१० वर्षिया बालिका बलात्कार गरेर भागेका मुखिया १३ वर्षपछि पक्राउ

राजबिराज, सप्तरी । १० वर्षिया बालिका बलात्कार गरेको आरोपमा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ कोइलाडी बरसाईन बस्ने ३५ वर्षिय सेभु भन्ने श्याम मुखिया हुन् ।

बिहीबार गाउँमै लुकिबसेको अवस्थामा पक्राउ परेका मुखियालाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएपछि आदेशानुसार कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिए ।
२०६४ साल असोज ९ गते गाउँकै एक १० वर्षिया बालिकाको बलात्कार गरेको आरोपमा उनीमाथी जरबजस्तीकरणी मुद्दा चलाइएको थियो । सो मुद्दामाथी सुनुवाई गर्दै सप्तरी जिल्ला अदालतले २०७५ असार ५ गते १३ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

घटनापछि फरार भएका मुखिया गाउँ फर्केको र लुकिबसेको गोप्य सूचना आएपछि प्रहरी चौकी बरसाइनबाट खटेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 361 times, 1 visits today)

epaper

ताजा समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको भनाइ