काठमाडौं । मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सफल शल्यक्रियाको शुभकामना दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले सफल शल्यक्रिया र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमार्फत प्रत्यारोपण सफलता होस् भन्ने शुभकामना दिएका हुन् ।
ट्वीटमा मोदीले भनेका छन्, ‘मेरा प्यारा मित्र केपी शर्मा ओलीजी, तपाईँलाई सफल शल्यक्रियाको कामना । भगवान पशुपतिनाथले तपाईँलाई सधैँ सुस्वास्थ्य र दीर्घायूको आशीर्वाद दिउन् ।’
नेपाल–भारतबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन ओलीको योगदानको प्रतीक्षामा आफू रहेको पनि मोदीले ट्विटरमा उल्लेख गरेका छन् । मिर्गौला प्रत्यारोपणका लागि ओली आझ अस्पताल भर्ना हुँदैछन् भने भोलि बुधबार प्रत्यारोपणको तयारी छ । दोस्रो पटक ओलीको मिर्गौला प्रत्यारोपण हुन लागेको हो ।






