लन्डन । फोर्ब्सले म्यागजिनले यो बर्षको धानाढ्यहरूको सूची सार्वजनिक गरेको छ । २ हजार २ सय ५५ जना अर्बपति सूचीमा अमेजनका संस्थापक जेफ बेजोस यसपाली पनि सूचीको पहिलो नम्बरमा छन्। उनको सम्पत्ति १७७ अर्ब डलर छ।
फोर्ब्सको अर्बपति सूचीमा रहेका एक मात्र नेपाली विनोद चौधरी यसपाली खस्किएका छन्। फोर्ब्सले सार्वजनिक गरेको धानाढ्यहरूको ४५औं वार्षिक सूची अनुसार चौधरी २१४१ स्थानमा छन्। अघिल्लो वर्ष उनी १५१३ स्थानमा थिए । दुई वर्ष लगातार उनको वार्षिक सम्पत्ति १.४ अर्ब अमेरिकी डलर छ। सन् २०१९ मा उनको सम्पत्ति बढेर १.७ अर्ब डलर पुगेको थियो। सन् २०१७ बाट उनको सम्पत्ति बढ्न थालेको थियो। तर दुई वर्षयता उनको अर्बपति सूचीमा स्थान खस्किदो छ।
टेस्लाका मालिक एलन मस्कको सम्पत्ति १५१ अर्ब डलर पुगेको छ। गत वर्ष २४.६ अर्ब डलरसहित सूचीको ३१ औं स्थानमा रहेका मस्क यसपालि सोझै नम्बर २ मा पुगेका हुन् । फ्रान्सका बर्नार्ड अर्नल्ट एण्ड फेमिली तेस्रो स्थानमा छन् । उनीहरुले पेरिसमा विलासी वस्तुको उत्पादन गर्ने गर्छन् । उनको कूल सम्पत्ति १६३.७ बिलियन डलर रहेको छ । यसवर्ष उनको सम्पत्तिमा १ बिलियन डलर थपिएको छ । बर्नार्ड ७२ वर्षका भए ।
यस्तै, माइक्रोसफ्टका मालिक बिल गेट्स १२९.२ बिलियन डलरसहित चौथो स्थानमा छन् । उनको यसवर्ष कूल सम्पत्तिमा १०५ मिलियन डलर घटेको छ । पाँचौं स्थानमा फेसबुकमा संस्थापक मार्क जुकरबर्ग रहेको छ । उनको कूल सम्पत्ति १११.६ बिलियन डलर रहेको छ । उनको सम्पत्ति पनि यसवर्ष ९५१ मिलियन डलर घटेको छ ।
कूल सम्पत्ति ९९।८ बिलियन डलरसहित बहुराष्ट्रिय कम्पनीका मालिक वारेन बुफेट छैटौं स्थानमा आसिन छन् । उनको सम्पत्तिमा ३४० मिलियन डलर थपिएको छ । यस्तै, ल्यारी एलिसन, ल्यारी पेज, सर्जे ब्रिन क्रमशः सातौं, आठौं र नवौं स्थानमा रहेका छन् । यो वर्ष यी तीनैजनाको सम्पत्ति घटेको छ ।
यस्तै भारतका धनाढ्य मुकेश अम्बानी ७७.३ बिलियन डलरसहित यो सूचीको दशौं स्थानमा रहेका छन् । उनको कूल सम्पत्तिमा ३८८ मिलियन डलरको वृद्धि भएको छ । फोर्ब्सको सूचीमा ट्रम्प अघिल्लो वर्षभन्दा तीन सय स्थान तल झरेका छन्। अहिले उनी संसारका अर्बपतिको सूचीमा १२९९ औं स्थानमा छन् । सन् २०१७ मा राष्ट्रपतिको सपथ लिँदा ट्रम्पसँग साढे ३ अर्ब डलरको सम्पत्ति थियो अहिले त्यो घटेर २.४ अर्ब डलरमा पुगेको छ ।