Tuesday, May 11, 2021
Home Editor-Picks वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

पूर्णभक्त दुवाल,

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १ खर्ब ८२ अर्ब ९२ करोड छ ।

कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजी अंश ४८ दशमलव २, रिजर्भ ४२ दशमलव ८ र कर्जा अंश ९ दशमलव शून्य प्रतिशत छ । रिजर्भ अंश २७ दशमलव शून्य प्रतिशतले घटेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा कमी आएको हो ।

नेपाल राष्ट्र बंैकको अध्ययनअनुसार २०७६ असार मसान्तसम्म नेपालमा ५३ देशको प्रत्यक्ष वैदेशिक लगानी थियो । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् ५६ अर्ब ५ करोड लगानी आएको थियो ।

भारतपछि चीनबाट २७ अर्ब ५६ करोड, सेन्ट किस्टस एन्ड नेभिसबाट २४ अर्ब ९४ करोड, आयरल्यान्डबाट ११ अर्ब ५९ करोड र सिंगापुरबाट ८ अर्ब ७३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिएको छ ।

नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१ दशमलव १ सेवा र ४८ दशमलव ८ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी रहेको राष्ट्र बैंकमा अध्ययनमा उल्लेख छ ।

सेवा क्षेत्रअन्र्तगत कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७ दशमलव ४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको छ । औद्योगिक क्षेत्रअन्र्तगत उत्पादन क्षेत्रमा २८ दशमलव ६ प्रतिशत र जलविद्युत् क्षेत्रमा २० दशमलव ० प्रतिशत वैदेशिक लगानी छ ।

राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन गरी लगानी क्षेत्रगत अवस्था एवं प्रवृत्ति विश्लेषण आधारमा आवश्यक नीति निर्माणमा सहयोग पु-याउने उद्देश्यले स्थलगत सर्वेक्षण गरी प्रतिवेदन प्रकाशनक्रममा प्रतिवेदन सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७५-७६ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल ५ सय २२ को नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक विश्लेषणका आधारमा प्रत्यक्ष ‘वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७५-७६’ तयार पारेको हो ।

सन् २०१९ मा अघिल्लो सालको तुलनामा विश्वमा वैदेशिक लगानी ३ प्रतिशतले वृद्धि भएको थियो । जसमा एसियाले मात्र कुल विश्वको वैदेशिक लगानीमध्ये ३० दशमलव ८ प्रतिशत वैदेशिक लगानी भित्र्याएको तथ्यांक छ ।

सबैभन्दा बढी वैदेशिक लगानी भित्र्याउनेमा चीन, सिंगापुर र हङकङ रहेको छ । दक्षिण एसियामा सन् २०१९ मा १० प्रतिशतले वैदेशिक लगानी भित्रिएको छ ।

भारतले मात्र सो वर्ष ५० दशमलव ५५ बिलियन डलरको वैदेशिक लगानी भित्र्याएको छ । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनेमा पाकिस्तान र बंगलादेशमा पनि पर्छन् ।

नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी विद्युत्, ग्यास र पानीमा रहेको छ । यो कुल वैदेशिक लगानीको ८१ दशमलव ७ प्रतिशत हुन आउँछ । यो क्षेत्रमा १ खर्ब ६० अर्ब ७२ करोड छ ।

कुल वैदेशिक लगानीको ७ प्रतिशत यातायात भण्डारण र सञ्चारमा रहेको छ । यसमा १३ अर्ब ६८ करोड वैदेशिक लगानी रहेको राष्ट्र बैंकको तथ्यांक छ । नेपालमा कुल वैदेशिक लगानीको ३० दशमलव ६ प्रतिशत भारत र चीनको १५ दशमलव १ प्रतिशत रहेको छ ।

त्यस्तै, सेन्ट किट्स र नेभिसको १३ दशमलव ६, आइरल्यान्डको ६ दशमलव ३, सिंगापुरको ४ दशमलव ८ र अस्ट्रेलियको ४ दशमलव २ प्रतिशत रहेको छ । यसैगरी, संयुक्त अरब इमिरेटको ३ दशमलव ७ प्रतिशत, बंगलादेशको २ दशमलव ८ प्रतिशत, दक्षिण कोरियाको २ दशमलव ६ प्रतिशत र अमेरिकाको २ दशमलव ४ प्रतिशत छ ।

नेपालमा आएका वैदेशिक लगानीमध्ये सबैभन्दा बढी बाग्मती प्रदेशमा परेको छ । यो प्रदेशमा ६५ दशमलव ५ प्रतिशत लगानी हुँदा सुदूरपश्चिममा शून्य प्रतिशत रहेको छ ।

गण्डकीमा १४ दशमलव २ प्रतिशत, प्रदेश २ मा १० प्रतिशत, प्रदेश १ मा ७ दशमलव ८ प्रतिशत, लुम्बिनीमा २ प्रतिशत र कर्णालीमा शून्य दशमलव ७ प्रतिशत वैदेशिक लगानी रहेको छ ।

(Visited 68 times, 1 visits today)
Loading comments...

आजको समाचार

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

साताका लोकप्रिय समाचार

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

पाेखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान...

मेयरले पेलेकाे भन्दै चाँगुनारायण नगर अस्पतालका सबै डक्टरले दिए राजिनामा

भक्तपुर । कोरोना महामारीको दोस्रो लहर सँगै जनजिवन आक्रान्त हुँदा चाँगुनारायण अस्पतालका सम्पूर्ण डक्टरहरुले राजिनामा दिएका छन् । चाँगुनारायण नगरपालिकाले संचालन गर्दैै आएको नगर अस्पतालका...

सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दो लक्षण भएका बिरामीको संख्या बढदै

सर्लाही । सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या एक्कासी बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी...

उपत्यकामा निषेधाज्ञा झनै कडाइ

काठमाडौं । उपत्यकाका तीन जिल्लामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा झनै कडाइसहित एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

ट्रेन्डिङ

बोर्ड अध्यक्षका लागि दयाराम, भुवन र राजेशबीच प्रतिस्पर्धा

काठमाडौं । विगत ६ महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्षको चयन अन्तिम चरणमा पुगेको छ । यो प्रतिस्पर्धाका लागि अन्तर्वार्ता दिएका १० जनामध्ये...

इन्फास्ट्रक्चर बैंकको सेयर भर्नु भाछ ? ५० कित्ता पर्न सक्छ !

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ शुक्रबार (माघ १६ गते) बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले बुधबार प्री–अलोटमेन्ट गरेको...

नेकपा र अपेक्षा

यस वर्षका हाम्रा प्रमुख चाडपर्व सम्पन्न भएका छन् । नेपाल सरकार र तत्कालीन विद्रोही माओवादीबीच ‘विस्तृत शान्ति सम्झौता’ भएको १४ वर्ष पूरा भएको छ...

अनिलको संगीतमा नरेन्द्र प्यासीको स्वर

काठमाडौं । गीत लेखन संगीत सिर्जनमा व्यस्त रहेका अनिल खनालको संगीतमा नयाँ आधुनिक गीत सार्वजनिक भएको छ । ‘स्मृति’ एल्बममा संग्रहित ‘कस्तो यो खेल...’...

अरियो र बिभत्सु छनोट

  काठमाडौं।   ललितपुर प्याट्रियट्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) का लागि ट्यालेन्ट हन्टबाट दुई युवा खेलाडी छनोट गरेको छ । साविक विजेता समेत रहेको ललिपुरमा युवा...

काठमाडौं उपत्यकामा लकडाउन गर्ने तयारी, सिडिओहरुको बैठक बस्दै

काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन गर्ने तयारी गरिएको छ । आज काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको...

अल्मुताइरी फुटबल टोलीको मुख्य प्रशिक्षक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुवेती अब्दुल्लाह अल्मुताइरीलाई राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । एन्फाले आइतबार पत्रकार सम्मेलन...

नयाँ वर्ष शुरु : यस्ताे छ विक्रम संवतकाे मौलिकता

काठमाडाैं । आजदेखि नेपाली नयाँ वर्ष २०७७ शुरु भएको छ । नेपालको मौलिक संवत् मानिने विक्रम संवत्को आफ्नै महत्व र वैज्ञानिकता भएको ज्योतिषविद् बताउँछन्...

उपत्यकाका यी स्थानमा भेटिए कोरोना सङ्क्रमित

काठमाडौँ । उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्रै २८ जनामा सङ्क्रमण देखिएको...

जसलाई नारी दिवसले छोएन

दैलेख । जिल्ला सदरमुकाम तथा गाउँघरमा नारी दिवस मनाइरहँदा राउटे बस्तीमा यसको कुनै रौनक देखिएन । राउटे महिला नारी दिवसबारे बेखबर छन् । सरकारी...

माक्स लिन लुछाचुडि

कालिकोट । नेपाली कांग्रेस कालिकोटका महासमिति सदस्य तथा नेपाल तरुण दलका केन्द्रीय महासचिव भुपेन्द्रंग शाहीले कालिकोटमा माक्स बितरण गरेका छन् । २०७४...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)