सहायक श्रीमान, आमा र दुर्गामान्डु उत्कृष्ट

काठमाडौं । नवौं संस्करण नेपाल–अफ्रिका फिल्म फेस्टिबल–२०२१ मा तीन चलचित्र उत्कृष्ट भएका छन् । यी तीनवटै चलचित्रले जनही ५ हजार रुपैयाँसहित आदिम चलचित्र पुरस्कार जितेका छन् । काठमाडौंको जमलस्थित संस्कृतिक संस्थानमा १० वैशाखदेखि जारी नवौं नेपाल–अफ्रिका फिल्म फेस्टिबल–२०२१ उत्कृष्ट फिल्मलाई पुरस्कृत गर्दै आइतबार सकिएको छ ।

यसपटक महोत्सवमा कथानक चलचित्र चलचित्र ‘आमा’ उत्कृष्ट भएको छ । भूपेन्द्रकुमार खड्का निर्मित यो फिल्म आमा वृद्धा आमाबुबालाई वृद्धाश्रममा राख्नेको कथामा यो चलचित्र आधारित छ ।

वर्ष वृत्तचित्रतर्फ वृत्तचित्र ‘सहायक श्रीमान’ (को हजबेन्ड) उत्कृष्ट भएको छ । गणेश पाण्डे निर्देशित तथा शारदा गैरे निर्मित बहुपति प्रथामा आधारित यो वृत्तचित्र हिमाली भेकमा बसोबास गर्दै आएका शेर्पा समुदायका महिलामा जारी बहुपति प्रथामा केन्द्रित छ ।

यसैगरी यो वर्ष डक्युड्रामा तर्फ वृत्त चलचित्र ‘दुर्गामाण्डु’ उत्कृष्ट पुरस्कार जित्न सफल भएको छ । माधवराज खरेल निर्मित एवं निर्देशित यो वृत्त चलचित्रमा सुदूरपश्चिममा कुप्रथाका रूपमा रहेको छाउपडी समस्यामा आधारित छ ।

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनद्धारा आयोजित नवौं संस्करणको महोत्सव समापन समारोहमा नेपालका निमित्त अफ्रिकी मुलुक इथोपियाका कन्सुलेट राजेन्द्र गिरीले उत्कृष्ट पुरस्कार प्रदान गरेका थिए । अर्को वर्षबाट महोत्समा इथोपियाका चलचित्रलाई पनि आफूले सहभागी गराउने उनले बताए ।

अभिनेता प्रदीप बास्तोला, सञ्चारर्मी जीवन पराजुली, गायिका सरिता भारतीसहित पाँच जनाको निर्णायक टिमले उत्कृष्ट चलचित्रको चयन गरेको थियो ।

आइतबार नै महोत्सवमा नेपाली र अफ्रिकन चलचित्रका चुनौती’bout बहस भएको थियो । सो बहसमा चलचित्र निर्देशक मनोज पण्डितले अफ्रिकनको तुलनामा नेपाली चलचित्र र नेपाली चलचित्रका समस्या’bout कार्यपत्र प्रस्तुत गरे । उनले अफ्रिकन फिल्मको अवस्था र उनीहरूबाट हामीले सिक्नुपर्ने कुराको व्याख्या गरेका थिए ।

यस्तै, चलचित्र निर्देशक तथा सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापाले नेपाली चलचित्रको विगतदेखि अहिलेसम्मको अवस्था चुनौती’bout कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अबको चलचित्र सांस्कृतिक र मौलिक हुनुपर्नेमा जोड दिए ।

अफ्रिका विज्ञ गणेश खनियाँले सो अन्तत्र्रिmयामा अफ्रिकाको जीवनशैली, सिनेमा, नेपाल र अफ्रिकाको सम्बन्ध’bout कार्यपत्र प्रस्तुत गरेका थिए । नेपालमा हाल रहेका अफ्रिकनको अवस्था पनि उनको कार्यपत्रमा समेटिएको थियो ।कोरोनाको महामारीबीच पनि सामाजिक दूरी कायम गरेर अफ्रिका र नेपालीका सिनेमालाई एउटै थलोमा ल्याई आफूहरू महोत्सव सम्पन्न गर्न सफल भएको महोत्सव निर्देशक डब्बु क्षत्रीले बताए ।

आयोजक संस्था कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनकी अध्यक्ष डा. मञ्जु मिश्रले महोत्सवबाट आफूहरूले निरन्तर नौ वर्षदेखि नेपाल–अफ्रिकालाई जोड्ने कार्य गरेको समापन समारोहमा बताइन् । महोत्सवमा नेपालमा सातवटा र अफ्रिकामा आठवटा चलचित्र प्रदर्शन गरियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार उद्घाटन गरेको महोत्सवमा तीन दिनसम्म चलचित्र प्रदर्शन गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 383 times, 1 visits today)

epaper

ताजा समाचार

भद्रपुरमा इण्डो–नेपाल टी–२० च्याम्पियनसिप आयोजना हुँदै