काेराेना संक्रमणबाट मृत्यु, सवाधानी सून्य

फाइल तस्वीर

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका एक पुरूषको कोरोना सङ्क्रमितको कारण आज मृत्यु भएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठान धरानको कोरोना अस्पतालमा उपचारमा रहेका ४८ वर्षीय पुरुषको मृत्यु भएको प्रदेश नंं २ को सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका ८ बस्ने मृतक उच्च रक्तचापका बिरामी रहेका थिए । वैशाख ९ गते प्रतिष्ठानमा भर्ना भएका उनकाे वैशाख १० गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । धनुषा जिल्लामा करिब ७ महिनापछि कोरोना सङ्क्रमणका कारणले एक जनाको मृत्यु भएको हो ।

संक्रमितको संख्या जनकपुरधाममा बढे पनि साबधानी अहिलेसम्म अपनाइएको छैन । दर्जनाै निजि विद्यालय जनकपुरधाममा चलिरहेको छ । गोष्ठी सभाहरु दैनिकजसाे भइरहेको छ । प्रदेश सरकार स्थानीय तहका कार्यक्रम भइरहँदा कसैले रोक्न भनिरहेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

epaper

ताजा समाचार

सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणमा सशस्त्र प्रहरी