ग्लोबल आईएमई बैंकले बालअस्पतालको भवन निर्माणार्थ १ करोड दियो

काठमाडौं । ग्लोबल आईएमई बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो चाइल्ड हेल्थ इन्स्टिच्युटअन्तर्गत रहने बालअस्पतालको भवन निर्माणका लागि १ करोड रुपैयाँ सहयोग प्रदान गरेको हो ।

शुक्रबार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा.डा. भगवान् कोइरालाले आर्थिक सहयोग प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

ग्लोबल आईएमई बैंकले आफ्नो स्थापनादेखि नै सामाजिक हितका कार्यलाई विशेष जोड दिएर अघि बढेको बताउँदै बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले समाजपयोगी यस कार्यमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । उनले कोभिड–१९ को अहिलेको महामारीले पनि अस्पतालजस्ता स्वास्थ्य पूर्वाधारमा ठूलो लगानीको आवश्यकता महसुस भएको भन्दै अस्पताल भवन निर्माणमा गरिएको यस किसिमको सहयोगले आगामी दिनमा सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

इन्स्टिच्युटका अध्यक्ष प्रा.डा. कोइरालाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बालबालिकामा हुने जटिल र गम्भीर रोगको उपचार सहज एवं सुलभ बनाउने उद्देश्यले काठमाडौंको बूढानीलकण्ठमा आफूले बहुविशिष्टीकृत अस्पताल निर्माण गर्न लागेको बताए । यसैगरी, उनले आगामी दिनमा यस इन्स्टिच्युटले बाँकी अन्य ६ वटा प्रदेशमा पनि यस्तैखालको सेटलाइट अस्पताल सञ्चालन गर्ने लक्ष्य लिएको बताए । कोइरालाले अहिले यस बैंकले गरेको यो सहयोगले भावी पुस्ताको स्वास्थ्यका लागि महत्वपूर्ण भूमिका खेल्ने भन्दै बैंकलाई विशेष धन्यवाद दिए ।

तपाइको प्रतिक्रिया
(Visited 315 times, 1 visits today)

epaper

ताजा समाचार

दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश