Saturday, May 15, 2021
Home Editor-Picks सार्वजनिक कार्यक्रममै किन भयो देउवा–पौडेल भनाभन

सार्वजनिक कार्यक्रममै किन भयो देउवा–पौडेल भनाभन

राजधानी समाचारदाता,

काठमाडौं । नयाँ सरकार गठनको विषयलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सार्वजनिक कार्यक्रममा नै भनाभन भएको छ । कार्यक्रममा नै नेता पौडेलले नयाँ सरकार गठनको अवसर खेर फालेको भन्दै आक्रोश पोखेपछि सभापति देउवाले मैले कहाँ कस्तो अवसर खेर फालें भन्दै पौडेललाई प्रतिप्रश्न गरेका छन् ।

शुक्रबार कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा सहभागी भएका देउवाले नयाँ सरकार गठन गर्ने परिस्थिति नआए निर्वाचनमा पनि जान सकिने बताए । कार्यक्रममा देउवा पक्षका नेताले चुनावको पक्षमा बोलेका थिए भने पौडेल तथा संस्थापनइतर पक्षका नेताहरूले नयाँ सरकार गठनमा जोड दिएका थिए ।

कार्यक्रममा नेता पौडेलले जोखाना हेर्दाहेर्दै सरकार गठनको एउटा अवसर गुमेकोमा देउवाको आलोचना गर्दै अब अर्को अवसर खेर फाल्न नहुने आवश्यकता औंंल्याए । पौडेलले बोलेपछि अन्तिममा बोलेका सभापति देउवाले पौडेलतर्फ संकेत गर्दै आफूले कुनै अवसर खेर नफालेको स्पष्ट पारे । ‘मैले केमा अवसर खेर फालें ?’ देउवाले प्रश्न गर्दै भने ।

यसअघि सभामा नै पौडेल र देउवाबीच सामान्य भनाभन भएको थियो । त्यसमा उपसभापति विमलेन्द्र निधिले देउवालाई साथ दिएको कार्यक्रममा सहभागी एक कर्मचारीले बताए । निधिले सभापति देउवाकै शैलीमा नयाँ सरकार गठनका लागि संसद्मा संख्या पुग्नुपरेन ? भनेर प्रश्न गरेका थिए ।

सभापति देउवाले संसद्को अधिवेशन बोलाउन चाहिने एक चौथाइ संख्या पनि कांग्रेससँग नभएकाले नयाँ सरकार गठन कठिन भएको बताए । उनले अहिले प्रचण्डले आफूलाई प्रधानमन्त्री हुनुहोस् भने पनि सरकार गठनका लागि चाहिने संख्या नपुगेको बताए ।

‘म आफू प्रधानमन्त्री हुन चाहेको पनि छैन । जो सुकै होस्, तयार पार्नुस् न मान्छे’ कांग्रेस सभापति देउवाले पौडेलतर्फ लक्षित गर्दै भने, ‘संख्या पुग्नुप¥यो नि । मचाहिँ संख्या नपुग्ने खेलमा छैन ।’

उनले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेकोमा पार्टीलाई भने धन्यवाद दिए । नयाँ सरकार बने राम्रै हुने बताएका देउवाले चुनावबाहेक अर्को बाटो हुन नसक्ने भएकाले त्यसका लागि तयार रहनुपर्ने बताए । ‘जनताको मन जितेर हाम्रो सरकार बन्न सक्छ । जनताले बुझिसके त्यसैले आवश्यक परे चुनावको तयारी पनि गर्नुपर्छ,’ उनले भने ।

(Visited 1,654 times, 1 visits today)
Loading comments...

आजको समाचार

सिर्जना : लकडाउनमा उकुसमुकुस

यो हप्ता कहाँ जाने ? कसरी जाने ? कुन रुट बनाउने ? ‘कहाँ, कसरी र कुन ?’ प्रश्नले नचिथोरेको पनि हप्तौं भएछ । खुला आकाश...

कविता : आमा तिमी संसार हौ

आमा तिमी संवेदना भगवान अनि बास्ना हौ माया, ममताको खानी हौ सुख्खा जमिननजिकको झरना हौ आमा तिमी रुँदै गरेको बालकको मातृत्व हौ । त्याग, तपस्या अनि सेवा हौ आँखाको नानी, कोइलीको...

ओली ४२औं प्रधामन्त्री

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले तेस्रोपटक पद तथा गोपनीयताको शपथ लिएका छन् । २४ असोज २०७२ मा पहिलोपटक देशको कार्यकारी...

आमालाई ढुंगा हानेको बद्लामा छोराले गरे बञ्चरो प्रहार गरेर बाबुको हत्या

दैलेख । आमालाई कुटपिट गरेको बदलामा बञ्चरो प्रहार गरेर दैलेखमा एक युवाले बुबाको हत्या गरेका छन् । डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरबजारका २१ वर्षीय विकास...

धरानको १ सय ५८ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा...

साताका लोकप्रिय समाचार

ठूला भवन आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरिने

काठमाडाैं ।  उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंँमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचार प्रभावकारी बनाइने बताएका छन् । स्थानीय वसुन्धरामा...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

ढुंगाले लागेर अरुण तेस्रोको सुरुङ भित्र एक मजदुरको मृत्यु

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङ भित्र एक जनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत्...

वैशाखमा मात्रै डेढ लाख कोरोना सङ्क्रमित थप, १६०८ ले ज्यान गुमाए

काठमाडौं । वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । वैशाख १ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख सात...

ट्रेन्डिङ

लाउड स्पिकर बोकेर जनप्रतिनिधि टोल–टोलमा

दैलेख । शहर सदरमुकाममा शान्त र सुनसान भइरहेको बेला गाउँघर गुञ्जायमान भएका छन् । कोभिड –१९ फैलिन नदिन सरकारले लकडाउन गरेपछि शहर शान्त बनेको...

अफवाह फैलाउने सामग्री सम्प्रेषण भएमा उजुरी गर्नुहोस् : प्रेस काउन्सिल

काठमाडौं । प्रेस काउन्सिल नेपालले कोभिड–१९ बारे भ्रम र उत्तेजना फैलाने सामग्री प्रकाशन/प्रसारण नगर्न आमसञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ । ...

केही बर्षपछि हामी देशलाई धनि बनाउछौं : प्रधानमन्त्री

पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले बिकास निर्माणको काम तिव्र गतिमा भइरहेको बताएका छन् । सुक्खाग्रष्त क्षेत्र पाँचथरको कुम्मायक गाउँपालिकामा आइतबार यासोक...

प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरे । धर्मपत्नी...

लिदीका पहिरो पीडितलाई सुरक्षित स्थानमा राखिँदै

सिन्धुपाल्चोक । जुगल गाउँपालिकाको लिदीमा ३९ जनाको ज्यान जाने गरी आएको पहिरोबाट विस्थापितहरुलाई सुरक्षित रुपमा राख्नका लागि गृहकार्य सुरु गरिएको छ । गाउँपालिका र...

भारतीय कलाकार रजनीकान्तद्धारा नयाँ पार्टी खोल्ने घोषणा

मुम्बइ । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहेका रजनीकान्तले आफूले नयाँ...

ज्लाटनको दुई गोल

मिलान । भेट्रान स्विडिस फरवार्ड ज्लाटन इभ्राहिमोभिचको दुई गोल सहयोगमा एसी मिलानले सस्सुलोमाथि झिनो जित निकालेको छ । मिलानले घरेलु टोलीमाथि २–१ को जित...

वनमा लागेकाे डढेलो निभाउने क्रममा जलेर महिलाकाे मृत्यु

 रुकुम पश्चिम । रुकुम पश्चिम बुकीबारी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक महिलाको  जलेर मत्यु भएको छ । डढेलाेमा परेर बाँफिकोट गाउँपालिका–१० की ४५ वर्षीया...

आन्दोलनले संक्रमण फैलने अभिनेत्री प्रियंकाको चिन्ता

काठमाडौं । केही दिनदेखि काठमाडौं केन्द्रित युवाहरूको आन्दोलनप्रति अभिनेत्री प्रियंका कार्कीले चिन्ता व्यक्त गरेकी छन् । उनले यो सरकारविरोधी आन्दोलनमा युवाहरूले कोरोनाबाट आफ्ना सुरक्षामा...

सुदूरपश्चिममा थप २२८ जनामा कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिम प्रदेशमा शनिबार थप २२८ जनामा जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं, बीर अस्पताल काठमाडौं,...

थप १० लाख डोज खोप आउन ढिलाइ

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामविरुद्ध जारी खोप अभियान प्रभावित हुन सक्ने देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट खरिद गरिएको थप १०...

रोकथामका लागि युद्धस्तरमा काम भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको जनाउनुभएको छ ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)