Saturday, September 25, 2021
Your Ads Here
Homeप्रमुखनेपालगञ्जमा संक्रमितको संख्या १८ सय नाघ्यो

नेपालगञ्जमा संक्रमितको संख्या १८ सय नाघ्यो

रुद्र सुवेदी,
sharethis

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार दिउँसोसम्म सक्रिय संक्रमितको संख्याले १८ सयको आँकडा पार गरेको छ । यस तथ्यांकमा शुक्रबार संकलन गरिएको स्वाबको नतिजा समावेश गरिएको छैन ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले दिएको जानकारीअनुसार बाँकेमा शनिबार साँझ ६ बजेसम्म सक्रिय संक्रमित १ हजार ८ सय २४ जना रहेका छन् । शनिबार साँझसम्म विभिन्न प्रयोगशालाबाट आउने नतिजाको आँकडाले २ हजार नाघ्ने आंकलन गरिएको छ ।

फोकल पर्सन ओलीले दिएको जानकारीअनुसार भेरी अस्पतालको कोरोना वार्डमा १ सय ८१ जना भर्ना भएका छन् । कोरोना संक्रमितको लागि छुट्याइएको बेड १ सय ४२ भए पनि कोचाकोच अवस्थामा रहेका छन् । यीमध्ये ५७ गम्भीर र ६ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै छ ।

यसैगरी उनले दिएको जानकारीअनुसार शिक्षण अस्पतालमा ५५ जना बिरामी भर्ना भएकामध्ये २६ गम्भीर २९ मध्यम अवस्थाका रहेका छन् । कोहलपुर नगरपालिकाद्वारा सञ्चालनमा ल्याएको कोभिड अस्पताल कोहलपुरमा ९ जना भर्ना भएकामध्ये ३ गम्भीर रहेका छन् । नेपालगन्ज उपमहानगरद्वारा सञ्चालनमा ल्याएको ब्हाइटहाउस आइसोलेसनमा ३९ जना रहेका र तीमध्ये ६ जना महिला संक्रमित रहेका छन् । अस्वाभाविक रूपमा कोरोना संक्रमण फैलिएपछि नेपालगन्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पताल कोरोना संक्रमणका गम्भीर प्रकृतिका बिरामीले भरिभराउ भएको हो ।

भेरी अस्पतालमा कोभिडको बिरामीका लागि तयार पारेको बेड एउटा पनि खाली नरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले जानकारी दिए । भेरी अस्पतालले कोरोना संक्रमित बिरामी उपचारका लागि तयार गरिएको कोभिड वाडका सबै १ सय ४२ बेड भरिए तापनि थप बिरामी राख्न बाध्य भएको बताए । अहिले पनि गम्भीर प्रकृतिका बिरामी आउने क्रम नरोकिएकाले आउँदा दिन अझै भयावह हुने सम्भावना बढेको डा. थापाको भनाइ छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सुदूरपहाडमा भूकम्पको धक्का

‘अस्पतालमा गम्भीर प्रकृतिका बिरामी उपचारका लागि आउने क्रम रोकिएको छैन । छुट्याइएका बेडहरू जम्मै भरिभराउ छन्,’ उनले भने, ‘हामी निरीह भएर टुुलुटुलु हेर्न मात्रै सकेका छांै ।’ उनले संक्रमितको संख्या बढेसँगै विकल्प र जनशक्ति थप गर्न लामो समयदेखि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको बताए । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पताल कोरोनाका बिरामीले भरिभराउ भएकाले अक्सिजनको मात्रा कम भएका बिरामीलाई समेत भर्ना लिन नसक्ने अवस्था रहेको बताए । उनले संक्रमण रोकथाम र संक्रमण गम्भीर प्रकृतिका बिरामीलाई उपचार व्यवस्था मिलाउन सबैले आ–आफ्ना स्थानबाट सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरे । उनले भने, ‘संक्रमितको संख्या बढेको बढेइछ । बेड र जनशक्ति थोरै छ । तर, पनि हामी बिरामीको ज्यान जोगाउन लागिपरेका छौं । सबै क्षेत्रबाट सहयोग हुनु आवश्यक छ ।’

कोरोना संक्रमणका बिरामीको उपचार गर्दै आएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका फिजिसियन डा. आसिम किदवाइले अस्पतालमा बेड अभाव भएकाले बिरामीलाई भर्ना गर्न नसकिने अवस्थामा पुगेको बताए । कोभिडका बिरामी राख्ने वाड समयमै नबनाउँदा अहिलेकोे स्थिति नियन्त्रण बाहिर गएको उनकोे दाबी छ । कोरोना संक्रमितका बिरामीको उपचारमा निरन्तर खटिएका स्वास्थ्यकर्मी हेर्दाहेर्दै स्थिति नियन्त्रणबाहिर जाँदा चिन्तित छन् ।

भेरी अस्पतालका फिजिसियन डा. खगेन्द्रजंग शाहले अहिले लक्षणसहितका संक्रमित त्यसमा पनि अक्सिजन चाहिनेहरू बढी रहेको बताए । उनले परिवारका एक सदस्यलाई संक्रमण पुष्टि भए पनि अहिले प्रायः सबैमा संक्रमण देखिएको पाइएको जानकारी दिए । बाँकेका कोभिड संक्रमण व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज ओलीले निरन्तर संक्रमितको संख्या बढिरहेकाले अस्पतालमा बेड थप्ने र अक्सिजनको व्यवस्थापनमा सबैको ध्यान र सहयोग केन्द्रित गर्न जरुरी रहेको बताए ।

तपाइको प्रतिक्रिया

(Visited 163 times, 1 visits today)

आजको समाचार

माफिया, तस्कर र बिचौलियाको सलबलाहट

नेपालमा केही अपवादलाई छाडेर अब वास्तविक रूपमा असल र इमानदार नेता पाउनै कठिन हुन थालेको छ । राजनीतिको आवरणमा अपराधीकरण यति धेरै बढ्न थालेको...

प्रधानमन्त्रीलाई राष्ट्रिय सभाको रुलिङ

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद्को राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । बिहीबारको राष्ट्रिय सभा बैठक...

टेबलटेनिस टोली कतारतर्फ

काठमाडौं । २५ औं एसियन टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेबल टेनिस टोली आज कतार प्रस्थान गर्दैछ । ६ खेलाडी, एक प्रशिक्षक र एक...

दरबारबाट श्रीपेच चोर्न खोज्ने सेनाको नियन्त्रणमा

काठमाडौं । नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेज निकाल्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो। नारायणहिटी...

सहकारीमूलक संघीयता

विश्वमा भिन्नभिन्न प्रकारका संघीय शासन प्रणाली प्रचलनमा रहेका छन् । सरकारका तहबीच अन्तरजेलित, अन्तरनिर्भर र अन्तरसम्बन्धित जिम्मेवारी पूरा गर्न सहयोगात्मक सम्बन्ध, समन्वय र सहकार्य...

साताका लोकप्रिय समाचार

देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक : शेखर कोइराला

  विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको आरोप लगाएका छन् । गृह जिल्ला मोरङ पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै...

‘यस्तो आइमाईलाई कसले भित्र पस्न दियो ?’ भन्ने मेयर विरुद्ध महिला आन्दोलित

  इटहरी । विभिन्न समयमा चर्चामा आएका गरेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी पुनः विवादमा तानिएका छन् । गत भदौ ३० गते बुधबार मेयर चौधरीले उपमहानगर...

सङ्खुवासभा सामूहिक हत्याकाण्ड : घटनाका ‘मुख्य योजनाकार’ पक्राउ

खाँदबारी । सङ्खुवासभाको मादी खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ रहस्य खुलेको छ । यसअघि प्रहरीले हत्याकाण्डमा मुख्य आरोपी भन्दै लोकबहादुर...

बालुवाटारमा गठबन्धनकाे बैठक जारी

  काठमाडाैं ।  सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  केहीबेरअघिदेखि सुरु भएको बैठकमा सरकार विस्तारका विषयमा छलफल हुने भएकाे छ...

ट्रेन्डिङ

श्री स्वस्थानी व्रत समापन

ललितपुर । एक महिने श्री स्वस्थानी व्रत आज (आइतबार)बाट समापन हुँदै छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको व्रत माघ शुक्ल...

बैंगलोरविरुद्ध कोलकत्ताको सहज जीत

नयाँ दिल्ली । ईन्डियन प्रिमियर लिग आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा बैंगलोरले...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)