Saturday, April 17, 2021
Home Breaking News पत्रकार महासंघ कास्कीमा विमला भण्डारी निर्वाचित

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी निर्वाचित

राजधानी संवाददाता,

पोखरा । नेपाल पत्रकार महासंघ कास्की अध्यक्षमा विमला भण्डारी निर्वाचित भएकी छन् । महासंघको बिहीबार सम्पन्न अन्तिम मतपरिणाममा उनले अध्यक्षका प्रत्यासी केशवशरण लामिछानेलाई ५३ मतअन्तरले पराजित गर्दै निर्वाचित भएकी हुन् । महासंघ कास्कीमा पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको हो ।

बुधबार भएको मतदानमा कुल ३ सय १२ मतदातामध्ये ३ सय ५ मत खसेको थियो । निर्वाचित भण्डारीले १ सय ७४ र अत्यक्षका प्रत्यासी लामिछानेले १ सय २१ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक बद्रीविनोद प्रतीकले जानकारी दिए । युनियनकी भण्डारी र चौतारीका लामिछानेले प्यानल बनाई चुनावमा होमिएका थिए । अधिकांश पदमा युनियन गठबन्धनले बाजी मारेको छ ।

यस्तै, उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना विजयी हुँदा महिला उपाध्यक्षमा जमुना शर्मा वर्षा, सचिवमा माधव बराल, सहसचिव समावेशीमा रेमबहादुर बिक, सहसचिव खुलामा श्रीराम सिग्देल र कोषाध्यक्षमा कृष्ण दवाडी निर्वाचित भए । महिला उपाध्यक्ष र सचिवमा चौतारी विजयी भएको हो ।

यस्तै, महिला सदस्यमा सपना अधिकारी, दलित सदस्य विजय नेपाली, आदिवासी जनजाति सदस्यमा पदम श्रेष्ठ, अन्य समावेशीमा जैनव खातुन, खुला ९ सदस्यमा कञ्चन थापा, गीता रानामगर, धनबहादुर गुरुङ सुमन, प्रभु अधिकारी, शिवराज बस्ताकोटी शिवदाइ, सन्तोष बस्याल, सन्तोष सुवेदी, युवराज गुरुङ युनिस र हरि पन्त निर्वाचित भए । सदस्यमा निर्वाचितमध्ये सर्वाधिक १५२ मत धनबहादुर गुरुङले प्राप्त गरेका छन् ।

राष्ट्रिय परिषद् सदस्य आदिवासीतर्फ राजबहादुर गुरुङ, खुला ४ परिषद् सदस्यमा आरजु विष्ट सल्यानी, कमल पौडेल अथक, गंगाधर पराजुली र श्याम नाथ कुँवर निर्वाचित भए । खुला सदस्यमा निर्वाचितमध्ये सर्वाधिक कमल पौडेल अथक (१५० मत) रहेको छ ।

यसअघि केन्द्रीय परिषद् सदस्य २ महिलामा सुष्मा कुमारी पौडेल र लीना गुरुङ तथा प्रदेश परिषद २१ सदस्य निर्विरोध भइसकेका छन् ।

(Visited 95 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

साताका लोकप्रिय समाचार

भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

 एजेन्सी ।  भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२...

पर्यटनका लागि दुर्भाग्यपूर्ण वर्ष

काठमाडौं । मंगलबारदेखि बिदा भएको विक्रम संवत् २०७७ साल मुलुकको पर्यटनका लागि एकदमै दुर्भाग्यपूर्ण वर्ष बन्यो । कोरोना भाइरस महामारीको प्रभावका कारण गत वर्ष...

घरकाे मिटर बक्समा झेलिएकाे तार पन्छाउदा करेन्ट लागेर दम्पत्तीको मृत्यु

मकवानपुर ।  मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–९ शान्तिचोकमा आज बिहान करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ३५ वर्षीय समीर...

सांस्कृतिक चाड: पाहाँचः-हे

सांस्कृतिक सम्पदा र परम्परागत शैलीका विभिन्न चाडवाडका धनी उपत्यकाका नेवारले प्राचीनकालदेखि मनाउँदै आएको चाडमध्ये पाहाँचः-हे चाडको ठूलो महत्व छ । नेवारले मनाउँदै आएको चाडपर्वकै...

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

ट्रेन्डिङ

‘म जुन बनिदिन्छु’ मा इन्जमम र जानकीको रोमान्स

काठमाडौं । गायिका प्रविशा अधिकारी र गायक सुरेश लामाको युगल गायनमा समावेश 'म जुन बनिदिन्छु' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस...

पिसिआर रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट भागिन् गर्भवती युवती

सप्तरी । सप्तरीमा रहेको विभिन्न क्वारेन्टाइनबाट मानिस भाग्ने क्रम बढेको छ । यसरी मानिस भाग्ने क्रम बढ्दा संक्रमणको जोखिम समेत उत्तिकै बढेको छ ।...

मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गर्ने पक्राउ

बाँके । मानसिक सन्तुलन गुमाएकी ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खजुरा गाउँपालिका ४ कर्णाली बस्ने भारत रुपैडिया घर भएका ३१ वर्षीय राम...

ऋतिकको कार घरजस्तै

नामै काफी छ, ऋतिक रोशन । उनको जीवनशैली त अझ रोचक छ । कैयौं प्रशंसक ऋतिकको जीवनशैली झा“क्न उत्तिकै आतुर छन् । उनको घर...

२०२३ को वल्र्ड कप न्युजिल्यान्ड र अस्ट्रेलियामा

ज्युरिक । अस्ट्रेलिया र न्युजिल्यान्डले २०२३ महिला फुटबल विश्वकपको आयोजना गर्ने भएका छन् । फिफा परिषद्मा शुक्रबार यी देशले कोलम्बियालाई २२–१३ को मतले पछाडि...

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६७ हजार नाघ्यो

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या सोमबारसम्म ६७ हजार १५२ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ४...

राजविराजमा अनिश्चितकालिन निषेधाज्ञा जारी

सप्तरी । दैनिक संक्रमित फेला पर्दै गई कोरोना समुदायमा फैलिने सम्भावना बढ्दै गएपछि स्थानिय प्रशासनले राजविराज नगरपालिका क्षेत्रमा बिहीबारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारि गरेको छ...

तुलसीपुरमा हत्या गरिएको अवस्थामा युवकको शब भेटियो

तुलसीपुर । तुलसीपुरमा एक युवकको हत्या गरिएको छ । तुलसीपुर उपमहानगरपालिका– ९ मैनामगर निबासी २८ बर्षका मन्दिप भुजेको गएराति हत्या भएको ईलाका प्रहरी कार्यालय...

अभिलाषालाई स्वर्ण

काठमाडौं । नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले आईटीएफ इस्लामाबाद जुनियर्स यु–१८ प्रतियोगिताको सर्किट १ मा शनिबार स्वर्ण जितेकी छन् । गल्र्स डबल्स फाइनलमा अभिलाषाले...

सुतिरहेकी छोरीलाई उठाएर बलात्कार गर्ने बाबु पक्राउ

सर्लाही । आफनै छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेको छन् । पक्राउ पर्नेमा भारतको मुज्जपरपुर घर भई हाल हरिपुर नगरपालिका वडा...

नेकपामा दुवै समूहका फरक फरक रणनीति

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा...

टाइगरकी नायिका सारा अली

मुम्बई । बलिउड अभिनेता टाइगर श्राफ नयाँ फिल्म बागी ४ मा अनुबन्धित भएका छन् । बागीको तेस्रो शृंखला पनि सफल भएपछि बागी–४ बनाउने घोषणा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)