Friday, June 18, 2021
Home Editor-Picks बर्दियामा कोरोना संक्रमितको संख्या दिनहु बढ्दो

बर्दियामा कोरोना संक्रमितको संख्या दिनहु बढ्दो

दोस्रो लहर सुरु भएयता १६५० संक्रमित, १९ को मृत्यु

सुदीप अधिकारी,

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । संक्रमितको संख्या दिनहुँ बढ्दो छ । हरेक दिन सय भन्दा बढी संक्रमित थपिदै गएका छन् । संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्दो छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार कोरोना भाइरसको दोस्रो लहर सुरु भए यता हालसम्म १ हजार ६ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने कोरोना संक्रमणका कारण १९ जनाले ज्यान गुमाइ सकेको छन् । जिल्लाका आठवटै पालिकामा संक्रमण तिब्र गतिमा फौलदै गएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म बढैयाताल गाउँपालिकामा सबै भन्दा बढी कोरोना संक्रमित देखिएका छन् । बढैयाताल गाउँपालिकामा १३८ महिला र १६४ पुरुष गरी ३०२ जनामा कोरोनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि यो पालिकाका सबै भन्दा बढी छ । यो पालिकामा हालसम्म ५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइ सकेका छन् ।

गुलरिया नगरपालिकामा कोरोना संक्रमितको संख्या २७९ पुगेको छ । कोरोनाको दास्रो लहर सुरु भएयता गुलरिया नगरपालिकाका ३ जनाले ज्यान गुमाएका छन् । बारबर्दिया नगरपालिकामा कोरोना संक्रमितको संख्या २३२ पुगेको छ । भने कोरोना संक्रमणका कारण २ जनाको ज्यान गएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार दोस्रो लहर सुरु भएयता बाँसगढी नगरपालिकामा २३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण यो पालिकामा १ जनाको ज्यान गएको छ ।

मधुवन नगरपालिकामा हालसम्म १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो पालिकाका २ जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जिल्लाको ठाकुरबाबा नगरपालिकामा १८० जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरि हालसम्म राजापुर नगरपालिकामा १४० र गेरुवा गाउँपालिकामा १०१ जनामा कोरोना संक्रमण देखिएको छ । भने राजापुर नगरपालिकामा ४ जना र गेरुवा गाउँपालिकामा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोनाको दोस्रो लहर सुरु भएयता संक्रमित भएका मध्ये हालसम्म ३१७ जनाले कोरोना जितेका छन् ।

जिल्लामा संक्रमितको संख्या बढ्दै जाँदा उपचारमा निकै ठूलो समस्या आइपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । कोरोना संक्रमितको उपचारका लागि जिल्लाका ८ वटै पालिकामा आइसोलेसन निर्माण गरिएपनि प्रयाप्त नभएको स्वास्थ्यकर्मीको भनाई छ । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार जिल्लाका विभिन्न स्थानिय तहमा १८७ वटा आइसोलेसन वेड रहेको छ । जसमा ९९ वटा वेड अक्सिजनसहितका रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा बुधबार बसेको बैठकले गुलरिया नगरपालिकास्थित साविक महिला विकास कार्यालयको भवनमा २५ वेड कोभिड अस्पतालबाट प्रारम्भिक सेवा सुरु भएकोका यसलाई तत्कालै पूर्णरुपमा संचालनमा ल्याउने, कोरोना संक्रमण फैलने क्रम तिब्र भएको हुँदा विरामीको उपचारका लागि अत्यावश्यक रहेको अक्सिजन अभाव हुन नदिन जिल्लाका ८ वटै स्थानिय तहले कोभिड विशेष अस्पतालमा कम्तिमा २० वटा ठूलो अक्सिजन सिलिण्डरको व्यवस्था गर्ने र सबै स्थानिय तहले कोभिड मैत्री अक्सिजनसहितको एम्बुलेनसको व्यवस्था गर्ने लगाएतका निर्णय गरेको छ ।

(Visited 61 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

  घाेराही ।  घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६...

२७६८ जनामा काेराेना संक्रमण पुष्टि, ४४ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३...

महर्जन एरोविक टिटिको ब्रान्ड एम्बेसडर

काठमाडौं । पूर्व अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लन्डनस्थित एरोविक टेबल टेनिसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । एरोविकले महर्जनलाई ३...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

साताका लोकप्रिय समाचार

जसपामा रोकिएन स्पष्टीकरण र कारबाहीको शृङ्खला

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विवाद चर्किएपछि एकअर्कालाई गरेको कारबाही निर्वाचन आयोगले अस्वीकार गरे पनि स्पष्टीकरण सोध्ने र कारबाही गर्नेक्रम रोकिएको छैन । जसपा...

झलनाथ खनाललाई उपचारका लागि भारत लगिने

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेता खनालको...

अन्ततः राष्ट्रिय जनमोर्चाका कृष्ण थापा पदमुक्त, अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने फैसला गरेको छ । राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गर्दै...

सञ्चारमाध्यमलाई घाँटी निमोठेने नितिप्रति आपत्ति

  काठमाडाैं ।  बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि विनियोजन गरेको बजेटप्रति नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिले आपत्ति जनाएकाे छ । प्रदेश...

अस्वभाविक सेयर मूल्य बढाउने ५१ कम्पनीलाई कार्वाही ! (सूचीसहित)

  काठमाडाैं ।  सेयर बजारमा ‘कर्नरिङ’ हुने गरेको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पुष्टि गरेको छ । बोर्डले गरेको अध्ययनले ५१ वटा कम्पनीको सेयरमा कर्नरिङ...

ट्रेन्डिङ

स्वाव संकलन गर्न गएका स्वास्थ्यकर्मीमाथि कुटपिट

बैतडी । बैतडीको सिगास गाउँपालिकामा स्वाब संकलन गर्न हिडेका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । सिगास गाउँपालिका वडा नं ३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट वडा...

‘जहिलै कितावकै पिरलो’ पुस्तक विनै पढाई सुरु

कालिकोट। पुस्तक नपाएरै परिक्षा दिनु पर्ने यहाँका विद्यार्थीहरुको समस्या यो वर्षमा पनि अझै उस्तै हुने भएको छ । कालिकोटकोे नयाँ शैक्षिक शत्र शुरु भई...

शंकरदास वैरागी मुख्यसचिव, रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस

काठमाडौं । सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । विहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वैरागीलाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो । मुख्यसचिव लोकदर्शन...

विशेष आर्थिक क्षेत्रको भाडा घटाइने

काठमाडौं । सरकारले विशेष आर्थिक क्षेत्र (सेज)को भाडा घटाउने तयारी गरेको छ । यसअघि सम्बन्धित सरोकारवालाले सेजको भाडा अत्यधिक भएको गुनासो गर्दै आएका थिए...

होम आइशोलेसनमै बसेर बर्दियाका एक पत्रकारले जिते कोरोना

बर्दिया । दुई साता होम आइशोलेसनमा बसेका बर्दियाका एक वरिष्ठ पत्रकारले कोरोना जितेका छन् । नेपाल पत्रकार महासंघ बर्दियाका पूर्वअध्यक्ष कमलकुमार पन्थीले कोरोना जितेका...

नयाँ गृहसचिवले सम्हाले कार्यभार : भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरिने प्रतिबद्धता

काठमाडौं । गृहसचिव महेश्वर न्यौपानले बुधबारदेखि कार्यप्रारम्भ गरेका छन् । उनले बुधबार बिहान गृहमन्त्रालयमा पदभार ग्रहण गर्दै काम थालेका हुन् ।...

कौटिन्होको चोट गम्भीर

क्याटलान । क्याटलान क्लब बार्सिलोनाका ब्राजिलियन प्ले मेकर फिलिपे कौटिन्हो लामो समय मैदान बाहिर रहने भएका छन् । मंगलबार राति एयपरविरुद्ध बार्सिलोनाले १–१ गोलको...

सेती नदीमा आमाछाेरी मृत फेला

पोखरा । आमा छाेरी सेती नदीमा मृत फेला परेका छन्। उनीहरू ३ दिनदेखि हराइरहेकाेमा शनिबार तनहुँ ऋसिङ गाउँपालिका ३ मास्तीघाटस्थित सेती नदीमा मृत...

बर्दियामा काेराेना संक्रमितकाे संख्या दिनहु बढ्दाे

बर्दिया । बर्दियामा काेराेना संक्रमित हुनेकाे संख्या दिनहुँ बढ्दाे छ । मंगलबार एकैदिन १९ जना संक्रमित थपिएका छन् । यी सबै बासगढी नगरपालिका क्षेत्रमा...

तातोपानी आइपुग्यो चिनियाँ मल (फोटोफिचर)

दिनेश थापा, सिन्धुपाल्चोक । मलको अभाव हुदै गएपछि सरकारले पहिलो पटक उत्तरी छिमेकी चीनबाट खरिद गरेको मल तातोपानी भन्सार कार्यालयमा आइपुगेको छ । तातोपानी भन्सारबाट...

भारतमा अलपत्र परेका भन्छन् : आधा पेट खाएर बाँचेका छौँ, हाम्रो उद्धार होस् ?

जाजरको । ‘एउटा कोठामा १२ जना छौँ, दैनिक एक छाक खाना खाएर भोको पेटमा बन्द कोठाभित्र बस्नुपर्ने बाध्यता छ, आँसु चुहाउँदै बसेका छौँ ।...

सकारात्मक सोचको खडेरी

नेपाली समाज नकारात्मक सोचले भरिन थालेको छ । सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यममा व्यक्त विचार र समाचार हेर्दा नेपाली समाज नै प्रतिगमनतर्फ अघि बढ्न थालेको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)