बारा । पूर्व राजपरिवार सिघ्र स्वास्थ्यको लागि गढिमाईमा पुजा अर्चना गरिएको छ । विहिवार बाराको गढिमाइ मन्दिरमा राजा सर्मथकहरुले राजा रानीको सिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।
वैद्धिकमन्त्रद्धारा गढिमाई मन्दिरको मुल पुजारी मंगल चौधरीले राजाको सुस्वास्थ्यको लागि माता गढिमाईमा पुजा गरेका थिए । करिव एक घण्टा सम्म चलेको विशेष पुजामा राजा सर्मथकहरुले गढिमाईमा पुजा अर्चना, होम र आरती समेत गरेका थिए ।
पूर्व राजपरिवारको स्वास्थ्यको लाभको लागि विश्व प्रसिद्ध गढिमाई मन्दिरमा पुजा गर्न आएको राजा सर्मथक शिवजि शाहले जानकारी दिए । कोरोनालाई छिटै परास्त गरि पुन जनताको सेवामा फर्किने मातासँग कामना गरेको शाह बताउछन् ।
वैशाख ५ गते भारत भ्रमण सकाएर नेपाल फर्केका पूर्व राजा ज्ञानेन्द्र विर विक्रम शाह र पुर्वरानी कोमल राज्यलक्ष्मी देवि शाह र छोरी प्रेरणा शाहमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमित भएपछि थापाथली स्थित नर्भिक अस्पतालमा उनीहरुको उपचार भईरहेको छ ।
पस्र्व राजा शाहको अवस्था अहिले समान्य हुदै गएको राजा सर्मथक ब्रिजकिशोर साहले जानकारी गराएका छन् । पूर्व रानीको श्वासप्रवासमा अलि समस्या देखिएकोले उनको उपचारको लागि आईसियुमा राखिएको सर्मथक साहले जानकारी गराए । पुर्व रानीमा अक्सिजनको कमि दखिएकोले उनलाई अक्सिजन प्रदान गरिरहेको उनले बताए ।
भारत भ्रमणमा रहेका बेला पूर्व राजा साहले उत्तराखण्डस्थित हरिद्वारको महाकुम्भ मेलाम शाही स्नान गरेका थिए । दिल्लीमा विशिष्ट व्यक्तित्वसँग भेटघाट योग गुरु रामदेव बाबासँग योग ’bout छलफल समेत गरेका थिए ।






