महेन्द्रनगर । सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत थरुहट र थारुवान राष्ट्रिय मोर्चाले सरकारलाई दबाब दिन आज र भोली कञ्चनपुर र कैलालीसहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीका अनुसार अहिले बन्दको आशिंका प्रभाव देखिएको छ । महेन्द्रनगर, धनगढी सहित विभिन्न क्षेत्रमा बजार आशिंक रुपमा खुलेको छ । अत्यावश्यक सेवा बाहेक यातायात, बजार, विद्यालय सबै बन्द गरिएको छ । ‘आमहड्तालको क्रममा कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय, शिक्षण संस्था लगायत यातायातका साधन पूर्ण रुपमा बन्द रहेका छन् ।
यस्तै सोमवार बेलुका कञ्चनपुरको बेदकोट नगरपालिका सिसैयाबाट आन्दोलनरत पक्षका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मसाल जुलुश निकाल्ने क्रममा सिसैयाका २२ वर्षीय सञ्जय रानालाई नियन्त्रणमा लिइएको डिएसपी पौडेलले बताए । थरुहट/थारुवान राष्ट्रिय मोर्चाले पक्राउ परेका रानाको फिर्ता सर्त रिहाइको माग समेत गरेको छ ।
बन्दको आशिंका प्रभाव देखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रविन्द्र पौडेलले बताए । ‘महेन्द्रनगर बाट अन्यत्रका लागि सवारी साधन नछुटेपनि अन्यत्रबाट फिर्ता आउने क्रम भने जारी छ । छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।’ डिएसपी पौडेलले भने, ‘सुरक्षा व्यवस्था कडा पारिएको छ ।’
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठका अनुसार प्रहरीले स्कटिङ गरेर गाडी सञ्चालनमा ल्याएको भएपनी लामोदुरिका सवारीसाधन भने नचलेको उनले जानकारी दिए । यातायातका साधन नचल्दा भारत लगायत विभिन्न ठाउँबाट आएका यात्रु महेन्द्रनगर र धनगढी बसपार्कमा अलपत्र परेका छन् ।
यस्तै धनगढीसहित विभिन्न क्षेत्रमा बजार आशिंक रुपमा खुलेको छ । मोर्चाका कैलाली संयोजक माधव थारुले अत्यावश्यक सेवा बाहेक यातायात, बजार, विद्यालय सबै बन्द गरिएको बताए । आमहड्ताल अवज्ञागरी सवारी साधन चलाएमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र स्वयम्ले लिनुपर्नेछ ।’ उनले भने ।
आम हड्तालको समयावधिमा अतिआवश्यक सवारी साधनहरु, दमकल, एम्बुलेन्स, शव बाहन, सुरक्षा निकाय, दुध बोक्ने साधन, औषधीजन्य सवारी, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु भने निर्वाध रुपमा सञ्चालन हुन पाउने बताइएको छ ।
रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटना’bout सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ ।
आन्दोलनमा आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाल लगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन् ।