नेदरल्याण्ड्स, क्रोएसिया, टर्की, रुस र बेलारुस विजयी

लन्डन । विश्वकप छनौट फुटबलअन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा युरोपेली समुहका खेलहरुमा नेदरल्याण्ड्स, क्रोएसिया, टर्की, रुस र बेलारुस विजयी भएका छन् । समुह ‘जि’ अन्तर्गत नेदरल्याण्ड्समा भएको खेलमा घरेलु टोलीले लात्भियालाई २–० ले हरायो । यही समुहको अर्को खेलमा टर्कीले नर्वेलाई ३–० ले हराउँदा मोन्टेनेग्रोले जिब्रल्टारमाथि ४–१ को जित निकाल्यो ।

समुह ‘ए’ को खेलमा सर्वियाले पोर्चुगललाई २–२ गोलको बराबरीमा रोक्दा लक्जेम्वर्गले रिपब्लीक अफ आयरल्याण्डलाई १–० ले पराजित ग-यो । यसैगरी समुह ‘इ’ को खेलमा बेलारुसले इस्टोनियालाई ४–२ ले हराउँदा चेक गणतन्त्रले बेल्जीयमलाई १–१ गोलको बराबरीमा रोकेको छ ।

यसैगरी समुह ‘एच’ को खेलमा रुसले स्लोभेनियालाई २–१ ले तथा क्रोएसियाले साईप्रसलाई १–० ले हराएका छन् । स्लोभाकिया र माल्टाबिचको खेल २–२ गोलको बराबरीमा सकिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 324 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान