Tuesday, May 11, 2021
Home प्रदेश प्रदेश ५ कोरोना कहरः रुपैडिया आवतजावतमा रोक

कोरोना कहरः रुपैडिया आवतजावतमा रोक

राजधानी समाचारदाता,

नेपालगञ्ज ।  बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढेपछि सीमावर्ती भारतीय बजार रुपैडिया आवतजावतमा रोक लगाइएको छ ।

छिमेकी मुलुक भारतमा तीव्ररुपमा सङ्क्रमण बढेकाले रुपैडियामा किनमेलको लागि जानमा रोक लगाइनुका साथै भारतका विभिन्न शहरबाट घर फर्किने नेपालीलाई समेत नेपाल भारत सीमा क्षेत्र जमुनाहमा अनिवार्य कोरोना परीक्षण गर्न लगाइएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । उनले सीमा क्षेत्रमा आवतजावत तथा आवश्यक सतर्कता नअपनाइएको गुनासो आएपछि आज आफैँ सीमा क्षेत्रमा पुगेर स्वास्थ्य मापदण्डका सबै प्रक्रिया पूरा गराउन सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएको बताए ।

उनका अनुसार, सीमानाकामा कडाइसँगै नेपालगञ्ज बजार क्षेत्रमा समेत मास्कको अनिवार्य प्रयोग र सामाजिक दूरी कायम गर्न प्रहरीले सक्रियता देखाएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र बाँकेको बैठकले अत्यावश्यकबाहेक आवतजावतमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बैठकले अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने, भारतबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि नाकामा जनशक्ति थप गर्ने, पालिकामा आइसोलेशन सेन्टर सञ्चालन गराउने, शिक्षण अस्पताल कोहलपुरमा कोभिड वडा सञ्चालन गर्ने, बाहिर निस्किँदा मास्क नलगाउनेलाई कारवाही गर्ने निर्णय गरेको जानकारी दिए ।

कोरोना सङ्क्रमण बढेपछि नेपालगञ्जको भेरी अस्पतालमा रहेको कोभिड वडा सङ्क्रमितले भरिएको छ । प्रमुख जिल्ला अधिकारी गेलालले बाहिरी जिल्लाबाट आउने कोरोना सङ्क्रमितको व्यवस्थापनका लागि सङ्घ र प्रदेश सरकारसँग सहयोग मागिएको बताए । छिमेकी मुलुक भारतमा तीव्ररुपमा सङ्क्रमण बढेकाले त्यसको प्रत्यक्ष असर बाँकेमा परेको छ । कोरोना सङ्क्रमण दर अस्वभाविकरुपमा बढे पनि स्वास्थ्यका मापदण्ड कार्यान्वयनमा बेवास्ताका कारण विगतमा जस्तै फेरि बाँके कोरोना सङ्क्रमणको केन्द्रबिन्दु बन्न पुगेको छ । रासस

(Visited 54 times, 1 visits today)
Loading comments...

आजको समाचार

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

साताका लोकप्रिय समाचार

राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता आज, रामबहादुर थापाको उम्मेदवारी अझै टुंगो लागेन

काठमाडौं । वाग्मती प्रदेशमा रिक्त हुन पुगेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी मनोनयन हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश राजधानी हेटौंडामा...

भारतबाट फर्केकाहरु यार्सा टिप्न सिधै लेकतीर (फाेटाेफिचर)

बझाङ । कोरोनाको दोस्रो लहरको उच्च जोखिम बढेको बेला भारतबाट फर्केकाहरु सिधै यार्सा संकलनको गर्न लेक तिर जाने गरेका छन् । बझाङमा जिल्ला प्रशासन...

यसरी तोडे कामिरिताले आफ्नै कीर्तिमानी , २५ औं पटक सगरमाथा शिखरमा

काठमाडौं । आफ्नै विश्व कीर्तिमानी तोड्दै आरोही कामिरिता शेर्पा २५ औं पटक सगरमाथाको शिखर चुम्न सफल भएका छन । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका –५ थामेका...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

एमाले वाग्मती प्रदेशका मुख्य सचेतकमा निरौला

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशका मुख्य सचेतकमा दीपक निरौला चयन भएका छन् । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रदेशसभा...

ट्रेन्डिङ

पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमतिको निधन

काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी श्रीमति सीता महराको निधन भएको छ । उनको उपचारको क्रममा काठमाडौंमा निधन भएको उनको प्रेस...

प्रहरीले लियो सुशान्तकी प्रेमिकाको बयान

मुम्बई । बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणमा प्रहरीले बिहीबारसम्म १० जनाको बयान लिइसकेको छ । सुशान्तका भिनाजु र आफन्तले उनको आत्महत्यामा अरूको हात...

कोरोना प्रभाव : श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । कोभिड–१९ (कोरोना) भाइसरले विश्वव्यापी रुपमा प्रभाव पार्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन गरेको छ । नोभल...

प्रचण्ड र नेपाल निकट ७ मन्त्रीले दिए राजीनामा

काठमाडाैं ।  संसद विघटन भएपछि सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ...

हेलिकप्टरबाट उद्धार गरिएकी सुत्केरीको मृत्यु

खाँदबारी । थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की गङ्गा कार्कीको मृत्यु भएको छ । उपचारका क्रममा काठमाडौँस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग...

जोरपाटी–सुन्दरीजल सडककाे दुरावस्था (फाेटाेफिचर)

काठमाडाैं । जोरपाटी–सुन्दरीजल सडक खण्डको ७ किलोमिटर सडक निर्माणका लागि ५४ करोडमा आशीष÷सिएम जेभीसँग २०७३ सालमा भएको ठेक्का सम्झौता भएको थियो । २०७५ साल...

उखु किसानलाई ४१ करोड भुक्तानी नगरी उद्योग बन्द

काठमाडौं । उखु किसानको ४१ रुपैयाँ करोड भुक्तानी नगरी उद्योग बन्द गरेपछि उखु किसानले दसैंअधि नै बाँकी भुक्तानी गर्नुपर्ने माग गर्दै आइतबार किसानले संसदीय...

माया जदौलाई करोड भ्युज

काठमाडौं । लकडाउनका कारण बन्द रहेका दर्शकले युट्युबमा गीतसंगीत र फिल्म भने खुबै हेरेका छन् । यसको फाइदा चलचित्र ‘हिजोआजका कुरा’लाई पनि पुगेको छ...

दुबईमा अड्किएका नेपाली लिन निगमको जहाज उड्यो

काठमाडौँ । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन...

ललितलाई सहयोग गर्ने क्यानको प्रतिबद्धता

काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका तीव्र गतिका बायाँ हाते बलर ललितसिंह भण्डारीको उपचारमा नेपाल क्रिकेट संघ (क्यानले) आर्थिक सहयोग गर्ने भएको...

नेपाली भूमि फोर्दै भारतले सडक बनायो (फोटो फिचर)

दार्चुला । भारतले नयाँ राजनीतिक नक्सामा नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समावेश गरेको ६ महिनापछि नेपाली भूभाग अतिक्रमण गर्दै चीनसँग सीमा जोड्ने गरी...

सर्वोच्चले १५ गतेभित्र फैसला दिन्छ : नेम्वाङ

विराटनगर । नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आगामी ११ देखि १५ गतेभित्र फैसला आउने बताएका छन् । सर्वाेच्च अदालतमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)