अक्सिजन अभावमा पोखराका व्यवसायी गुभाजुको निधन

पोखरा । पोखराका सफल व्यवसायी कृष्णमान गुभाजुको ६२ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमणका कारण उनको ज्यान गएको हो ।

पोखराबाट हेलिकोप्टरमार्फत थप उपचारार्थ काठमाडौं लगिएकोमा उनको भक्तपुर इन्टरनेसनल हस्पिटलमा गएराति निधन भएको हो । उनलाई वैशाख १५ मा कोरोना पोजेटिभ देखिएको थियो ।

काठमाडौंका कुनै हस्पिटलमा पनि बेड नपाएपछि भक्तपुर लगिएको भक्तपुर इन्टरनेशनल हस्पिटल लगिएको परिवारजनले जनाएको छ । अक्सिजन अभावमा उनको ज्यान गएको बताइएको छ ।

उनी उच्च रक्तचापबाट समेत पीडित थिए । पोखराको मोहोरिया निवासी कृष्णमानले कृषकञ्चन ज्वेलरी चलाउँदै आएका थिए । साथै कञ्चन क्यापिटल पनि उनैको कम्पनी हो ।

विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थामा आबद्ध उनी सुनचाँदी व्यवसायी संघ पोखराका पूर्व अध्यक्ष थिए । पोखरा–११, काहुँडाँडामा निर्माणाधीन धर्मकाय बुद्ध मण्डला समितिमा उनी कोषाध्यक्ष थिए ।

रोटरी क्लब अफ अन्नपूर्णका पूर्व अध्यक्ष उनी विश्व शान्ति स्तूपा संचालन समितिमा २ कार्यकाल सचिव भइ काम गरेका थिए । धर्मशीला बुद्ध विहार नदीपुरको ज्ञानमाला संघ र दायक सभाका पूर्व अध्यक्ष उनी युवा बौद्ध संघ र धर्मोदय सभाका सल्लाहकार थिए । स्व. कृष्णमानका श्रीमती, २ छोरा र १ छोरी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 352 times, 1 visits today)

epaper

ताजा समाचार

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम