ग्रामीण पर्यटनमा कोरोनाको प्रभाव

पर्यटन शब्दको कुरा गर्दा फ्रेन्च शब्द टुरिजमबाट उत्पत्ति भएको हो । सामान्य अर्थमा भन्ने हो भने पर्यटन पर्यटकको माध्यमबाट सञ्चालन गरिने व्यवसाय हो । यो व्यावसायिक रूपमा सञ्चालन हुन्छ । पर्यटकहरूले आफ्नो आनन्द र मनोरञ्जनका लागि पैसा खर्च गर्न तयार हुन्छन् । पर्यटन मुख्य रूपमा तीन आधारबाट तयार हुन्छ । (१) यातायात (२) स्थान विशेष (३) सर्वसुविधा । पर्यटन त्यस्तो विषयमा मात्र सम्बन्धित गरिएको छ जो घरबाहिर स्वदेश वा विदेशमा छोटो अवधिका लागि यात्रा गर्छ र उसले कमाउने उद्देश्य नराखी मनोरञ्जन, स्वास्थ्य, अध्ययन वा अन्य भिन्न परिवेशको अनुभव बटुल्छ ।

पर्यटन के हो ? भन्ने सम्बन्धमा सर्वप्रथम परिभाषा दिने काम सन् १९१० मा अस्ट्रियन अर्थशास्त्री हरम्यानन वन स्कुलाडले गरे । पर्यटन भन्नाले ‘कुनै पनि निश्चित राष्ट्र, सहर वा क्षेत्रभित्र र बाहिर विदेशीको बसोबास, आवातजावत र प्रवेश आर्थिक प्रकृतिसँग प्रत्यक्ष सरोकार राख्ने सम्पूर्ण कार्यक्रम हो ।

पर्यटन प्राचीनकालदेखि नै मानवको लोकप्रिय विषयका रूपमा रहेको छ । मानिस सभ्यताको सुरुवातदेखि नै टाढाटाढासम्म यात्रा गर्दै आइरहेको छ । प्राचीन कालमा सबैभन्दा पहिले भ्रमणका लागि निक्लने यात्रीहरूमा फोनेसियनहरूको नाम लिन सकिन्छ । आधुनिक युगमा यिनीहरू नै प्रथम पर्यटकका रूपमा थिए । कुकलगायत कयौं यात्रीहरूको प्रयासलाई मध्यनजर राख्दै १८औं शताब्दीलाई यात्राको सुनौलो युग मानिएको छ । खासगरी सन् १९६३ देखि सन् १९७३ सम्मको ३० वर्षको अवधिमा यात्राको क्षेत्रमा भएको प्रगति उल्लेखनीय मानिन्छ । १९औं शताब्दीको पहिलो ५० वर्षमा विश्वमा ठूलो वैज्ञानिक र प्राविधिक उन्नति भयो । २०औं शताब्दीको प्रारम्भसँगै पर्यटनका सम्पूर्ण अवयवहरूमा आमूल परिवर्तनको स्थिति सिर्जना हुन्छ ।

नेपालमा गगनचुम्बी चुचुरा, सांस्कृतिक र धार्मिक संयोजनको कारण विश्वका विभिन्न मुलुकहरूबाट बढ्दो मात्रामा पर्यटक आकर्षित भइरहेका छन् । विश्वका उच्च हिमशिखरको आरोहण गर्नेदेखि लिएर मानसिक शान्ति प्राप्त गर्न, विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल हेर्न तथा अन्य विभिन्न उद्देश्यले यहाँ आउने पर्यटकहरूको संख्यामा प्रतिवर्ष वृद्धि भएबाट आर्जित विदेशी मुद्राको परिमाणमा पनि वृद्धि भइरहेको पाइन्छ ।

प्राकृतिक सौन्दर्य, अनुपम संस्कृति, अतुलनीय सांस्कृतिक सम्पदा र अनगिन्ती विशिष्टता पर्यटकीय स्थलका कारणले नेपाल पर्यटकका लागि प्रमुख गन्तव्य स्थलका रूपमा अन्तर्राष्ट्रिय जगतमा प्रचलित छ । ग्रामीणमुखी पर्यटन क्षेत्र विस्तार भएमा ती क्षेत्रमा रोजगारीका नयाँ अवसर सिर्जना हुने र यसबाट ग्रामीण जीवनस्तरमा वृद्धि हुन गई क्षेत्रीय सन्तुलन कायम राख्न तथा गरिबी निवारण गर्न पनि मद्दत पुग्न जान्छ । जति त्यस्ता नयाँ ठाउँको प्रयोग गर्न सकियो त्यति नै त्यस क्षेत्रका बासिन्दाले पर्यटनबाट लाभ प्राप्त हासिल गर्नेछन् । पर्यटकले ग्रामीण क्षेत्रका स्थानीय तहमा उपलब्ध सेवा र सुविधाको उपभोग गर्ने हुँदा अर्ध दक्ष तथा अदक्ष कामदारले समेत काम पाउँछन् । स्थानीय कला सीप तथा संस्कृति जगेर्ना हुन्छ र समाजका तल्लो स्तरका समुदायसमेत लाभका हिस्सेदार हुनेछन् । यसबाट महिला तथा पिछडिएका वर्गले समेत प्रत्यक्ष लाभ लिन सक्नेछन् ।

ग्रामीण पर्यटनको विकासले बेरोजगारीको समस्या हल गर्न सकिन्छ

नेपालको ग्रामीण क्षेत्रमा जनसंख्या वृद्धि दर उच्च रहेको छ । तर, रोजगारीका अवसर भने सिर्जना गर्न सकेको छैन । ग्रामीण पर्यटनको विकासले ग्रामीण बेरोजगारी समस्या हल गर्न सकिन्छ । ग्रामीण क्षेत्रसम्म पर्यटक घुम्न जाँदा लज, होटेल व्यवसायको विकास हुन्छ । अर्को कुरा ग्रामीण क्षेत्रमा पर्यटनको विकास भएमा प्राकृतिक स्रोतहरूको अध्ययन, अनुसन्धान र परिचालन गराउन मद्दत पुग्न जानेछ । ग्रामीण क्षेत्रमा अव्यवस्थित तथा छरिएर रहेका विभिन्न साधन र स्रोतको प्रयोग हुन सक्छन् जसले गर्दा आय आर्जन गर्नमा सहयोग गर्छ । ग्रामीण पर्यटनको विकास गर्दा गाउँका मानिसबीच सामाजिक अन्तत्र्रिmया बढ्छ । आधुनिक समाजको निर्माणका लागि यसमा सुधार ल्याउनु आवश्यक छ । परम्परागत समाज र आधुनिक समाजका भिन्नता समाज परिवर्तनको आवश्यकता’bout स्थानीयले जान्ने बुझ्ने अवसर पाउँदछन् जसले गर्दा ग्रामीण क्षेत्रमा बस्ने मानिसहरूको ज्ञानमा वृद्धि हुन्छ ।

यसका साथसाथै ग्रामीण पर्यटनको विकासले गर्दा ग्रामीण बजारको विकासमा मद्दत पु¥याउँछ र पर्यटकहरूले ग्रामीण उत्पादन कलात्मक वस्तु किन्ने हुँदा त्यसका उत्पादनले आफ्ना उत्पादनको बजार प्राप्त गर्ने मौका पाउँछन् । ग्रामीण पर्यटनको विकास भएमा यातायात तथा सञ्चारको पनि विकास हुन जाने सम्भावना बढ्छ । धार्मिक, प्राकृतिक सम्पदासम्म पुग्नका लागि सडकको साथसाथै अरू यातायात साधनको संख्या पनि क्रमशः बढ्दै जान्छ । यसले गर्दा ग्रामीण क्षेत्र र सहरी क्षेत्रको दूरी क्रमशः घट्दै जान्छ । ग्रामीण पर्यटनको विकासले गर्दा ग्रामीण क्षेत्रमा विद्यमान आर्थिक तथा सांस्कृतिक सम्पदाको अध्ययन भई अनुसन्धान गर्ने कार्यमा समेत थप सहयोग पुग्दछ । ग्रामीण पर्यटनको विकासले गर्दा ग्रामीण क्षेत्रमा रहने मानिसहरूको आम्दानीको स्रोत पनि बढ्छ ।

नेपाल अधिराज्यमा ग्रामीण पर्यटन उद्योगको विकास योजनाबद्ध तरिकाबाट गर्नुपर्ने आवश्यकतामा निकै जोड दिइएको छ । नेपालमा चालू व्यवस्थित उद्योगमध्ये यो पर्यटन उद्योग पनि धेरै महत्वपूर्ण सिद्ध भएको छ । देशमा पर्यटन उद्योगको विकासले विभिन्न देशका मानिसबीच विचारको आदान–प्रदान गर्ने मौका प्राप्त हुन्छ । देशवासीको बाहिरी संसारसँग सम्बन्ध बढ्छ र उनीहरू पनि अरू देशको शिक्षा, संस्कृति, सभ्यता आदिसँग परिचित हुन पाउँछन् । पर्यटनको विकासबाट नेपालको कलाकौशलमा प्रगति हुन्छ । पर्यटकहरूले कलाका चिज खरिद गर्नाले उद्योगहरूको विकासमा ठूलो सहायता हुनेछ । कलाका क्षेत्रमा नेपाली कलाकार प्राचीनकालदेखि नै विश्वभर प्रख्यात छन् ।

पर्यटन उद्योगको विकास भएमा केही मात्रामा भए पनि रोजगारी दिने कार्य गर्छ । शिक्षित बेरोजगार पर्यटकलाई बाटो देखाउने काम गर्न पाउँछन् जसले गर्दा रोजगारीको मात्रामा वृद्धि हुन्छ । नेपालमा पर्यटन क्षेत्रबाट आज करिब प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरी ५० हजारभन्दा बढी व्यक्तिले रोजगारी पाएका छन् । यस क्षेत्रमा नेपालको अर्थ व्यवस्थामा ठूलो भूमिका रहन गएको छ । ग्रामीण पर्यटन उद्योगको विकासबाट देशमा विभिन्न प्रकारका घरेलु तथा साना उद्योगहरूको विकासमा योगदान पुगेको छ । पर्यटकहरूले खरिद गर्ने खालका वस्तु उत्पादन गर्ने उद्योग धातुका सामान बनाउने, काठका सामान बनाउने, कागजका घरेलु उद्योगहरूको विकासमा पर्यटन व्यवसायले ठूलो योगदान पु¥याउँछ ।

पर्यटन उद्योगको विकासबाट देशमा नयाँ–नयाँ प्रविधि र सीपको विकास हुन जान्छ । विदेशी प्रविधि, सीप र पुँजीको आयात विदेशी उद्योगपतिहरूको आगमनबाट हुन्छ भने यात्रुहरू प्रशस्त मात्रामा आवतजावत गर्ने भएमा देशको तीर्थस्थल, सांस्कृतिक र ऐतिहासिक स्थल र प्राकृतिक दर्शनीय स्थल र आन्तरिक बजारको विकास हुन्छ । पर्यटकहरूले स्वदेशी वस्तु खपत गर्नुले वाणिज्य र व्यापारको विकासमा धेरै योगदान पु¥याउने गर्छ । नेपालमा पर्यटन उद्योगको विकास भएमा दुर्गम क्षेत्रको विकास हुन्छ । दुर्गम क्षेत्रमा भएको पर्यटकीय स्थलहरूको विकास हुन्छ । दुर्गम क्षेत्रमा पनि विभिन्न पर्यटकहरूको भ्रमण भएपछि स्थानीय बजारको विकास हुन्छ । स्थानीय व्यक्तिहरूले रोजगारी पाउँछन् र स्थानीय साधनको विकास हुन जान्छ ।

ग्रामीण क्षेत्रमा पर्यटनको विकास भएमा प्राकृतिक स्रोतहरूको अध्ययन, अनुसन्धान र परिचालनमा मद्दत पुग्छ

आर्थिक वर्ष २०७५-७६ मा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबाट शैक्षिक कोषतर्फ ४ सय २० जना र अन्य तालिमतर्पm २ हजार ५ सय ३९ जनशक्ति थप भएको छ । यसैगरी, नेपाल पर्वतीय शैक्षिक कोर्ष अध्ययनरत छन् भने ८ सय ५७ व्यक्तिलाई पर्यटनसँग सम्बन्धित विभिन्न विधामा तालिम दिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा तारास्तरको होटल संख्या १ सय २९ रहेकामा आर्थिक वर्ष २०७६-७७ को फागुनसम्मको अवधिमा ९ थप भई हालसम्म सो संख्या १ सय ३८ पुगेको छ । होटल, लज तथा रिर्सोटको संख्या आर्थिक वर्ष २०७५-७६ मा २९ हजार ७ सय १० रहेकामा आर्थिक वर्ष २०७६-७७ को फागुनसम्ममा १ हजार ८९ थप भई ३० हजार ७ सय ९९ पुगेको छ । आर्थिक वर्ष २०७५-७६ सम्ममा पर्यटन विभागमा दर्ता भएका ३ सय २४ सामुदायिक होमस्टेमा १ हजार बेड सञ्चालनमा रहेकोमा आर्थिक वर्ष २०७६-७७ को फागुनसम्म ३ सय ८९ सामुदायिक होमस्टेमा १ हजार ८८ बेड सञ्चालनमा रहेका छन् । आर्थिक वर्ष २०७५-७६ मा ३ हजार ५ सय ८ टाभल एजेन्सी दर्ता भएकामा आर्थिक वर्ष २०७६-७७ फागुनसम्ममा दर्ता भएकामा आर्थिक वर्ष २०७६÷७७ फागुनसम्ममा १ सय ७२ थप भई ३ हजार ६ सय ८० पुगेको छ ।

आर्थिक वर्ष २०७५-७६ मा २ हजार ६ सय ४९ टेकिङ एजेन्सी दर्ता भएकोमा आर्थिक वर्ष २०७६-७७ फागुनसम्म १ सय १५ थप भई २ हजार ७ सय ६४ पुगेको छ । आर्थिक वर्ष २०७५-७६ मा ७३ रयापिटङ एजेन्सी दर्ता भएकामा २०७६-७७ फागुनसम्ममा ८ सय थप भई ८१ पुगेको छ । आर्थिक वर्ष २०७५ २०७६-७७ पर्यटक यातायात सेवा व्यवसाय दर्ता भएकामा आर्थिक वर्ष २०७६-७७ मा ५ थप भई ८२ पुगेको छ । आर्थिक वर्ष २०७५-७६ सम्ममा ४ हजार १ सय २६ टुर गाइड अनुमतिपत्र जारी गरेकामा आर्थिक वर्ष २०७६-७७ को फागुनसम्ममा ७४ थप भई ४ हजार २ सय पुगेको छ । आर्थिक वर्ष २०७५-७६ मा १६ हजार २ सय ४८ ट्रेकिङ गाइड अनुमतिपत्र जारी गरेकामा आर्थिक वर्ष २०७६-७७ फागुनसम्ममा १ हजार ३ सय ७७ थप भई १७ हजार ६ सय २५ पुगेको छ ।

ग्रामीण पर्यटनको विकासमार्फत औसत गरिबीको रेखामुनि बाँचिरहेको नेपाली जनताले आर्थिक फड्को मार्ने थियो । पसल खोलेर, रिसोर्ट र रेस्टुरेन्टको स्थापना गरेर, गाइडिङ गरेरलगायत अनेकौं आय आर्जनका कार्यमार्फत गाउँका मानिसले आयआर्जनका कार्यमार्फत गाउँका मान्छेले आय गर्न सक्छन् । यसरी गाउँको आयस्तर मात्र वृद्धि हुँदैन, पुँजी निर्माण पनि हुन्छ । पर्यटकको नियमित भ्रमणले गाउँका जनतामा चेतनाको विकास हुन्छ । एवं उनीहरू पर्यटकले बोल्ने भाषा, व्यवहार र उनीहरूको खाना’bout जानकार हुन्छन् । ग्रामीण जनताको यथास्थितिवादमा परिवर्तन हुन्छ र उनीहरू गेयात्मक हुन्छन् । विस्तारै जाति विभेद, छुवाछुत, छाउपडीजस्ता सामाजिक कुरीति समाप्त हुन्छ र समाजले काँचुली फेर्छ । सांस्कृतिक आदानप्रदान विभिन्न संस्कृति र सम्प्रदायका व्यक्ति पर्यटकका रूपमा गाउँमा आउँदा गाउँका जनताले नयाँ व्यक्तिको रहनसहन र नयाँ व्यक्तिले गाउँको रहनसहनको आदानप्रदान गर्छन् जसबाट विश्व नै एउटा गाउँ बन्न जान्छ । यसरी आफ्नो र अर्कोको संस्कृतिका सबल र दुर्बल पक्ष केलाउनसमेत मद्दत पुग्छ । ग्रामीण विपन्नता देखेर आन्तरिक र बाह्य पर्यटकले विभिन्न संघसंस्थामार्फत आर्थिक विकासका योजनामा लगानी प्रवद्र्धन गर्छन् । यस्ता उदाहरण पहिले पनि प्रशस्त देखिएका छन् । यसरी विकासको नयाँ ढोका खोल्न र आर्थिक उन्नति गर्न ग्रामीण पर्यटनले सहयोग गर्छ ।

हाडा भक्तपुर बहुमुखी क्याम्पस  सहप्राध्यापक हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 261 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम