कांग्रेस सभापति देउवाद्वारा आमन्त्रित केन्द्रीय सदस्य मनोनित

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आमन्त्रित केन्द्रीय सदस्य मनोनित गरेका छन् । सभापति देउवाले मंगलबार जङ्गीलाल राय (सर्लाही) र कर्णबहादुर बुढा (डोल्पा) लाई केन्द्रीय सदस्यमा तथा मोहनसिंह राठौर (कैलाली), शम्भुलाल श्रेष्ठ (सर्लाही), अभिषेखप्रताप शाह (कपिलवस्तु), दयाराम पाण्डे (लमजुङ), जनकराज कलौनी (डडेल्धुरा), भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा) लाई आमन्त्रित केन्द्रीय सदस्य मनोनयन गरेको पार्टी कार्यालयले जनाएको छ ।

यसैगरी काँग्रेसको नियमावली २०७६ को नियम ५० बमोजिम सभापति देउवाले पार्टीका विभिन्न अगुवा राजनीतिककर्मीहरुलाई पार्टीको ‘ज्येष्ठ राजनीतिज्ञसभाको सदस्यमा मनोनयन गरेका छन् । उक्त सभामा पार्टीका अगुवा नेताहरु ढुण्डीराज शास्त्री सूर्यमान गुरुङ, पूर्णानन्द शर्मा, तेजमान तुम्वाहाम्फे, छविकुमार शर्मा, देवीध्वज बस्नेत, डिल्लीप्रसाद सिटौला, हरिशंकर मिश्र, राजेन्द्र खरेल, खेमराज पौडेल, बाबुराम पुरी, सूर्यप्रसाद रेग्मी, देवेन्द्रप्रसाद उपाध्याय, भरतप्रसाद उप्रेती, तोपमान गुरुङ, रामचन्द्रसिंह, कृष्णबहादुर जोशी रहनुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी सभामा चन्द्रप्रसाद न्यौपाने, लाल हमाल, तारापति सुवेदी, लक्ष्मीप्रसाद ताल्चाभडेल, तीर्थराज ज्ञवाली ‘चैतु’, सूर्यदत्त जोशी, भगवती सिंह, केदार ढकाल, अन्तराम भट्ट, मदन चन्द, केशरवावु थुलुङ्ग राई, प्रमेश न्यौपाने, अजितनारायण सिंह थापा मनोनया भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 270 times, 1 visits today)

epaper

ताजा समाचार

आज गाईजात्रा पर्व मनाइँदै