गौमुल गाउँपालिकामा स्वास्थ्य सेवा प्रभावकारी बन्दै

बाजुरा । गौमुल गाउँपालिकाले चिकित्सक सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले मेडिकल अधिकृतसहित अन्य स्वास्थ्यकर्मी भर्ना गरेर गाउँपालिकामा अस्पताल सञ्चालन ल्याएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।

गाउँपालिकाको कार्यलय घटमुनामा कोभिड १९ अस्थायी अस्पताल सञ्चालन सँगै बिरामी चेकजाँच देखी उपचार सेवा सुचारु गरेको स्वास्थ्य संयोजक हरिचन्द्र बिकले वताएका छन् । बिगत तिन महिना देखी सेवा सञ्चालन ल्याएको गाउँपालिकाले अस्पताल बाट दिने सेवा प्रभाबकारी दिदै आएको छ ।

गौमुल गाउँपालिकामा दुुर्गम गाउँपालिका पर्छ । गाउँपालिकाले पहिलो पटक चिकित्सक सेवा सुचारु गरेको हो । ओपिडि सेवा, ल्याब, र एक्सरे लगायतका सेवा सञ्चालन गरिरहेको छ । अस्पतालमा दैनिक ३५ जना भन्दा बढि बिरामी आउने गरेको डा. रुपेश बाटि ले वताएका छन् ।

हाडजोर्नी, दम, खोकि घाटिको समस्या भएका बिरामी धेरै आउने गरेको उनले वताए । बिरामी चेकजाँच सगै बिरामीलाई १० मिनेट सम्म परामर्श सेवा समेत दिने गरेको स्टाफ नर्स सपना जोशीले वताएकि छन् ।

महिलाहरु पनि खुलेर स्वास्थ्य समस्या ’bout भन्ने गरेका छन्, धेरै महिला तल्लो पेट दुख्ने जस्ता समस्या ल्याएर आउने गरेको स्टाफ नर्स जोशीले वताईन् । चिकित्सक गाँउपालिकामा आएपछि रोग लुुकाउदै बिरामी तथा महिलाहरुले त पहिलो पटक उपचार पाएको वताए ।

त्यो सँगै पैसा नभएर सामान्य उपचारका लागि जिल्ला बाहिर जान नसक्नेले सेवा पाएको स्थानिय बल बहादुर रोकायाले वताए । स्थानिय दल नेपालिले भने पैसा नहुुँदा जिल्ला बाहिर गएर उपचार गर्न सकेकि थिएन्, गाँउमै चिकित्सक आएपछि उपचार पाँउदा खुशी भएको वताए ।

अस्पतालमा जसो पेट दुुखेको बिरामी, महिलाको पाठेघर सम्बन्धि समस्या, चिलाउने, दम, छालाको बिरामी आउने गरेका छन् । गाउँपालिका उपाअध्यक्ष सिता थापाले भनिन्, गाउँपालिकामा मेडिकल अधिकृत ल्याएर अस्पताल सञ्चालनमा आएपछि स्थानियलाई निकै सहज भएको वताएकि छन् । सामान्य चेकजाँच तथा चिकित्सक सेवा लिनका लागि जिल्ला अस्पताल बाजुरा जानुपर्ने बाध्यता टरेको उनले वताईन् ।

गाउँपालिकाले ओपेडि टिकट निशुल्क गरेको छ । त्यो सँगै अस्पतालमा १ सय १० प्रकारका औषधि बिरामीलाई निशुल्क दिने गरेको छ । सरकारले निशुल्क औषधिक दिने निणर्य कम गरेको छ, तर गाउँपालिका आर्थिक अबस्था कमजोर भएका धेरै उपचारमा आउने भएकाले १ सय १० प्रकारका औषधि निशुल्क दिने ब्यबस्थापन गरेको गौमुल गाउँपालिका प्रमुख प्रशासकि अधिकृत जगदिश प्रसाद भट्टले वताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 218 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको शहिदनगरमा जसपाका मेयर निर्वाचित