Friday, June 18, 2021
Home प्रदेश प्रदेश ४ स्याङजामा प्रादेशिक शिक्षा नीति सुझाव संकलन

स्याङजामा प्रादेशिक शिक्षा नीति सुझाव संकलन

श्रीकृष्ण सिग्देल,

स्याङ्जा । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको अयोजना तथा शिक्षा विकास तथा समन्वय इकाई स्याङजाको संयोजन तथा प्रादेशिक शिक्षा नीति तर्जुमा सम्बन्ध सुझाव संकलनका लागि कार्यशाला गोष्ठी भएको छ ।

गोष्ठीमा बोल्दै जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दासले पेशाको सम्मान सेवा सुबिधा र निशुल्क सेवालाई नितिमै उल्लेख गर्नुपर्ने बताइन् । शिक्षा क्षेत्रका सुधारका लागि ब्यवहारिक र नैतिक शिक्षामा जोड दिनुपर्ने बताउदै गरिब तथा विपन्न परिवारलाई नाम मात्रको होइन आवश्यकता अनुरुपका छात्रवृत्ती उपलब्ध गराउनु पर्ने सुन्दासको जोड छ ।

कार्यक्रममा पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, स्थानीय समन्वय अधिकारी ऋषि आचार्य लगायतले सबैलाई स्वीकार्य र सम्मान योग्य रहने ऐन निर्माण गर्नुपर्नेमा सुझाव दिए ।
नेपाल शिक्षक संघका सभापति लक्ष्मीप्रसाद रेग्मी, शिक्षक संगठनका अध्यक्ष हिमलाल ढकाल, एकिकृत अखिल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष अमृत खनाल, शिक्षक महासंघका उपाध्यक्ष बन्दना लम्साल, प्रधानाध्यापक ओमप्रकाश शर्मा र मुक्तिप्रसाद रेग्मी, शाखा अधिकृत प्रकाश अर्याल, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षत्रय गोबिन्दप्रसाद कर्माचार्य, भूमिजंग केसी र खुमकान्त खनाल, स्याङजा जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्याक्ष हिक्मत श्रेष्ठ, सूर्योदय क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठ, दलित संघका अध्यक्ष लीलबहादुर रनपाल, अभिभावक लिला नेपाली, बिद्यार्थी लगायतले शैक्षिक गुणस्तर बृद्धिका लागि संघीय सरकारको नियन्त्रणमा रहनेगरी शिक्षा ऐन बनाउन सुझाव दिएका थिए ।

शिक्षक नियुक्त गर्दा संवैधानिक शिक्षा आयोग मार्फत गर्नुपर्ने, माध्यमिक तहसम्मका लागि लोकसेवा आयोगबाट सिफारिस गरिएका लेखापाल र प्राथमिक तहसम्मका लागि खरिदार सरहका सहलेखापालको ब्यवस्था गर्नुपर्ने, प्रधानाध्यापकलाई स्वयत्तता दिनुपर्ने, प्राबिधिक शिक्षा निशुल्क बनाइनुपर्र्नेे, एक कक्षा एक शिक्षकको ब्यवस्था हुनुपर्ने, शिक्षक दरबन्दी स्वीकृत गरेर मात्र माथिल्लो कक्षाको स्वीकृती दिनुपर्ने, राजनैतिक हस्तक्षेपवाट मुक्त राख्नुपर्ने लगायतका सुझाव दिइएका छन् ।

कार्यक्रममा पूर्व शिक्षा सचिव एवं प्रादेशिक शिक्षा नीति तर्जुमा सुझाव संकलन कार्यदलका संयोजक डा. महाश्रम शर्मा, सदस्य अग्नीप्रसाद काफलेले र सामाजिक विकास मन्त्रालयका उपसचिव तोयानाथ लम्सालले कार्यपत्र सहित सहजीकरण गरेका थिए । जिसस प्रमुख सुन्दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यदलका संयोजक डा. शर्माले स्वागत एवं शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख गुरुप्रसाद पौडेलले संचालन गरेका थिए ।

(Visited 47 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

आरआरआरमा आलियाले पाइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

  मुम्बई । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ आम दर्शकका लागि चासोको विषय बनेको छ । कोरोना संक्रमणले फिल्मको सुटिङमै अवरोध भएपछि फिल्म कहिले...

महर्जन एरोविक टिटिको ब्रान्ड एम्बेसडर

काठमाडौं । पूर्व अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लन्डनस्थित एरोविक टेबल टेनिसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । एरोविकले महर्जनलाई ३...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

साताका लोकप्रिय समाचार

पलेसाले पाराओलम्पिक खेल्ने पक्का

काठमाडौं । नेपाली पारातेक्वान्दो खेलाडी पलेसा गोवर्धनले टोकियो पाराओलम्पिक गेम्स २०२० खेल्ने पक्का भएको छ । नेपाल तेक्वान्दो संघले विज्ञप्ति जारी गर्दै पलेसाले वाइल्डकार्डमार्फत...

विद्यालय तहमा आजदेखि नयाँ शैक्षिक सत्र सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । कोरोना महामारीका कारण गतवर्षदेखि नै समय ब्यवस्थापन प्रभावित हुँदै आएको थियो । यही कारण...

प्रधानमन्त्री ओलीलाई हत्या गर्ने धम्की !

काठमाडौं । नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले...

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

ट्रेन्डिङ

अब सवारी पासको निवेदन इमेलमार्फत, यसअघिको सात दिने पास मान्य

काठमाडौँ । काठमाडौँ उपत्यकामा यसअघि लिइएको एक साता बढी अवधिका सवारी पासले थपिएको बन्दाबन्दीमा मान्यता पाउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार...

गुडिरहेको मोटरसाइकलमै बाघको आक्रमण, मोटरसाइकलमा सवार महिला वेपत्ता

बर्दिया । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा रहेकी महिलालाई पाटेबाघले झम्टेर लगेको छ ।...

बाटुलचौरमा जातीय विभेद घटनामा पक्राउ परेका तीनै जना धरौटीमा रिहा

पोखरा । जातीय विभेद आरोपमा पक्राउ परेका तीन जनालाई बुधबार जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । जिल्ला अदालत कास्कीका अधिवक्ता दण्डपाणि...

बाँकेका पहिलो संक्रमितको पुनःपरीक्षण पोजेटिभ

कोहलपुर । बाँके जिल्लाको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजेटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको...

वर्षाका कारण सात राष्ट्रिय राजमार्गमा असर, चार राजमार्ग ठप्प

काठमाडौँ । अविरल वर्षासहित बाढीपहिरोका कारण देशभरका सात राष्ट्रिय राजमार्गमा सडक आवागमनमा असर पुगेको छ । तीमध्ये चार राजमार्गमा बढी क्षति पुगेको छ ।...

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ पुरुष र ४ जना महिला रहेका छन्...

गण्डकीमा कोरोनाबाट ज्यान गुमाउने १७० पुगे

पोखरा । पोखरामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गएको २४ घण्टामा मृत्यु हुनेमा २ महिला र २ पुरुष छन् ।...

भालुवाङ क्षेत्रको भूकम्पीय जोखिमको मापन

तुलसीपुर । लुम्बीनी प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रको भूकम्पीय जोखिम मापन गरिएको छ । त्रिभुवन विश्व विद्यालय भूगर्व शास्त्र केन्द्रिय विभागद्धारा राप्ती गाउँपालिका क्षेत्र,...

भँगेरा भँगेरी बने जीवेश र सुनिसा

काठमाडौं । हास्य कलाकार तथा गायक जीवेशसिंह गुरुङ र कलाकार सुनिसा बजगाईं भँगेरा र भँगेरी बनेको छन् । एलिना चौहानसँग जीवेश गुरुङले गाएको गीत...

प्रधानमन्त्री ओलीले दिए उपचारमा संलग्न चिकित्सकलाई बधाई

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिएका छन् । आज ट्वीट गर्दै उनले कोरोना भाइरसबाट...

समाचारकाे विषयमा गाउँपालिका अध्यक्षको धम्किप्रति संघको ध्यानाकर्षण

  काठमाडौं । प्रकाशित समाचारको विषयलाई लिएर नुवाकोट जिल्लास्थित पञ्चकन्या गाउँकालिकाका अध्यक्ष तेजबहादुर तामाङले समाचार प्रकाशन प्रसारण गर्ने संचारमाध्यम र सोमा कार्यरत पत्रकारलाई दिएको धम्कीप्रति...

काँग्रेसमा क्रियाशील सदस्यता धमाधम वितरण गरिँदै

काठमाडौं । नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको कामलाई तीव्र बनाएको छ । पार्टी विधानले तोकेको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)