गीतकार राखी गौचनको शब्दमा ‘हे मन’

काठमाडौं । कवियत्री एवम् गीतकार राखी गौचनको मार्मिक शब्दमा रहेको ‘हे मन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा स्वरमा गायक शंकर थापा ‘स्माइल’को रहेको छ। गायक थापाले नै संगीतवद्द गरेको यस गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।

पत्नी गुमाएको एक पुरुषको विक्षिप्त अवस्थालाई मार्मिक ढङ्गमा प्रस्तुत गरिएको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, सिर्जना जीसी र प्रनिमा दाहाल फिचर्ड छन्। भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन्।

भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ। डश म्युजिक नेपालको च्यानल मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो।

तपाइको प्रतिक्रिया
(Visited 407 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल