Wednesday, April 14, 2021
Home Exclusive आर्मीले श्रीलंका पुलिस स्पोर्ट्स क्लबको सामना गर्दै

आर्मीले श्रीलंका पुलिस स्पोर्ट्स क्लबको सामना गर्दै

राजधानी समाचारदाता,

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कपको दक्षिण एसियाली प्रारम्भिक छनोटअन्तर्गत प्लेअफको पहिलो खेलमा बुधबार घरेलु मैदानमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबको सामना गर्दै छ । खेल नेपाली समयानुसार साँझ ५ः३० बजे दशरथ रंगशालमा हुनेछ ।

खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रीलंकाका प्रशिक्षक झिलाउ अलपेन्सुले टोलीले थोरै तयारी गरे पनि राम्रो नतिजा ल्याउने प्रयास गर्ने बताएका छन् । उनले कोभिड–१९ संक्रमणका कारण आफ्ना खेलाडी पुलिस ड्युटीमा व्यस्त रहेकाले फुटबल प्रशिक्षण राम्रो गर्न नसकेको बताए । ‘हामीले खेलका लागि लामो तयारी गरेका छैनौं । हाम्रा सबै खेलाडी पुलिस ड्युटीमा खटिएका कारण फुटबल प्रशिक्षण हुन सकेन ।

जनवरीको अन्तिमतिर मात्र हाम्रा खेलाडी एकसाथ जम्मा भएका हुन् । त्यसपछि दुई महिना प्रशिक्षण गरेर हामी नेपाल आएका हौं,’ उनले भने । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले टोलीको तयारी निकै राम्रो भएको बताए । ‘हाम्रो तयारी निकै राम्रो भएको छ । गत साता किर्गिस्तानको यु–२३ टोलीविरुद्ध खेल्न पाउनुले हामीलाई धेरै फाइदा पुगेको छ ।

हामीले आफ्नो तयारी कुन स्तरमा थियो भन्ने मापन गर्न पायौं,’ उनले भने । ‘हामीले अफ्रिकी टोलीसँग खेल्दा शारीरिक रूपमा बलिया खेलाडीसँग कसरी खेल्ने भन्ने भेउ पायौं । श्रीलंका पुलिससँग पनि तीन अफ्रिकी खेलाडी छन् । हामीले उनीहरूविरुद्ध पनि रणनीति बनाएका छौं । हरेक टोलीमा आफ्ना बलिया खेलाडी हुन्छन् नै त्यसको सामना गर्न हामी तयार छौं,’ न्यौपानेले थपे ।

टोलीका कप्तान भरत खवासले आर्मीका लागि यो राम्रो अवसर रहेकाले खेलाडी त्यसलाई सदुपयोग गर्न तत्पर रहेको बताए । ‘क्लब लाइसेन्स प्राप्त गर्नु र यस्तो प्रतियोगिता खेल्न पाउनुलाई हामीले अवसरका रूपमा लिएका छौं । हाम्रो तयारी पनि राम्रो भएको छ । आशा गरौं भोलि हाम्रो तयारीअनुसार प्रदर्शन हुनेछ,’ उनले भने ।

एएफसी कपमा आर्मीले यसपटक समूह चरण पुग्न प्लेअफका तीन खेल जित्नुपर्नेहुन्छ । प्रशिक्षक न्यौपानेले हाललाई समूह चरण पुग्ने आर्मीको लक्ष्य रहेको बताएका छन् । एएफसीले सार्वजनिक गरेको खेल तालिका अनुसार दक्षिण एसियाको प्लेअफ छनोटबाट अघि बढ्ने टोली एएफसी कपको समूह ‘डी’ मा रहनेछ ।

पहिलो खेलमा आर्मीले श्रीलंका पुलिसलाई पराजित गरे दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबको सामना गर्नेछ । बेंगलुरुविरुद्ध खेल भने १४ अप्रिलमा गोवामा हुनेछ । सो खेल जितेमा आर्मीले २१ अप्रिलमा प्लेअफ फाइनलमा खेल्नेछ । प्लेअफकै अर्को पोलमा माल्दिभ्सको क्लब इगल्स र भुटानको थिम्पु सिटीले माल्दिभ्समा खेल्नेछन् ।

(Visited 14 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

मुम्बई इन्डियन्सको पहिलो जीत

इन्डियन प्रिमियर लिगको साविक विजेता मुम्बई इन्डियन्सले गएराती सम्पन्न खेलमा पहिलो जीत निकालेको छ । स्पीनर राहुल चहरको उत्कृष्ट बलिङको सहयोगमा कोलकत्ता नाइट राइडर्सलाई...

कोरोनाका त्रासकाबीच पवित्र महिना रमजान सुरु

सप्तरी । कोरोनाको त्रासकाबीच इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान बुधबारबाट सुरु भएको छ । सप्तरी लगायत देशभरका मुश्लिम समुदायले बुधबार बिहानदेखी पहिलो रोजा बसेर रमजान...

‘जलेर खरानी’

काठमाडौँ । राज लिम्बु र बिष्णु कट्टेल फिचर्ड 'जलेर खरानी'बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा स्वर, शब्द र संगीत...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमण झनै तीव्र

काठमाडौं । कोरोना संक्रमण जोखिम बढेसँगै सरकारले राति ९ बजेपछि रेस्टुरेन्ट बन्ददेखि आवागमनमा समेत कडाइ गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर र...

गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चारको अवस्था गम्भिर

गुल्मी । गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भिर घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकमा लु २...

अभिनेता अभिनेत्रीलाई २०७८ को आशा

काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि २०७७ साल सबैभन्दा निराशको वर्ष बन्यो । वर्षभरिमा जम्मा चारवटा मात्र नयाँ नेपाली चलचित्र रिलिज भयो । त्यसैले...

तीन दलको बैठक : बिना निष्कर्ष टुंगियो

काठमाडौं । नेपाली कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) लाई आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन प्रस्ताव गरेको छ । कांग्रेस सभापति शेरबहादुर...

पुर्णिमाले चुमिन विन्ध्यवासिनी म्युजिक अवार्ड

काठमाडौं । हालै सम्पन्न ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गयिकाको रुपमा ११...

ट्रेन्डिङ

मादक पदार्थ सेवन गर्नेलाई १५ सय र बेचवबिखन गरे १ हजार जरिवान

तनहुँ । जिल्लाको देवघाट गाउँपालिकाले हरेक टोल,टोलमा निर्धारण गरिएको समय भन्दा बाहिर मदिरा बेचबिखन गर्नेहरुका लागि एक हजार रुपैयाँ जरिवाना तोकेको छ । साथै...

इटालीमा एकैदिन ९१९ को मृत्यु, अमेरिकामा सङ्क्रमित १ लाख नाघ्यो

कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन ९१९ जना नागरिकको ज्यान गएको बताइएको छ । केही दिनयता यहाँ ज्यान जाने...

नेपाल टु ह्वील टुरिङको उत्कृष्ट गन्तव्य

काठमाडौं । टु ह्वील टुरिङ नेपालको मुख्य पर्यटकीय प्रोडक्ट हुन सक्ने औंल्याइएको छ । दुईपांग्रे टुरिङ अन्तर्राष्ट्रिय बेबिनरलो सो निष्कर्ष निकालेको हो । एफआईएम...

सप्तरीमा थप ३३ जनामा कोरोना पुष्टि, चिकित्सकदेखि बालकसम्म संक्रमित

राजविराज । दैनिक कोरोना संक्रमित फेला पर्दै गएको सप्तरीमा बुधबार एकै दिन ३३ जना कोरोना संक्रमित थपिएका छन् । एकै दिन जिल्लामा यति ठूलो...

प्रधानमन्त्री ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको ६९औं जन्मदिनको अवसरमा ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक गरिएको छ ।...

पदाधिकारी र सदस्यको सिफारिस अनुमोदन

काठमाडौं । नेपाली कांग्रेस खेलकुद विभागले मनोनयका लागि सिफारिस गरेको पदाधिकारी र सदस्यहरूको नामवली नेपाली कांग्रेस केन्द्रीय कार्यालयले अनुमोदन गरेको छ । विभाग प्रमुख...

सिंगटी हाइड्रोमा मासिक १० करोड नोक्सानी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको सिंगटी–लामोसाँघु १सय३२ केभी प्रसारण लाइनका समयमा सम्पन्न नगर्दा सिंगटी हाइड्रोपावर कम्पनीले मासिक १० करोड नोक्सानी बेर्होनुपर्ने भएको...

सूचना प्रविधिको प्रभावकारी परिचालन

सूचना शक्तिको स्रोत हो । सूचनामा पहुँच अभिवृद्धिबाट नागरिकलाई सबल बनाउन सकिन्छ । सूचनाको स्रोतको विश्वसनीयता, सूचना प्रवाह गर्ने माध्यम एवं ग्रहणशीलतासमेतका आधारमा सूचनाले...

सीता–राम विवाह महोत्सव मनाइँदै

जनकपुरधाम । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज भगवान् सीता–राम विवाह महोत्सव–२०७७ हर्षोल्लासपूर्वक मनाइँदैछ । त्रेतायुगमा भगवान् सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले यहाँ हरेक वर्ष...

कोरोनाको महामारीमा क्यासिनोमा नाँच्दै राजेन्द्र खड्गी

काठमाडौं । अभिनेता तथा अग्रज द्वन्द्व निर्देशक राजेन्द्र खड्गी बिहीबार एउटा क्यासिनेमा मस्त थिए । त्यहाँ उनी केही युवतीसँग अंकमाल गर्दै नाच्न र गाउनमा...

प्रदेश २ मा थप १९६ मा कोरोना संक्रमण पुष्टि, संक्रमित १५७३

जनकपुरधाम । पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा १ सय ९६ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । सप्तरी जिल्लामा ६ जना, सिरहा...

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ भोलि

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज भएको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखी सोमबार पुनः सुनुवाइ हुने भएको छ । रिट निवेदकको माग र...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)