Sunday, June 13, 2021
Home Not-to-be-missed शीर्ष चारमा काठमाडौंको सम्भावना जीवितै

शीर्ष चारमा काठमाडौंको सम्भावना जीवितै

राजधानी समाचारदाता,

काठमाडौं । विदेशी खेलाडी स्टेफन विनोङ समीरको एक मात्र गोलमा काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा बुटवल लुम्बिनीलाई १–० ले पराजित गर्दै शीर्ष चारमा पर्ने सम्भावनालाई जीवितै राखेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको चौथो मिनेटमा तेज तामाङको क्रस पासलाई स्टेफन विनोङ समीरको हेडरलाई गोलरक्षक विशाल श्रेष्ठले गोललाइनबाट बचाउँदा अग्रता लिन चुकेको काठमाडौंले पाँचांै मिनेटमा अग्रता लिएको हो ।

पाँचांै मिनेटमा तेज तामाङले सेन्टर लाइनबाट दिएको लामो पासमा गोलरक्षक अघि बढेको अवस्थामा गोल गर्दै काठमाडौं रेजर्सलाई १–० को अग्रता दिलाए । गोल लाइनबाट मानबहादुर परियारले बचाउने प्रयास गरे पनि सफल हुन सकेनन् । लगत्तै छैटौं मिनेटमा सुमन लामाले लगेको बलमा विश्वास श्रेष्ठले लडाएपछि रेफ्री कविन व्यन्जनकारले बुटवल लुम्बिनीलाई पेनाल्टी प्रदान गरेको थियो । तर, विलियन ओपोकु एसेइडुको पेनाल्टीलाई काठमाडौंका कप्तान तथा मार्की खेलाडी विकेश कुथुले बचाउँदै बराबरी टारे ।

१३औं मिनेटमा मेसौके ओलुमोउको प्रहारलाई विशाल श्रेष्ठले दोस्रो प्रयासमा नियन्त्रणमा लिन सफल भए । १८औं मिनेटमा कर्नराट आएको बलमा छिरिङ गुरुङको प्रहार डिफेन्डरले ब्लक गरे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सुदिल राईको पासमा आशीष राईको पेनाल्टी बक्सबाहिरको प्रहार क्रसबारमा लागेर फर्कंदा काठमाडौं अग्रता दोब्बर पार्नबाट चुक्यो ।

५३औं मिनेटमा विश्वास श्रेष्ठको क्रस पासलाई बुटवल लुम्बिनीका गोलरक्षक विशाल श्रेष्ठले मुस्किलले बचाए । ६४औं मिनेटमा आशीष लामाको प्रहार पोस्टबाट थोरै बाहिरिँदा बुटवल लुम्बिनी बराबरीबाट चुक्यो । काठमाडौं रेजर्सका सुदिल राई इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । काठमाडौंकै मार्की खेलाडी तथा गोलरक्षक विकेश कुथु प्लेय अफ दि म्याच चुनिए । उनले २५ हजार रुपैयाँ हात पारे ।

जितपछि काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले बुटवल लुम्बिनीविरुद्धको खेल डु अर डाईमा रहँदा जित्नै पर्ने दबाबमा खेल्दा जित हात पार्न सकिएको र ३ अंकमा खुसी रहेको बताए । उनले प्ले अफमा पुगेको अवस्थामा फिनिसिङलाई थप सुधार गर्दै लैजाने बताए । बुटवल लुम्बिनीका प्रशिक्षक सनोज श्रेष्ठले सुरुवाती गोल खाँदा र डोमिनेट भएर खेल्नुपर्दा हार बेहोर्न पुगेको बताए ।

जितपछि काठमाडौं चार खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको धनगढी एफसी र विराटनगर सिटी एफसीसँग समान ७ अंक भए पनि काठमाडौं गोलअन्तरमा पछि परेको हो । पराजित बुटवल लुम्बिनी ४ खेलबाट ५ अंक जोडेर चौथो स्थानमा झरेको छ । पोखरा थन्डर्स ५ अंक जोडेर पाँचांै स्थानमा रहेको छ । ललितपुर ३ अंक जोडेर छैटौं तथा चितवन २ अंक जोडेर पुछारमा छ । ललितपुर र चितवनको शीर्ष चारमा पर्ने सम्भावना न्यून छ । लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले फाइनल प्रवेशका लागि २८ वैशाखमा खेल्नेछन् ।

यस खेलमा पराजित हुने टोलीले २९ वैशाखमा तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० वैशाखमा खेल्ने छन् । फाइनल १ जेठमा हुनेछ । लिगमा बुधबार धनगढी एफसी र पोखरा थन्डर्सबीच साँझ ५ः३० बजे प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् ।

व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैयाँ हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

(Visited 55 times, 1 visits today)
Loading comments...

आजको समाचार

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

साताका लोकप्रिय समाचार

खेतमा खनेको पोखरीमा डुबेर पाँच बालबालिकाको मृत्यु

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनियाको लक्ष्मीपुरमा ५ जना बालिकाको डुबेर मृत्यु भएको छ । स्थानीय हुलास यादवको खेतमा खनेको पोखरीमा डुबेर बालिकाको मृत्यु भएको...

युरोकपः इटलीको सानदार सुरुवात

रोम । इटालीले युरोकप फुटबलमा सानदार सुरुवात गरेको छ । इटालीको रोममा गएराति भएको उद्घाटन खेलमा घरेलु टोलीले टर्कीलाई ३–० ले हरायो । इटालीको...

मुख्यमन्त्रीलाई बधाई दिँदै भीम रावलले भने ‘विधि पद्दति मिच्नेहरुले शिक्षा लिने कि ?’

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेशमा विश्वासको मत लिन सफल भएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई दिएका छन्। ‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत...

४३४४ जनामा संक्रमण पुष्टि, ८१ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ४३४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०७४ पीसीआर परीक्षणमा ३४४९...

प्रदेश प्रमुखकाे निवास अगाडी विपक्षी गठबन्धनकाे धर्ना

  पाेखरा ।  नयाँ सरकार गठनका लागि  बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरे पनि मुख्यमन्त्रीमा नियुक्त नगरिएको भन्दै विपक्षी गठबन्धनका ३१ सांसद अहिले गण्डकी प्रदेश...

ट्रेन्डिङ

अक्सिजन, आईसीयू बेड र खोपको व्यवस्था गर्न देउवाकाे आग्रह

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारी रोकथामका लागि तत्काल अक्सिजन, आईसीयू बेड र खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार...

चीनलाई कोरोना आक्षेप

भाइरसको उत्पत्तिलाई लिएर विभिन्न पत्रपत्रिका, टिभी च्यानल, सोसल मिडिया मात्र होइन, सामाजका विभिन्न जमात तथा जिम्मेवार नेता र पदाधिकारीहरू चीन लक्षित दोष देखाएर मजाले...

निजी वित्तीय संस्थाले गडबढी गरे राष्ट्र बैंकमा उजुरी गर्न सकिने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबारेमा कुनै गुनासो या समस्या भएमा सिधै नेपाल राष्ट्र बैंकमा उजुरी गर्न सकिने गरी पहिलोपटक कार्यविधि आएको छ ।...

इटहरीमा श्रीमान, श्रीमती मृत भेटिए

  इटहरी । भनिन्छ, मृत्यु अनिश्चित छ । कहाँ, कतिबेला, कसरी मानिसको मृत्यु हुन्छ ? यसको उत्तर सायदै नभेटिएला । इटहरीमा शनिबार यस्तै घटना भएको छ...

बहुमतको हस्ताक्षरलाई राष्ट्रपतिले अस्वीकार गर्ने आधार छैन : शम्भु थापा

काठमाडाैं ।  संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन विरूद्ध  बहस सुरू भएकाे छ । वरिष्ठ अधिवक्ता शम्भु थापाले  संविधनाकाे  धारा ७६(५) अनुसार शेरबहादुर देउवालाइ  प्रधानमन्त्री   नियुक्तिका...

परिवार नियोजनका स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री

सप्तरी, राजविराज । कोरोना माहामारीको त्रास मनमा बोकेर क्लिनिकमा काम गर्ने नेपाल परिवार नियोजन शाखा सप्तरीका स्वास्थ्यकर्मीहरुलाई एक गैर सरकारी संस्थाले व्यक्तिगत सुरक्षा सामाग्री...

अवस्था डरलाग्दो, संक्रमित एक लाख नाघे

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ । योसँगै संक्रमणको अवस्था डरलाग्दो बनेको छ । शुक्रबार देशभर २ हजार ५९...

कोरोना महामारी र सुदूरपश्चिम

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी अर्थात् जन्म दिने आमा र जन्मेको ठाउँ स्वर्गभन्दा पनि ठूला हुन् । भनिन्छ, भगवान् सबभन्दा ठूला हुन् । तर, हामीले...

नेकपा कार्यदल निष्कर्ष : यथास्थितिमा एमसीसी असम्भव

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न गठन गरेको कार्यदलले पार्टीलाई बुझाएको प्रतिवेदनमा यथास्थितिमा एमसीसी पारित नगर्न सुझाव...

साउथह्याम्पटनसँग लिभरपुल स्तब्ध

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल साउथह्याम्पटनसँग स्तब्ध भएको छ । गएराति भएको खेलमा साउथह्याम्पटनसँग १(० गोल अन्तरले पराजित भएपछि लिभरपुल...

सुस्त कर्मचारीतन्त्रका कारण सरकारको साख गिर्दो

स्थायी सरकारको रूपमा रहेको कर्मचारी प्रशासनले प्रभावकारी रूपमा काम गर्न नसक्दा सिंगो सरकारको साख गिर्ने काम भइरहेको छ । सरकारको नीति योजना र कार्यक्रमलाई...

जव टेकुमा रहेको फोहोरको थुप्रोमा आगो लाग्यो (फोटोफिचर)

काठमाडौं । काठमाडौं उपत्यकामा उत्पादित फोहोर जम्मा गरेर राखेको ठाउँमा बिहिवार दिउसो आगलागि भयो । काठमाडौंका विभिन्न स्थानमा जम्मा भएको फोहोरलाई टेकु स्थित विष्णुमति...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)