Tuesday, May 11, 2021
Home प्रवास एनआरएन यूके अध्यक्ष पदमा रोजीना प्रधान राईले उम्मेदवारी दिने

एनआरएन यूके अध्यक्ष पदमा रोजीना प्रधान राईले उम्मेदवारी दिने

राजधानी संवाददाता,

लन्डन । एनआरएनए यूकेको नयां नेतृत्वका लागि आकांक्षीहरु मैदानमा उत्रने क्रम सुरु भएको छ । सदस्यता आवेदन खुलेपछि सम्भावित उम्मेदवारहरु ‘मेम्बरसीप ड्राइभ’ मा लागिसकेका छन् । आगामी नेतृत्वका लागि धेरै उम्मेदवार मैदानमा छन् । त्यसमध्ये रोजिना प्रधान राईलाई बलियो दावेदारका रुपमा ठानिएको छ ।

गैरआवसीय नेपाली संघ यूकेकी उपाध्यक्ष तथा संघसंस्था समन्वय विभाग प्रमुख राईले दुई वर्षे कार्यकालमा आफूलाई सामाजिक तथा च्यारिटी क्रियाकलापमा क्रियाशील राखेकाले उनलाई अध्यक्षको बलियो उम्मेदवार ठानिएको हो ।

‘संघमा जिम्मेवारी लिएसंगै मैले केन्द्रदेखि राष्ट्रिय समन्वय समितिमा रहेर संस्थागत कार्यप्रणाली जान्ने बुझ्ने र सामाजिक कार्यमा आफूलाई क्रियाशील गराउन सफल भएँ । अग्रजहरुको सुझाव सल्लाह र साथले पनि अध्यक्षको नेतृत्व सम्हाल्न मलाई पूर्ण आत्मविश्वास बढेको छ’, उनले भनिन् ।

कोभिड लगायत अन्य विभिन्न समस्याहरुका बाबजुद पनि राईले आफ्नो कार्यकालमा एनआरएनए यूकेमा महत्वपूर्ण अभिभारा सफलतापूर्बक निभाईन । चाहे नागरिकता निरन्तरता सवाल होस्, चाहे पूर्व गोर्खाजहरुको समानताको लडाईं । गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षादेखि भारतीय सीमा अतिक्रमणविरुद्ध प्रदर्शन र ज्ञापनपत्र बुझाउने क्रममा पनि रोजिनाले आफूलाई दरिलो उपस्थिति र ऐक्यवद्धता जनाइन् ।

महिला सशक्तिकरण र कोभिडले महिलामा पारेको असर न्यूनीकरणका लागि उनले नजिकबाट काम गरिन् । महिलाहरुले अवसर र अधिकार पाए नीति निर्माण तहमा पुगेर समाज परिवर्तन गर्न सक्छन् भन्ने उनको विश्वास छ ।

उनकै संयोजनमा एनआरएनए यूके र नेपाली समुदायबीच अन्तरसंवाद कार्यक्रम भयो । एनआरएनए यूकेले ‘कोभिड १९’ ले महिलामा पारेको प्रभावबारे पटक पटक परिणाममुखी अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

यस अलवा संघले गरेको ‘सम्पत्तिको सुरक्षा–नागरिकताको निरन्तरता र समानतामा आधारित गोर्खा आन्दोलन’ विषयक कार्यक्रममा पनि रोजिनाले आफ्नो भूमिका महत्वका साथ निभाइन् ।

बेलायतस्थित तीनसय भन्दा बढी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके छैटौं काउन्सिल बैठकको संयोजक थिइन् रोजिना । उक्त कार्यक्रम सफल भएपछि त्यसको क्रेडिट रोजिनालाई समेत गएको छ । बेलायतसहित ५ वटा एनसीसी मिलेर गरिएको युवा परिचालनसम्बन्धि कार्यक्रममा पनि उनको विशेष भूमिका थियो । एनआरएनका राष्ट्रिय–अन्तरराष्ट्रिय हरेक सभा सम्मेलन, विशेष गरी यूरोपेली सम्मेलनमा उनी सधैं सहभागी भइन् ।

रोजीहिरा फाउण्डेशनकी संस्थापक अध्यक्ष राईले आफ्नो फाउण्डेशनमार्फत धेरै परोपकारी कार्य गरेकी छन् । कोभिड १९ महामारीपछि बेलायती विश्वविद्यालयमा पढ्न आएका नेपाली विद्यार्थी नराम्ररी प्रभावित भए । कतिलाई खाना, बस्न समेत समस्या भएपछि रोजिनाले एनआरएनए यूकेका तर्फबाट संयोजनकारी भूमिका निर्वाह गरी ति पीडित विद्यार्थीलाई राहत वितरण र आफैंले गास बास प्रवन्ध समेत गरिदिएको उनले बताइन् ।

कोभिड संकटका बेला दुईसय भन्दा बढी विद्यार्थीलाई सहयोग गरेको राई बताउंछिन् । कोभिड कालमा चार जना विधार्थीलाई आफ्नै घरमा राखेर रेखदेख गरिन् । दुःख पाएका विधार्थीलाई अहिले पनि काउन्सिलिङ गरिरहेको उनले बताइन् । प्रत्येक ६–६ महिनामा रक्तदान गर्ने उनी ब्लाइन्ड रक्समार्फत दृष्‍टिविहीनहरुलाई पनि सहयोग गरिरहेकी छन् ।

हालैमात्र ग्लोस्टरस्थित चर्च डाउन सर्जरीमा ‘कोभिड १९’ भ्याक्सिन दिन खटिएका स्वयंसेवकहरुलाई निशुल्क खाना उपलव्ध गराउने अवसर पाएकोमा गर्व छ उनलाई ।

यूके नेपाल फ्रेण्डसीप सोसाइटीकी ब्राण्ड एम्बासडर र ह्यूमन राइट्स यूके सदस्य रोजिनाले बेलायत नेपाल सम्बन्ध अभिवृद्धि गर्न आफ्नो हैसियतले भ्याएसम्म पहल गरिरहेको पनि बताइन् ।

रोजीहिरा फाउन्डेशनले खोटाङ जिल्ला खोटेहाङ गाउंपालिका वडा नं। २ कपासे भञ्ज्याङमा रहेका विपन्न २० घरधुरीलाई पनि एक महिना पुग्ने राहत वितरण गरयो ।

सिन्धुपाल्चोकको इचोक गाउंमा भूकम्प पीडितहरुका लागि स्वास्थ्य शिविर सञ्चालन गरेर उक्त शिविरबाट झण्डै एकहजार जना लाभान्वित भएको उनले स्मरण गरिन् । उनले श्री राष्ट्रिय माध्यमिक विद्यालयमा उत्कृष्ट विद्यार्थीलाई पठनपाठनमा प्रायोजन गर्दै आएको पनि जनाइन् ।

व्यवसाय पनि एकसाथ
बेलायतका विभिन्न सामाजिक गतिविधि र च्यारिटीमा संलग्न राईले कयौं व्यवसायमा हात हालेकी छन् । रोजिनालाई व्यवसाय सञ्चालन गर्न आफ्नो श्रीमान हिराधन राईले पनि प्रेरित गरेका छन् । रोजिनाले केही महिनाअघि ‘गोर्खा सनराइज क्यास एण्ड क्यारी’ सञ्चालन गरेकी छन् ।

रेडिङमा ‘द ऐला रेष्टुरेन्ट एण्ड बार’ पनि छ उनको । स्मार्ट ९१ रिक्रुटमेन्ट सर्भिस, ट्रेडिङ र नेपालमा हाइड्रो पावर व्यवसायमा पनि आफूहरु आवद्ध रहेको उनले जनाइन् ।

व्यवसायमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्न पनि सधैं अग्रसर रहने उनको प्रण छ ।

बेलायतमा भएका विभिन्न सौन्दर्य तथा प्रतिभा उजागर गर्ने कार्यक्रमहरुमा निर्णायकको भूमिका समेत निर्वाह गरेकी उनले नव नारी, टुडेज् वुमनसहित खोटाङ सेवा समाज बेलायत, रावाखोला सेरोफेरो यूके, किरात राइ यायोख्या बेलायत, गुन्यूचोली तथा सांस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानबाट सम्मान पाइसकेकी छन् ।

‘जति सक्छु समाजलाई नै दिन्छु भनेर मैदानमा होमिएकी छु’, उनले भनिन् ।

(Visited 548 times, 2 visits today)
Loading comments...

आजको समाचार

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

साताका लोकप्रिय समाचार

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

अस्पतालमा ठाउँ नभएपछि खुल्ला आकाशमुनि काेराेना संक्रमितकाे उपचार

धनगढी । धनगढीस्थित सेती प्रादेशि अस्पतालमा कोरोनाबाट संक्रमित भएकाको संख्या दिन प्रतिदिन बढ्न थालेपछि अस्पतालमा उपचार गर्न ठाउँको अभाव भएको छ । यो अस्पतालको आकस्मिक...

मानवता बिरुद्धको अपराधमा संलग्न र तिनका मतियारहरुलाई नांगेझार पार्ने युवा संघको चेतावनी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको महामारीका बीचमा मानवता बिरुद्धको अपराधमा संलग्न हुने अपराधी तथा उनका मतियारहरुलाई नांगेझार पार्ने...

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना देखिएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार दिउँसोका रिपोर्ट पोजेटिभ आएको हो । यसअघि मंगलबार आरडिटी...

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

ट्रेन्डिङ

वीरमा पुगेका बिरामीको गुनासोः हामीलाई झुलाउँछन्, वास्तै गर्दैनन् !

मिति : २०७७ पुस ८ गते (बुधबार) समय : बिहान ७ बजे स्थान : वीर अस्पताल देशकै जेठो सरकारी अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत रहेको वीर अस्पतालमा...

कानकाे मुन्द्रा लिन हत्या गरेर भागेका गिरी १६ वर्षपछि पक्राउ

काठमाडाैं । काठमाडौँको रानीबारीमा डेरा गरी बस्ने १८ वर्षीय जीवन लोहनीको हत्या अभियोगमा फरार रहेका झापा मेचीनगर नगरपालिका–७ का ३३ वर्षीय हरि गिरी भन्ने...

टिपरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

पाल्पा । तानसेन नगरपालिका वडा नंं ७ सिद्धार्थ राजमार्गको लामडाँडामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमती ज्यान गएको छ भने श्रीमान् घाइते भएका छन् । तानसेनबाट...

ट्राफिक नियम पालनामा कडाइ, मापसे जाँच शुरु

काठमाडौँ । झण्डै चार महिनाको बन्दाबन्दीपछि उपत्यकाको सडकमा निजी तथा भाडाका सवारी साधनको चाप बढेसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले नागरिकलाई भौतिक दूरी कायम गराउने...

नेकपाका अध्यक्षद्वयलाई आयोगको पत्रः साविकको नेकपा नै आधिकारिक

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता र विवादका विषयमा दुवै समूहबाट भएका एक अर्कामाथिको कारबाहीसहितका गतिविधिलाई अवैध भन्दै सो कार्य आयोगका लागि...

लालना लिभरपुलमा बस्ने

लन्डन । इंग्लिस मिडफिल्डर एडाम लालनाले इंग्लिस क्लब लिभरपुलसँग छोटो समयका लागि सम्झौता नवीकरण गरेका छन् । लालनाले यो सिजनको अन्त्यसम्मका लागि लिभरपुलसँग सम्झौता...

आगामी बजेटका पाँच प्राथमिकता

आगामी आर्थिक वर्ष २०७७-७८ का लागि १५ जेठमा बजेट जारी हुँदै छ । जनआन्दोलन–२ पछि गठन भएका सरकारका अर्थमन्त्रीलाई करिब एक दशक बजेट निर्माणको...

नेकपा एकताको कसरतमा चीन

काठमाडौं । नेपालमा प्रतिनिधिसभा विघटनसँगै नेकपा फुटको संघारमा पुगिरहेको बेला चीनले पहिलो पटक नेपालको राजनीतिक मामिलाको विषयमा बोलेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको उच्च...

ओली प्रधानमन्त्री बन्न योग्य रहनुभएन, नेकपाले अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाओस् : प्रदीप पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको शैली र कार्यशैली नै नराम्रो भएको भन्दै मार्गप्रशस्त...

रामजन्मोत्सव: मन्दिर बाहिर ताल्चा, श्रद्धालु बिनाको पूजा (फोटो फिचर)

जनकपुरधाम । भगवान रामको ससुरालीमा आज रामजन्मोत्सवको कुनै चहल पहल छैन । मन्दिरमा भक्तजनलाई सुरक्षाकर्मीहरुले आउनै दिएका छैन भने धेरैजसो घरवाटै निस्केका छैनन ।...

भद्रकाली पेट्रोल पम्पमा सैनिक जवानद्वारा एसएलआर राइफलले गोली हानी आत्महत्या

काठमाडौं । नेपाली सेनाद्वारा सञ्चालित भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटीमा बसेका एक सैनिक जवानले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । तनहुँको साबिक रानीपोखरी गाविस...

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)