‘हेर्देउन मायाले’

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको शब्द रहेको छ भने र बादल लिम्बुको संगीत छ । म्युजिक भिडियो विल्सन विक्रम राई (तक्मे बुडा), रजनी गुरुङ बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। भिडियोमा निमा तामाङ, सुजन राई र बिशाल लिम्बुको समेत अभिनय देख्न सकिन्छ।

पाँचथरको सुन्दर दृश्य समावेश गरिएको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन्। भिडियोमा विल्सन विक्रम राईको कन्सेप्ट र कोरियोग्राफी रहेको छ। किरण राईको छायांकन र सम्पादनमा भिडियो तयार पारिएको हो। तक्मेबुडा डट कम मार्फत भिडियो सार्वजनिक गरिएको हो।

तपाइको प्रतिक्रिया
(Visited 427 times, 1 visits today)

epaper

ताजा समाचार

काभ्रेको रोशी खोलामा फसेका ८९ जनाको मध्यरात सकुशल उद्धार