तीन साता शैक्षिक संस्था बन्द गर्न प्रस्ताव

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नेपालमा यूके भेरियन्टको कोरोना संक्रमण बढ्न सक्ने भन्दै तीन साताका लागि शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव गरेको छ ।

सीसीएमसीले तीन साता शैक्षिक संस्था बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको हो । मन्त्रिपरिषद् बैठकले सो प्रस्ताव अनुमोदन गरेमा पुनः तीन साता शैक्षिक संस्था बन्द हुनेछन् ।

उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले भिडभाड बढी हुने स्थानका विद्यालय र कलेज तीन साता बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।

यसअघि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका ठूला सहरी क्षेत्रमा नयाँ भेरिन्टको कोरोना संक्रमण बढ्न सक्ने भन्दै अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न सीसीएमसीलाई प्रस्ताव गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले सीसीएमसीले पछिल्लो समय कोभिड संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्टसमेत देखापरेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय रूपमा अपिल गर्ने निर्णय गरेको बताए ।

सीसीएमसीले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई अझ बढी सक्रिय बनाउने निर्णय पनि गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 273 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थापितको घरदैलोमा मतदाताको शुभेच्छा