Wednesday, April 14, 2021
Home बिचार खाद्यान्न, भोकमरी र कुपोषण

खाद्यान्न, भोकमरी र कुपोषण

अच्युतप्रसाद पौडेल ‘चिन्तन’,

विश्व लहर
हालसम्म हाम्रो देश कृषि प्रधान नै हो । तर, पनि विश्वव्यापी भोकमरी सूचकांक १०७ देशमध्ये नेपाल ७३औं स्थानमा छ । सन् २००० मा यसको सूचकांक ३७.४ थियो भने सन् २०२० मा आइपुग्दा यो घटेर १९ दशमलव ५ मा परेको छ । ५ वर्षमुनिका कम उचाइका बालबालिका सन् २००० मा ५८ प्रतिशत थिए भने सन् २०२० मा आइपुग्दा यो घटेर ३७ प्रतिशतमा झरेको एक तथ्यांकले देखाएको छ । विश्वव्यापी भोकमरी सूचकांकले संयुक्त राष्ट्र संघका विभिन्न एजेन्सीद्वारा उपलब्ध तथ्यांकका आधारमा १ सय ३२ देशको तथ्यांक मूल्यांकन गर्दै सार्वजनिक गरेको सन् २०२० को प्रतिवेदनमा उल्लेख भएको विषय हो यो ।

संघले सन् २०१५ मै नेपालमा दिगो विकासको लक्ष्य प्राप्ति हुने र कुपोषण र भोकमरीको अन्त्य हुने बताएको थियो । तर, विगतको अध्ययन र विश्लेषणअनुसार दिगो विकासको लक्ष्यका लागि सन् २०३० तोकिएको र संसारमा यति बेलाभन्दा अघि भोकमरीको अन्त्य हुने उद्देश्य सफल नहुने देखिएको छ । सन् २००० को तुलनामा अहिले विश्वव्यापी भोकमरी सूचकांकमा सुधार आएको छ, हालको सूचक १८२.२ छ । विश्वमा ५० भन्दा बढी देशको भोकमरी दर उच्च छ । संसारमा १४ करोड ४ लाख बालबालिका कुपोषणका कारण सामान्यभन्दा कम उचाइका छन् भने ४ करोड ७ लाख त कुपोषणको शिकार भएका छन् । सन् २०१८ मा ५३ लाख बालबालिका ५ वर्षको उमेर पार नगर्दै बिते ।

नेपालमा विगतको द्वन्द्व, लामो गरिबी, असमानता, जलवायु परिवर्तन र विश्वव्यापी कोरोना महामारीले भोकमरीको समस्या थपिने अनुमान गरिएको छ

नेपालमा ५ वर्ष कम उमेरका बालबालिकाको मृत्यु दर सन् २००० मा ५८ प्रतिशत रहेको देखिन्थ्यो भने सन् २०२० मा आइपुग्दा यो ५ प्रतिशतको हाराहारीमा भेटिएको छ । कोरोनाका कारण संसारमा १ लाख ३० हजार बालबालिकाले ज्यान गुमाउने अनुमान भएको छ भने नेपालमा विगतको द्वन्द्व, लामो गरिबी, असमानता, जलवायु परिवर्तन र विश्वव्यापी कोरोनाले भोकमरीको समस्या थपिने अनुमान गरिएको छ । अफ्रिकी देशमा सलहका कारण उत्पादनमा कमी आउँदा भोकमरी थपिने र संसारमा थप ७ लाख बालबालिकाहरू भोकमरीको शिकार बन्ने, त्यस्तै न्यून र मध्यम आय भएका देशमा ६ करोड ७ लाख बालबालिका कुपोषणको सिकार बन्ने संरा संघको अनुमान रहेको छ ।

खाद्य संकट
हालसालै देशले माछा, मासु, अण्डामा आत्मनिर्भरताको घोषणा गरेको छ । तर, कोरोनाका कारण यही क्षेत्र बढी समस्यामा प¥यो । आजको समस्या भनेको खाद्य संकट नै हो । जुन देशमा जन्मँदै ५३ हजारको ऋण बोकेर एक बालक जन्मिन्छ र देशको वार्षिक बजेटभन्दा बढी सार्वजनिक ऋण छ त्यो देशका जनताले ठूलो आशा के गर्ने, ठूला आयोजनका उद्घाटन हुन्छन्, पानीको उद्घाटन राष्ट्रपतिबाट हुन्छ, काठमाडौंमा सबैतिर पानी पुगेको छैन, त्यो पनि ३० वर्षअघिको परियोजना हो, स्वास्थ्य, सडकका उद्घाटन त प्रमले एक साथ कति गरे गरे, परिणाम आइपुग्दा २ पुस्ताले बिदा लिई सक्छन्, ठूला विकास निर्माणको आशा नेपालीले गरेका छैनन् । लामो समयसम्म घरभित्र भोकमरी, घरबाहिर महामारी खपेर बसेका नेपालीको दाम्लो चुँडिएको अवस्था छ । भोकले नै मान्छे मरेका खबर बाहिर आएका छन्, अर्थतन्त्र नाजुक भएको बाँच्नुभन्दा मर्नु निको भनेर आत्महत्या गरिएका ठूलो संख्या पनि सार्वजनिक भइसकेको छ । रोगी, वृद्ध, असहाय, सुत्केरी, गर्भवतीको पीडा सबैतिर जग जाहेर छ भने नेताजीको सुविधा नेपालीले धान्न नसकेको अवस्था छ । सांसद विकास कोषलाई झिकेर, महँगा गाडी, जिमखानाका खर्च बैठक भत्ता, इन्धनको खर्च, कार्पेट, शौचालयमा भएका ठूला खर्चलाई कटाएर किसानको राहत प्याकेजमा लगाउन सकेको भए देश कृषि आत्मनिर्भरतातिर अघि बढ्थ्यो होला । तर, त्यसो हुन सकेन । गाउँ सहर सबैतिरका नागरिकलाई पीडैपीडाको आकार थपिँदै छ । कृषिबाटै रोजगारी सिर्जनाको लामो भाषण भइरहँदा र सामाजिक सुरक्षाको लामो कुरा गरिरहँदा उपलब्धि उल्लेखनीय देखिएको छैन ।

सरकारको औपचारिक भनाइ गत वर्षको आर्थिक सर्वेक्षण नै हेर्दा पनि भूमिको खण्डीकरण, युवाशक्तिको विदेश पलायन, श्रमशक्तिको अभावबाट खाद्यान्नको मूल बाली धान उत्पादनको हाम्रो क्षेत्रफल २.२ प्रतिशतले घटेको देखिन्छ । त्यस्तै तेलहन उत्पादनको क्षेत्रफल १.५ प्रतिशत घटेको देखिन्छ भने अर्को वाली गहुँ र मकै उत्पादनको क्षेत्रफल केही बढेको देखिए पनि समग्रमा खाद्यान्न बालीको क्षेत्रफल ०.९ प्रतिशतले घटेको देखाएको छ । धानबालीको उत्पादकत्व गत वर्ष ८.९ प्रतिशतले बढेको देखिए पनि यस वर्ष १.१ प्रतिशतले घटेर उत्पादनमा १.४ प्रतिशतले घटेको तथ्यांक छ । तेलहन बालीको क्षेत्रफल १.४ प्रतिशतले घटेर अब २ लाख ७८ हजार ३ सय २५ टन उत्पादनको अपेक्षा छ । तरकारीको उत्पादन पनि गत वर्ष ४ प्रतिशतले बढेको तर यस वर्ष यसको उत्पादन ४.३ प्रतिशतले घट्दा जम्मा ४० लाख ८९ हजार टनमा सीमित हुने देखिएको छ । सरसर्र्ती हेर्दा सरकारी र निजी सबैक्षेत्र कृषिक्षेत्रमा गम्भीर बन्न ढिलो भइसकेको छ ।

खाद्यान्नको अभाव पूर्तिकै लागि देशले विदेशबाट खाद्यान्न आपूर्ति गदै ठूलो धन राशि बाहिर पठाउनुपर्ने बाध्यता छ । लकडाउनको अवधिमा पनि देशको खाद्यान्न आयात घटेन, बरु बढ्यो । लकडाउन सुरुको अवस्थामा खाद्यान्नको आयातमा ८५ करोड बराबरको रकम बाहिर जाने गथ्र्यो भने डेढ दुई महिनाको अन्तरालमा मात्रै दैनिक १ अर्ब ८८ करोड रकम अत्यावश्यक वस्तुका लागि रकम बाहिरिएको तथ्यांक भन्सार विभागको छ । गत वर्षको हालको अवधिमा खाद्यान्न मात्रै लक्डाउनको सुरु ५÷७ सातामा १ लाख ८३ हजार मेट्रिक टनभन्दा बढी आयात भएको रेकर्ड भन्सार विभागसँग रहेको छ । तरकारी, दलहन, फलपूmलको पनि आयात लकडाउनकै अवधिमा भारी वृद्धि भएको देखिन्छ । यसरी जुनसुकै बेला न्यूनतम खाद्य सामग्री पनि विदेशी परनिर्भरता देखिनु कृषि क्षेत्रमा गरेको लगानी बालुवामा हालेको पानी जस्तो मात्र भएको देखिन्छ ।

बजेट, भनाइ र गराइ
अहिले आव २०७८-७९ को बजेट निर्माणको बेला हो । यस वर्षको बजेटको बँुदा नम्बर ८२ मा कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर गराउँदै खाद्य सुरक्षा र सम्प्रभुत्ता कायम गर्दै लैजाने, दूध र तरकारी, मासुजन्य उत्पादनमा आत्मनिर्भर हुने कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । पोषण र औषधीय गुण भएका उच्च मूल्यका कृषि वस्तु उत्पादन र चैते धान तथा वसन्ते मकै खेतीलाई प्रोत्साहन गर्ने उल्लेख छ । त्यस्तै बजेटकोे बँुदा नम्बर ८५–८७ मा समयैमा रासायनिक मल आपूर्ति गर्न मल अनुदानमा वृद्धि गरी ११ अर्ब पु¥याइयो । सबैभन्दा बढी मलको हाहाकार यसै वर्ष भयो । बंगलादेशको मल प्रमको सापटी बोली मात्रै भयो, समयमा आएन । प्रांगारिक मलको समेत प्र्रयोग बढाउँदै अर्गानिक खेती विस्तार गर्ने भनियो । सबै प्रदेशमा गरी ७८ वटा कृषि थोक बजार निर्माणका लागि स्थानीय तहलाई वित्तीय हस्तान्तरण तथा कृषि उपजको हब मार्केट स्थापना गर्ने भनियो । खाली जग्गा नराख्न भनी भूमि बैंकको अवधारणा ल्याइयो । तर, कृषिको बजेट कम भयो, खासै उपलब्धि देखिएन ।

हामी कहाँ गाउँबस्ती, पशुपालन घर गोठ उजाड हुन थालेका बेला मात्रा मिलाउने गरी प्रांगारिक मल कहाँ र कसरी पाउनु

हाम्रो कृषि क्षेत्र केही वर्ष यतादेखि ओरालो लागेकोे छ । कृषि मन्त्रीले कृषिक्षेत्रमा सुधारको योजना अघि सार्दै कृषि उत्पादन सामग्रीमा अनुदान, कृषकलाई सस्तो र सुलभ ऋण, बाली तथा पशुपन्छीको बिमा, सबै किसानलाई प्राविधिक सेवाको कुरा गरे । अर्थमन्त्रीले कृषिमा आधुनिकीकरणका विषयमा स्पस्ट पार्दै नागरिकको खाद्य अधिकार सुरक्षित गर्दै गरिबीको अन्त्य गरिने, ठूलो संख्यामा रहेको कृषक परिवारको आयस्तर बढाउने, कृषिको विशिष्टीकरण गर्न व्यावसायिकीकरण गर्ने पनि भने । यसका लागि कृषियोग्य जमिनको उपयोग, सिँचाइ, ग्रामीण सडक, ग्रामीण विद्युतीकरण, उत्पादनको बजार एवं भण्डारको व्यवस्थापनका लागि बजेट विनियोजन पनि भनियोे ।

कृषि सामग्रीमा अनुदान, कृषि व्यवसायमा सहुलियत ऋण तथा यान्त्रिकीकरणमा पुँजीगत अनुदान जस्ता विषय भाषणमा परे । खासगरी पकेट, ब्लक, जोन र सुपरजोनका मापदण्ड तयार गरी ३१ बाली विशेष र ८ पशुपालन गरी ३९ वटा जोनमार्फत ६९ हजार हेक्टरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यक्रम विस्तार गरिने, सम्भाव्यताको आधारमा भटमास र फापरको जोन निर्धारण गरिने, खाद्यान्न र पशुजन्य उत्पादन बढाई आधारभूत खाद्यान्नमा छिटो आत्मनिर्भर बन्ने, अण्डा र कुखुराको मासुको आत्मनिर्भरतालाई दिगो बनाउने, दूध, माछा, मासु, मत्स्यपालन र तरकारी खेती बढाउने आलु र प्याजको आन्तरिक उत्पादन बढाउने यसका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने पनि प्रतिबद्धता व्यक्त भयो ।

यसो भन्दै गर्दा बजारभाउ धान्नै नसक्ने भयो यो वर्ष । मलखादको सन्तुलित प्रयोगबाट माटोको गुणस्तरमा सुधारजस्ता विषय बजेटमा समेटिएका थिए । बालीको उन्नत जात विकास गरी बिउ प्रतिस्थापन दरमा वृद्धि, जैविक र स्थानीय प्रजातिका बिउ बीजनको संरक्षण र विस्तार, सबै प्रदेशमा बिउको गुणस्तर निरीक्षणको व्यवस्था गर्ने पनि भनियोे । आगामी ३ वर्षभित्र फलपूmल बालीले ढाकेको क्षेत्र दोब्बर बनाउने सार्वजनिक र निजी साझेदारीमा हावापानी र धरातलीय सम्भावनाको आधारमा फलपूmल खेतीलाई बढावा दिइने, उच्च मूल्यमा नगदे र बेमौसमी उत्पादन तथा प्रशोधन, प्याकेजिङ, ब्रान्डिग गरी निर्यातमा प्रोत्साहन गरिने समेतको नीति बजेटमा उल्लेख भयो तर कृषि वस्तुको उत्पादन वृद्धि भएन, आयातमै निर्भर हुनु प¥यो ।

उपसंहार
गत वर्ष चामल मात्रै ३१ अर्बको आयात भएको र विदेशबाट खाद्यान्नको आयात र हाम्रो यथार्थ व्यापार घाटालाई हेर्दा लामो समयदेखिको कृषिक्षेत्रमा भएको लगानी खेर गएको देखिन्छ । हाम्रो व्यापार घाटालाई हेर्दा र खाद्य संकटको समस्यालाई समाधान गर्न उत्पादन वृद्धि नै गर्नुपर्ने हुन्छ । चामल मात्र होइन तरकारी, दाल, गहुँ, सोयाबिन तेलको आयात पनि बढेको छ । सिँचाइकोे पर्याप्त व्यवस्था, आवश्यक कृषियन्त्र उपकरणको सर्वसुलभ आपूर्ति, बजारको उचित प्रबन्ध, मल, बिउको प्रबन्ध अभैm राम्रो भरपर्दो हुन सकेन । बजार मूल्य धान्नै नसक्ने चर्को छ । खाद्य असुरक्षित क्षेत्रमा फलपूmल खेती पशुपालन, व्यावसायिक प्रशोधन कार्य, कृषिजन्य उद्योगको सञ्चालन गरिनुपर्छ ।

खाद्यान्नको भण्डारण, बचत क्षमताको वृद्धि, स्टक राख्ने व्यवस्था, सर्वसुलभ आपूर्ति र बजारीकरण, मूल्य स्थिरीकरण, बजार भाउको नियन्त्रणतर्पm पनि सोच्नुपर्छ । देशमा कृषि क्षेत्रको व्यवसायीकरणको अभावले निर्वाहमुखी कृषि पेसा नै अँगाल्न बाध्य छौं हामी । ग्रामीण अर्थतन्त्रको मेरुदण्ड कृषि उब्जनीमा ह्रास देखिएको छ । उर्वर माटोको सही प्रयोग गर्न नजान्दा कतिपय क्षेत्र बाँझै छन् भने तिनमा प्रयोग हुने श्रम र सीप पनि खेर गएको छ । कृषिसम्बन्धी प्राविधिक सेवा सर्वसुलभ हुन नसक्दा पनि हाम्रा किसानी हातको सही प्रयोग भएन । पेट्रोलियम पदार्थको मूल्यले बजार भाउ थेग्नै नसक्ने अवस्था छ ।

सरकारले ५ लाख बढी नेपालीलाई रोजगारी दिने बताएको छ । यसका लागि कृषिक्षेत्र सक्रिय हुनुपर्छ । कृृषि क्षेत्रलाई अत्यावश्यक भएको रासायनिक मल समयमा उपलव्ध हुन सकेन । रासायनिक मल मानव स्वास्थ्यका लागि हितकारी होइन तर सो बिना उत्पादन नहुने भएकोे छ । प्रांगारिक अर्थात् गोबर पशु मलमूत्र हाल्नुपर्ने हुन्छ खेतबारीमा । हामीकहाँ गाउँबस्ती उजाड हुन लागेको, पशुपालन घर गोठ उजाड हुन थालेका बेला मात्रा मिलाउने गरी प्रांगारिक मल कहाँ र कसरी पाउने ? देशमा एकपटक कृषि क्रान्ति नै आवश्यक भएको छ ।

(Visited 56 times, 1 visits today)
Loading comments...

आजको समाचार

१०५ वर्षका वृद्धा वृद्धभक्ताको आधा रकम मन्दिरलाई दिन्छन्

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुङ्गाका चन्द्रबहादुर बराल उमेरले १०५ बर्ष पुगे । १९७३ साल चैत ३० गते मुर्तिढुङ्गामा जन्मिएका बरालले एक सताब्दी उमेर...

राष्ट्रपति रनिङ शिल्डको उपाधि सेतीदेवीलाई (फोटो फिचर)

सुनकोशी गाउँपालिकाको आयोजना र सुनकोशी खेलकुद विकास समितिको समन्वयमा आयोजीत तेस्रो सुनकोशी गाउँपालिका स्तरी राष्ट्रपति रनिङ शिल्डको उपाधि यो वर्षपनि सेतीदेवी शारदा माध्यमिक विद्यालयले...

सप्तरीमा लाग्ने ऐतिहासिक मेला प्रशासनको निर्देशनपछि स्थगित

सप्तरी, राजविराज । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको...

कोरोनाले खोस्यो चाडपर्वको रौनक

सप्तरी । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको छ...

साताका लोकप्रिय समाचार

जनमत पार्टीको अध्यक्षमा पुनः सिके राउत

जनकपुरधाम । जनमत पार्टीको अध्यक्षमा पुन : डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन् । जनकपुरको बाह्रबिघा मैदानमा सम्पन्न प्रथम महाधिवेशनले अध्यक्षमा राउत र...

तीन साता शैक्षिक संस्था बन्द गर्न प्रस्ताव

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नेपालमा यूके भेरियन्टको कोरोना संक्रमण बढ्न सक्ने भन्दै तीन साताका लागि शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव गरेको...

वर्षको अन्तिम दिन सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं । नयाँ वर्षको अन्तिम दिन नेप्से सूचक २७ सय अंक क्रस गरेर अर्को नयाँ रेकर्ड पनि कायम गरेको छ । २३.२३ अंकले बढेर...

नयाँ सरकार गठन गर्ने कसरतमा कांग्रेस

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि आवश्यक पहल थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

नेपालीको हातमा डिजिटल पासपोर्ट

प्रविधिको प्रयोगसँगै नेपाल आफैंमा डिजिटल युगमा प्रवेश गर्दै गर्दा परराष्ट्र मन्त्रालयको राहदानी विभागले आगामी कात्तिकदेखि ई–पासपोर्ट व्यवहारमा ल्याउने भएपछि यसले सबैलाई खुसी बनाएको छ...

ट्रेन्डिङ

कोरोनामुक्त जीवनशैली : सरसफाइ र भौतिक दूरी

जीवनयापनमा केही सहज हुनेगरी ३० जेठबाट लकडाउन खुकुलो भएको छ । परीक्षणको अधिकतम मात्रा र क्षमताले हरेक दिन ३ अंकमा बढ्दै ५ हजार नाघिसकेको...

ओलीकाे चेतावनी ‘अध्यक्ष र प्रधानमन्त्री छोड्दिनँ, जे गर्नुहुन्छ, गर्नुस्’

काठमाडौं । सत्तारूढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा सहमतिअनुसार अघि बढ्नुपर्ने पद्धतिलाई तिरस्कार गर्न खोजिएकामा असन्तुष्टि व्यक्त गर्दै कुनै...

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

गुल्मी । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेका छ । बाग्लुङ निसिखोला गाउँपालिका-३ घर भई गुल्मी रुरु गाउँपालिका-४...

द भ्वाइस अफ नेपालका निर्णायक चयन

काठमाडौं । यतिबेला डिजिटल रूपमै प्रारम्भिक चरणको भर्चुअल अडिसन भइरहेको गायनसम्बन्धी रियालिटी सो द भ्वाइस अफ नेपालका कोचहरू चयन भएका छन् । दोस्रो शृंखलाका...

स्वदेशी उत्पादनको संरक्षण गर्न एन्टिडम्पिङ नियमावली

काठमाडौं । आयातमा आधारित मुलुकको अर्थतन्त्र नियन्त्रण एवं स्वदेशी उद्योगलाई संरक्षण एवं प्रवद्र्धन गर्न सरकारले सेफगाडर््स, एन्टिडम्पिङ तथा काउन्टरभेलिङ नियमावली ल्याएको छ । स्वदेशी...

फत्तेमानको स्मृतिमा फत्तेमान स्मृति प्रतिष्ठान स्थापना

काठमाडौं । दिवंगत गायक फत्तेमान राजभण्डारीको योगदानको चर्चा गर्दै काठमाडौंमा उनको पुण्यतिथि मनाइएको छ । करिब ६ दशक लामो नेपाली संगीत क्षेत्रमा उनको योगदानको...

१२ जनामा परीक्षण एकमा संक्रमण

काठमाडौं । केही दिनयता नेपालमा कोरोना संक्रमण दर अत्यधिक बढेको पाइएको छ । भारतमा संक्रमण दर बढेसँगै यहाँ पनि प्रभाव परेको हो । हाल,...

पोखरा महानगर १ सय ५० बेडको क्वारेन्टाइन बनाउँदै

पोखरा । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि पोखरा महानगरपालिकाले १ सय ५० बेड क्षमताको क्वारेन्टाइन बनाउने भएको छ ।...

३५ फिट जग्गा दान गर्दा ३५ रोपनी पास, ४ दशक बितेपनि फिर्ता आउने आश

इलाम । चार दशक अघि पैंतीस फिट जग्गा दान गर्दा पञ्चायत कालमा जालसाझी भएर ३५ रोपनी जग्गा पास भयो । ३५ रोपनी जग्गाका धनी...

जनस्वास्थ्य उपरको द्वैध मानसिकता

‘एउटा राजाको विलयसँगै मुलुकमा सयांै राजा मात्र होइन, महाराजाकै उदय भयो ।’ सर्वसाधारण नागरिकबाटै व्यक्त हुने यो पछिल्लो प्रतिक्रिया हो । यो कथनले तीन...

आमासहित ३ जनाको सामुहिक दाहसंस्कार

दैलेख । कर्णाली नदीमा हाम फालेर मुत्यु भएको आठविस नगरपालिका –३ निमायलका ४ जनाको बुधबार कर्णाली नदीको तिरमा संयुक्त दाहसंस्कार गरिएको छ । जिल्ला...

चिर्पटले हानेर हजुरआमाको हत्या, श्रीमती, छोरा र छोरी घाइते

काठमाडौं । ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा गढवा गाउँपालिका १ चिसापानी बस्ने २८ वर्षीय जिवन घर्तीलाई सोमबार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)