँले परिवेशमा आधारित रहेर माया पिरतीलाई देखाउन खोजिएको छ । भिडियोमा सागर भण्डारी, गरिमा शर्मा, देबेन्द्र बब्लु, कविता न्यौपाने, गोपाल परियार, काका हुमागाई, सबिन ढुङ्गाना, गणेश भण्डारीलगायतका कलाकारहरु फिचर्ड छन् ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

epaper

ताजा समाचार

भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स