Wednesday, April 14, 2021
Home Not-to-be-missed लेखान्तले नै विवाह नजुराएको राजेश पायलको भनाइ

लेखान्तले नै विवाह नजुराएको राजेश पायलको भनाइ

डब्बु क्षत्री,

काठमाडौं । गायक राजेश पायल राईले अहिलेसम्म आफ्नो विवाह हुन नसक्नुको कारण लेखान्त नै भएको जिकिर गरेका छन् । आफूले मित मानेको अभिनेता राजेश हमालले विवाह गरेपछि यी गायकले पनि अब तत्कालै विवाह गर्छु भनेर घोषणा गरेका थिए । सो घोषणाको मिति सात वर्ष पुगिसक्दा पनि राजेश पायल राईको विवाह साइत जुरेको छैन ।

‘विवाहको कुरा परिवारबाट बारम्बार चल्दै आएको हो । तर, अझै पनि विवाह जुर्न नसक्दा कतै यो लेखान्त नै पो हो कि जस्तो पो लाग्न थालेको छ ।’ गायक राईले राजधानीसँग गफिने क्रममा भने ।

गायकको भनाइमा उनलाई आजकाल जहाँ जाँदा पनि विवाहकै प्रश्न आउने गरेको छ । त्यति बेला फिस्स हाँसेर कुरा टार्ने गरेको पनि उनले बताए ।

गायनमा सफलताको चुलीमा पुगेका यी गायकको रफ्तार रोकिएको छैन । नेपालमा पाँच दिनभित्र यिनको तीनवटा गीत करोड भ्युजमा पुगेको छ । यसरी एउटै गायकको पाँच दिनकै सेरोफेरोमा तीनवटा गीतले एक÷एक करोडको भ्युज पाउनु आफैंमा नयाँ रेकर्ड हो ।

उनको नयाँ गीत ‘फूल फुलेको बन…,’ ‘चलचित्र वीर बिक्रमको टलटल…’ र अर्को एउटा गीतले एक÷एक करोड भ्युज पाएको हो । गायक राईले यो खुसी मंगलबार सञ्चारकर्मीसँग बाँढे । काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै उनले आफ्नो तीनवटा गीतले यो पाँच दिनभित्र एक÷एक करोड भ्युज पाएको पनि उनले जानकारी गराए ।

यसलाई उनले अनौठो मानेका छन् । आफ्नो एउटा गीत दुई महिनामा करोडा भएको भए पनि बाँकी दुई गीतले रिलिज भएको तीन वर्षमा १ करोड भ्युज पाएको उनले बताए । तथापि, तीन वर्ष यताबाट तीनवटा गीतले यो पाँच दिनभित्र एक÷एक करोड भ्युज पाउनलाई आफ्नो गायक यात्राको एउटा सफलताको पाटोका रूपमा राईले चर्चा गरेका छन् ।

उनले नयाँ गीत दर्शन नमस्तेको नयाँ गीत चाँडै आउँदै छ । यही नयाँ वर्षको अवसर पारेर वैशाखको पहिलो साताभित्र दर्शन नमस्ते शृंखलाको नयाँ गीत आउने पनि उनले जानकारी गराए । उनको ‘दर्शन नमस्ते’ गीतको ‘किन यति धेरै माया लाग्छ…’ गीत पनि यति बेला करोड भ्युज पाउने तयारीमा छ ।

ती गीत सुन्ने दर्शकले पनि युट्युबमा गरेको कमेन्टमा राजेश पायल राईको विवाह अब कहिले हुन्छ भनेर जिज्ञासा उठाएका छन् । त्यसैले यति बेला परिवारलाई मात्र नभएर शुभ चिन्तकदेखि दर्शकसम्मलाई विवाहकै चिन्ता भएको यिनले खुलासा गरेका छन् ।

‘अब त विवाह गर्छु भनेर मानसिक रूपमा तयारी हुँदै गर्दा कुनै न कुनै कुुरा बाधक बनिदिन्छ । यसपटक पनि कोरोना बाधक बनेको छ ।’ त्यसैले आफ्नो विवाह यति बेलासम्म हुन नसक्नुको कारण लेखन्त नै हो भन्ने उनलाई लागेको रहेछ । उनलाई प्रायः सबैले चाँडै विवाह होस् भनेर शुभेच्छा दिने क्रम बढेको छ । उनी आफूलाई क्षमतावान् नै मान्छन् । तर, पनि किन लगन जुरी रहेको छैन भन्ने प्रतिप्रश्न आजकाल यिनले आफैंलाई गर्न थालेका रहेछन् ।

कोरोना संक्रमणपछि कन्सर्टमा नहिंडेका यी गायक यति बेला विदेश यात्राको तयारीमा छन् । एक वर्षअघि स्थगित भएको उनको विदेशको कन्सर्ट अब हुने भएको छ । अर्को साता आफू कन्सर्टका लागि दुबई जाने तयारीमा रहेको मंगलबार उनले राजधानीलाई बताए ।

दुबईबाट सुरु हुने कन्सर्ट युरोपका केही देशमा पुगेर टुंगिने उनले जानकारी गराए । एक वर्षअघि नै बेलायतमा कन्सर्ट गर्न जाने तयारीमा रहेका उनलाई त्यति बेला कोरोनाले छेक्यो । त्यसपछि २०२१ को नयाँ वर्षमा उनी बेलायत जाने तयारमा थिए, ‘त्यसपछिबाट बेलायतमा कोरोना बढ्न थलेको केही समय यताबाट त लकडाउन नै भएको छ । त्यसैले अब लकडाउन नखुलेसम्म बेलायतमा कन्सर्ट होला जस्तो छ ।’ त्यसैले आफूले यो बीचमा अरू देशमा कन्सर्ट भ्याउने पनि उनले बताए ।

(Visited 93 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

विक्रम संवत्को सान्दर्भिकता

आजबाट २०७८ साल शुभारम्भ भएको छ । नेपालमा सर्वमान्य, वैधानिक र संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । यही संवत्का आधारमा नेपालको राष्ट्रिय पञ्चांग अथवा...

गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चारको अवस्था गम्भिर

गुल्मी । गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भिर घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकमा लु २...

चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म

काठमाडौं । आज वैशाख १ गते, अर्थात्, विसं २०७८ को पहिलो दिन । नयाँ वर्ष हरेक वर्ष आउँछ । वर्षहरू आउँछन् र जान्छन् पनि...

सप्तरीमा लाग्ने ऐतिहासिक मेला प्रशासनको निर्देशनपछि स्थगित

सप्तरी, राजविराज । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको...

साताका लोकप्रिय समाचार

निफमा तीन वटा नेपाली चलचित्रले प्रस्तिस्पर्धा गर्ने

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) २०२१ मा यो वर्ष तिन वटा नेपालि चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा अन्तर्गत भाग लिने भएका छन...

कोभिडको दोस्रो लहर र विद्यालय सञ्चालन

बीई चौथो वर्षको परीक्षा चलिरहँदा ८० विद्यार्थीमा संक्रमण देखिएपछि पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पठनपाठन अनिश्चितकालीन अवरुद्ध भयो । शंकास्पद लक्षण देखिएपछि बाग्लुङ बजारको एक...

वर्षको अन्तिम दिन सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं । नयाँ वर्षको अन्तिम दिन नेप्से सूचक २७ सय अंक क्रस गरेर अर्को नयाँ रेकर्ड पनि कायम गरेको छ । २३.२३ अंकले बढेर...

फेवातालको क्षेत्रफल १.२९६ वर्ग किलोमिटर बढ्यो

काठमाडौँ । पर्यटकीय आकर्षणको केन्द्र भएको पोखराको फेवातालको क्षेत्रफल १.२९६ वर्ग किलोमिटर बढेको छ । फेवातालको क्षेत्रफलको नयाँ नाप गरेपछि फेवातालको क्षेत्रफल १.२९६ वर्ग...

बिरामीको मृत्युपछि अस्पतालमा नारावाजी

सिरहा । अस्पतालको लापरवाहीले आफन्तको मृत्यु भएको भन्दै स्थानीयले लहानस्थित सप्तऋषि अस्पतालमा नारावाजी गरिरहेका छन् । प्रदेश नं. २ को स्वास्थ्य मन्त्रीको राजिनामा, घटनाका दोषीलाई...

ट्रेन्डिङ

सासु बलात्कार गर्ने ज्वाई पक्राउ

तुलसीपुर । सासुलाई बलात्कार गरेको आरोपमा तुलसीपुरमा जवाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ निबासी वकील शर्मा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी...

कोरोनाको मारमा सामुदायिक क्याम्पस

विश्वमा कोरोना भाइरसबाट संक्रमित र मृत्युवरण गर्नेको संख्या दिन प्रतिदिन बढिरहेको छ । मानव जीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रमध्ये नेपालको शैक्षिक क्षेत्रमा महŒवपूर्ण योगदान पु-याएका...

पाँच दिन भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी पाँच दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आज एक विज्ञप्ति जारी गरी आजदेखि...

टुँडिखेलमा यसरी मनाइयो ७० औं प्रजातन्त्र दिवस (फोटोफिचर)

काठमाडौं । आज ७० औं प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलमा विविध कार्यक्रम गरी मनाइएको छ। निरङ्कुश राणा शासनको अन्त्य गरी प्रजातन्त्रको थालनी भएको २००७ फागुन ७...

सप्तरीमा एक महिलाको हत्या

सप्तरी । घरमा एक्लै बस्दै आएकी तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी एक महिलाको हत्या भएको छ । परिवारका सदस्यले गरेको फोन नउठेपछि खोजी गर्दा हत्या गरिएको...

प्रेम दिवसमा खाना महोत्सव

भरतपुर । पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर भोलि मङ्गलबारदेखि खाना महोत्सव हुने भएको छ । चौधौं सौराहा खाना महोत्सवको तयारी पूरा...

सिन्धुपाल्चोकमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

सिन्धुपाल्चोक । कोेरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण सिन्धुपाल्चोकमा एक जना पुरुषको मृत्यु भएको छ । बिरामी भएर पाटन अस्पतालमा उपचारका लागि आएका पाँचपोखरी...

स्याङ्जामा लागुऔषधसहित एकजना पक्राउ

स्याङ्जा । वडा प्रहरी कार्यालय वालिङले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । बुटवलबाट पोखरा आउँदै गरेको ना ४ ख २३२२ नम्वरको बसमा चेकजाँच...

युवतीलाई जंगलमा गाडीभित्रै बलात्कार गर्ने तीन युवा पक्राउ

काभ्रेपलाञ्चोक । कोरोना भाईरसको त्रासमा मुलुक लकडाउनको बेलामा जर्बजस्ति करणी अभियोगमा फरार रहेका तीन फरार अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला...

वैशाख अन्तिममा बजेट अधिवेशन, जेठमा नीति तथा कार्यक्रम

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट १५ जेठमा सार्वजनिक गर्न वैशाख अन्तिम साता बजेट अधिवेशन र जेठ पहिलो साता ‘नीति तथा कार्यक्रम’...

इँटाभट्टाका मजदुर झ्याउलीमा भोकै, बालबालिकाको बिजोग

भक्तपुर । इँटाभट्टामा काम गर्ने मजदुरहरु झ्याउलीमा भोकै पर्न थालेका छन् । विभिन्न भट्टाले गाउगाउँमा इँटा बनाउन तयार पारेका झ्याउली (मजदुर बस्ने टहरो) मा...

सुन तस्करीको जालो तोड

कोरोना भाइरसको संक्रमण र प्रभाव बढिरहेका बेला विश्वमा सुनको भाउ अकासिएसँगै नेपालमा पनि त्यसको प्रत्यक्ष असर परिरहेको छ । एक तोलाको १ लाख बराबर...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)