शंकास्पद स्वदेशी एवं विदेशी नागरिकलाई आइसोलेसनमा राख्न सर्वोच्चको आदेश

 

काठमाडौं । सर्वोच्च अदालतले कोरोनाको त्रास बढिरहेका बेला शंकास्पद स्वदेशी र विदेशी नागरिकलाई तत्कालै आइसोलेसन वार्डमा राख्ने व्यवस्था गर्न आदेश गरेको छ । अधिवक्ता पूर्ण राजवंशीले कोरोना प्रभावित देशबाट नेपाल भित्रनेहरुको स्वास्थ्य परीक्षण गर्न, प्रभावित देशसँगको उडान रद्द गर्न र त्यहाँका नागरिकलाई भिसा नदिन अन्तरिम आदेश माग गर्दै दायर रिटमा सुनुवाइ गर्दै सोमबार यस्तो आदेश भएको हो ।

सोमबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सरकारको नाममा अन्तरिम आदेश जारी गर्दै त्रिभुवन अन्तराष्र्टि«य विमानस्थल हुँदै आउने शंकास्पद स्वदेशी र विदेशी नागरिकलाई आइसोलेसन र क्वारेन्टाइनमा राखी छुट्टै उपचारको व्यवस्था गर्न भनेको छ । स्वास्थ्य परीक्षणविना आउन नदिन पनि आदेशमा भनिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयरमा श्रीमान र उपमेयरमा श्रीमतीको उम्मेदवारी दर्ता