Friday, June 18, 2021
Home भर्खरै स्कुल पढ्दै स्वर परिक्षामा पास भएका थिए प्रेमध्वज प्रधान

स्कुल पढ्दै स्वर परिक्षामा पास भएका थिए प्रेमध्वज प्रधान

रहेनन बरिष्ट गायक

डब्बु क्षत्री,

काठमाडौ । सुगम संगीतका एक धरोहर बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान अब हामीमाझ रहेनन् । तिमीलाई अचेल कहाँ देखुँ, घुम्तीमा नआउ है…जस्ता कैयौं कालजायी गीतका गायक प्रधानको ८५ वर्षको उमेरमा बिहिबार दिउँसो पौने दुई बजे उपचारको क्रममा निधन भएको भयो । काठमाडौंको बागबजार निवासी गायक प्रधानलाई १२ दिन अघिबाटै स्वास प्रश्वासमा समस्या देखिएको थियो । त्यसपछिबाट सुन्धार स्थित काठमाडौं न्युरो जनरल अस्पतालमा भर्ना भएका उनको त्यहाँ उपचार भईरहेको थियो । उपचारकै क्रममा स्वास प्रश्वास सम्बन्धि समस्याबाट गायक प्रधानको निधन भएको उनको जेठान मञ्जुकुमार श्रेष्ठले जानकारी गराए ।

गायक प्रधानलाई कोरोना भएको शंका गरिए पनि उनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनका दुई छोरा अमेरिकामा छन् । बिहिबारबाटै अन्तराष्र्टिय विमान उडान नेपालमा बन्द भएका कारण छोराहरु उनको अन्त्यष्टीमा आउन सकेनन् ।

अग्रज गायक प्रधानको बिहिबार साँझ पशुपति आर्यघाटमा श्रद्धाञ्जाली कार्यक्रम राखिएको थियो । विभिन्न संगीतकर्मीहरुले आर्यघाट पुगेर गायक प्रधानको पार्थिव शरीरमा फुलमाला चढाई श्रद्धासुमन अर्पण गरे । उनको बिहिबार साँझ आर्यघाटमा दाह संस्कार गरियो । दिवँगत गायक प्रधानको परिवारमा श्रीमती र दुई छोरा रहेका छन् ।

स्कुलका गुरु र बुबाको प्रेरणाले उनले २००९ सालमा रेडियो नेपालमा स्वर परिक्षा दिए । पहिलो पटक नै प्रेमध्वज प्रधान रेडियो नेपालको स्वर परीक्षामा ‘क’ श्रेणीमा पास भए

१९९४ सालमा सिन्धुपालचोकको चौतारमा जन्मिएका प्रधानको शिक्षा २००२ सालबाट विश्वनिकेतन मा.वि.बाट औपचारिक शिक्षाको शुरुवात भएको थियो । प्रधानका जिजुबाजे नारायणकृष्ण प्रधान र हजुरबुबा उत्तरध्वज प्रधान शास्त्रीय संगीतका श्रष्टा थिए । घरमै संगीतको माहौल भएका कारण युवा अबस्थामा उनको गायनप्रति आकर्षण बढेको थियो । बुबा रत्नध्वज प्रधान पनि संगीतका पारखी भएकाले उनले प्रेमध्वजलाई किशोर अबस्थामा गायनमा प्रेरणा दिए ।

स्कुलका गुरु र बुबाको प्रेरणाले उनले २००९ सालमा रेडियो नेपालमा स्वर परिक्षा दिए । पहिलो पटक नै प्रेमध्वज प्रधान रेडियो नेपालको स्वर परीक्षामा ‘क’ श्रेणीमा पास भए । अनी उनले तत्कालै रेडियो नेपालमा तीन वटा गीत प्रत्यक्ष गाए । जती बेला उनी स्कुलमै अध्ययनरत थिए ।

रेडियो नेपालको क श्रेणीको गायक भए पनि प्रेमध्वज प्रधानलाई शास्त्रीय गायन सम्बन्धि धेरै ज्ञान थिएन । त्यसैले उनले २०१० सालमा वाद्य शिरोमणि गणेशलाल श्रेष्ठसँग करिब डेढ वर्ष शास्त्रीय सङ्गीतको ज्ञान हाँसिल गरेका थिए ।

नेपाली सुगम सँगीतमा त्यतिबेला शिबशंकर मानन्धर, नातिकाजी, नारायण गोपाल, पुष्प नेपाली जस्ता श्रष्टाहरु उदाईसकेका थिए । उनीहरुको संगतले प्रेमध्वजलाई पनि गायनमा लाग्न अझ प्रेरणा मिल्यो । मखमली स्वरको धनी भनेर सहकर्मीहरुले त्यतिबेला उनको प्रसंसा गर्न थालेपछि प्रधानले आफ्नो स्वरलाई अझ राम्रो पार्न विभिन्न उपाय गरेको चर्चा चलेको थियो ।

उनी गायनसँगै सँगीतमा पनि त्यत्तिकै प्रखर थिए । गायन र संगीतलाई समानान्तर रुपमा लैजानु प्रेमध्वजनको विशेषता थियो । सोही क्रममा उनी २०२१ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक सङ्गीत प्रतियोगितामा प्रथम पनि भए । त्यसपछि उनले गायनसँगै संगीत सृजनालाई पनि अघि बढाएका थिए ।

अग्रज श्रष्टा प्रधानले आधुनिक, चलचित्र, लोक, पप, शास्त्रीय, भजन, राष्टिय भाव जस्ता विविध शैलीका गीत गाएका थिए । गायक प्रधानले पहिलो पटक चलचित्र माइतीघरमा गीत गाएका थिए । २०२३ सालउनले यो चलचित्रमा नमान लाज गीत गाएका हुन् । बम्बइमा भारतीय गायिका उषा मंगेशकरसँग प्रधानले चलचित्र माईतिघरका लागि यो गीत गाएका थिए । यसरी बिदेशी गायिकासँग नेपाली गीत आफ्नो स्वरमा रेकर्ड गराउने पहिलो गायकको रुपमा त्यतिबेला प्रेमध्वज प्रधान चिनिएका थिए ।

गायक प्रधानले माइतीघर, जीवनरेखा, बदलिँदो आकास, फेरि फेटौँला, अन्याय, मायालु विभिन्न १२ वटा चलचित्रहरुमा गीत गाईसकेका थिए । जीवनको उत्तराद्धमा उनले गाउन छाडेका थिए । २०७२ पछि गाउन छाडेका उनले फेरी ८९ वर्षको उमेरमा २०७२ सालमा जुगल डँगोलको संगीतमा ती आँखामा तिमी…गाए । त्यसपछि उनले लगातार एक दर्जन भन्दा बढी गीत रेकर्ड गराए । पछिल्लो समय कोरोना संक्रमण सुरु हुनु भन्दा अघिसम्म गायक प्रधान गीत रेकर्डिङमा सक्रिय थिए ।
गायक प्रधानका तिमीलाई अचेल कहाँ देखुँ… गोरेँटो यो गाउँको…, पर लैजाउ फुलहरू…, घुम्तीमा नआउ है…,अकाशको तारा…, नमाज लाज यसरी…, अँधेरीको जुन…, ऐना नभए…, टाढा नभईदेउ फेरी…, गुलाफी घुम्टो…, गुलाफी घुम्टो.. जस्ता थुप्रै हिट गीतहरु छन् ।

सम्मान पुरस्कार
गायक प्रधानले २०४४ सालमा गोरखा दक्षिण बाहु चौथा, २०४७ सालमा छिन्नलता पुरस्कार, २०५३ सालमा विख्यात त्रि–शक्तिपट्ट तेस्रा, २०५८ सालमा भूपालमानसिंह पुरस्कार, २०५९ सालमा गंगा लुनकरणदास चौधरी पुरस्कार, २०५९ सालमै इमेज च्यानल र हिट्स एफ.एम.बाट लाइफ टाइम एचिभमेन्ट अवार्ड सहित विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।

(Visited 144 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

साताका लोकप्रिय समाचार

कोभिडको मौका छोप्दै कालो ढुसी

  २० मे २०२१ मा भारतको सञ्चार मन्त्रालयले भारतीय भेरियन्ट लेखिएका सबै पोस्ट हटाउन सामाजिक सञ्जाल कम्पनीलाई निर्देशन दियो । विश्वका ५० बढी देशमा महामारीका...

वेगवानी दम्पती हत्या काण्डका फरार अभियुक्त ७ वर्ष पछि पक्राउ

(सप्तरी) राजविराज । प्रहरीले फरार अभियुक्तमाथि निगरानी र अनुसन्धान बढाएसँगै विभिन्न जघन्य अपराधका अभियुक्त पक्राउ पर्ने क्रम बढेको छ । यसै क्रममा ७ वर्ष अघि...

निशाको स्वास्थ्यमा सुधार

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार आएको नर्भिक अस्पतालका चिकित्सकले बताएका छन् । उनको निशाले केही काम गर्न थालेको चिकित्सकको...

सुदूरपश्चिमले ल्यायो ३० अर्ब ३३ करोडको बजेट

  धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७८ का लागि ३० अर्बको बजेट ल्याएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले...

ट्रेन्डिङ

ट्याकटरबाट खस्दा एक युवकको ज्यान गयो

सर्लाही। सर्लाहीको बागमती नगरपालिकामा ट्याकटरबाट खस्दा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा ट्याक्टरमा मजदुरीको काम गर्ने बागमती ७ तुफानपुरका ३२ वर्षिय रामपुजन...

कोरोना उपचार अस्पतालका चिकित्सक कर्मचारीलाई शतप्रतिशत भत्ता

चितवन । भरतपुर महानगरपालिकाको अगुवाइमा चितवन प्रदर्शनी केन्द्रमा शुक्रबार बिहानदेखि सञ्चालन गर्न लागिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारीलाई शतप्रतिशत प्रोत्साहन भत्ता...

नेपाल सरकार र विश्व बैंकबीच ८ अर्ब ७० करोडको वित्तीय सम्झौता

काठमाडौँ । कोभिड–१९ विरूद्ध सुरक्षित र प्रभावकारी खोपको पहुँच बिस्तार गर्न नेपाल सरकार र विश्व बैंकबीच ८ अर्ब ७० करोड रुपैयाँ (७५ मिलियन अमेरिकी...

पेट्रोलियम पदार्थको आयात ११ प्रतिशतले घट्यो

काठमाडौँ । पेट्रोलियम पदार्थको आयात घटेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष पेट्रोलियम पदार्थको आयात ११ प्रतिशतले घटेको हो । विश्वभरी महामारीका रुपमा फैलिएको...

प्रदेश २ लाई सहकारी मैत्री बनाउने : मन्त्री साह

सप्तरी, राजविराज । प्रदेश २ सरकारले सहकारीमा देखिएको बिकृतीलाई नियमनका लागि विशेष योजना ल्याउने भएको छ । प्रदेश २ का भूमि, ब्यवस्था, कृषि तथा सहकारी...

सरोगेसी छोरीबारे बोलिन् शिल्पा सेट्ठी

मुम्बई । सन्तान जन्माउँदा अभिनेत्रीहरूको शरीर बिग्रन्छ । त्यसैले, उनीहरू धर्म सन्तान तथा सरोगेसी रूपमा सन्तान ग्रहण गर्छन् भन्ने आरोप छ । अभिनेत्री शिल्पा...

श्रावणमा व्रत बस्नु कति वैज्ञानिक ?

सुख र समृद्धिको प्रतीक मानिने गाढा हरियो रङको मेहन्दीले श्रीमान्को आयु लम्बिने शुभ कारक तŒवको रूपमा लिइन्छ । यसैले विवाहको समयमा पनि देशभरिका विवाहमा...

सरकार र उखु किसानबीचको सहमतिको सशक्त कार्यान्वयन आवश्यक

केही दिनदेखि आन्दोलनरत उखु किसान र सरकारबीच भएको सहमति निकै सकारात्मक छ । सरकारसँग सहमति भएपछि उखु किसानहरूमा केही आशाको सञ्चार पलाएको छ ।...

पुष्पसदन विजयी

काठमाडौं  ।  नेपाल एपीफ स्कुल कीर्तिपुर—४ काठमाडौंको आयोजनामा छैटौं नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार चार खेल सम्पन्न भएका छन् । शनिबार भएको पहिलो खेलमा पुष्प सदन बोर्डिङ हाइ स्कुलले राराहिल मेमोरियल स्कुललाई २—१ गोल अन्तरले पराजित गरेको छ ।...

महेन्द्रको राष्ट्रवाद र बीपीको प्रजातन्त्र

नेपालको राजनीतिक इतिहासमा कसरी २०१७ साल पुस १ गतेको घटना घट्यो भन्ने कुरा सबै नेपालीहरूले बुझ्न सक्नुपर्छ । बीपी प्रधानमन्त्री भएपछि इजरायलको भ्रमणको बेला...

काेराेना अस्पतालमा मृत्यु भएका बाबुरामकाे शब ६ दिनसम्म पनि उठेन

बुुटवल । उपचारको क्रममा बुुटवलको कोरोना विशेष अस्पतालमा मृत्युु भएका रुपन्देहीको सैनामैनाका बाबुुराम थापाको शव छैठौं दिनसम्म पनि उठन सकेको छैन ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)