ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ देखियो र उपचारकै क्रममा मृत्यृ भयो । ५ दिनसम्म १००.४ डिग्री ज्वरो, झाडाबान्ता र खोकी लागे कतिपयमा, निला दाग, नाक र मुखबाट रगतलाई सामान्य र मौसमी रुघाखोकी भन्दै लापर्बाह नगरी कोरोना हुन सक्छ भन्दै शंका गर्न जरुरी छ ।

लक्षणबिना देखिने संक्रमित ८० प्रतिशत बढी छन । नया“ भेरियन्ट भएका संक्रमितमा युवा र बालबालिका छन् । किनकि ज्येष्ठ नागरिकले खोपको एक मात्रा पाइसकेका छन् । अमेरिकाको खोजमा संक्रमणले गर्दा सघन उपचार चाहिने वयस्कभन्दा बामे सर्ने बालबालिकाको शरीरमा यूके भेरियन्ट भाइरसको मात्रा बढी पाइएको थियो । बच्चामा संक्रमणको लुकेको स्रोतका रूपमा देखिनुका साथै समुदायमा संक्रमण वाहकका रूपमा रहेको छ ।

भारतमा पछिल्ला दिनमा दैनिक साढे ४ लाख बढी संक्रमित र हजार बढीमा मृत्यृ हुँदा नेपालमा पनि विगत दुई सातादेखि संक्रमित ह्वात्तै बढेकाले दोस्रो लहर छ । लकडाउन भएको १० दिन पुग्दा पनि संक्रमणको संख्या उकालो लागेकै छ । दैनिक संक्रमण, सक्रिय संक्रमण, सघन उपचारमा भएका बिरामी र भेन्टिलेटरमा रहेका बिरामीको संख्या दर्जनबाट सय गुणाले बढोत्तरी हुँदा शøया, अक्सिजन तथा भेन्टिलेटरको अभाव छ ।

ज्वरो आफैमा रोग नभई अरू कुनै रोग वा शरीरमा आउन लागेको अस्वाभाविक परिस्थितिको लक्षण मात्र हो
शरीरका अन्य भागभन्दा मुख र मलद्वारको तापक्रम १ देखि २ डिग्री जति बढी हुने गर्छ

ज्वरो

सबैले कुनै न कुनै समयमा, उमेरमा शरीरको तापक्रम बढेको र तातेको वा ज्वरो आएको महसुस गरेकै छौं । चाहे त्यो रुघाखोकी लाग्दा होस्, चोटपटक लाग्दा होस् वा गम्भीर प्रकारको रोग लाग्दा होस् । ज्वरो देखिनलाई एकै प्रकारको देखिए पनि कारणअनुसार ज्वरो फरकफरक हुने गर्छ । कुनै ज्वरो आफंै सन्चो हुन्छ कुुनै ज्वरो औषधिले पनि नछोएर अस्पताल भर्ना हुनुपर्छ । हाल चर्चामा रहेको छ कोभिड संक्रमणको ज्वरो ।

शरीरको तापक्रम (९८—९९ डिग्री सामान्य) भन्दा बढी भएमा ज्वरो आएको मानिन्छ । शरीरको तापक्रम शरीरको विभिन्न स्थानमा क्लिनिकल थर्मोमिटर राखेर नाप्ने गरिन्छ । तापक्रम नाप्दा बुढाबुढी, बेहोस् र अचेत अवस्थामा मलद्वारमा, सामान्य वयस्कमा मुुखमा वा काखीमुनि, बच्चामा मलद्वार, तिघ्रा र पेटबीचको गहिरो भाग काछमा थर्मोमिटर राखी नापिन्छ । अन्यत्रभन्दा मुख र मलद्वारको तापक्रम १ देखि २ डिग्री जति बढी हुने गर्छ ।

ज्वरो कसरी आउँछ

ज्वरो कि त मस्तिष्ककै खराबीले वा तापक्रम नियन्त्रक केन्द्र (हाइपोथालामस)मा उत्तेजना पैदा भएमा आउने गर्छ । ज्वरो ‘पाइरोजेन’ भन्ने रसायनिक तŒवका कारणले गर्दा हुने गर्छ । सो पाइरोजेन विभिन्न किसिमका क्यान्सर, कनेक्टिभ टिस्यु डिसअर्डर, औषधि, चोटपटक, ब्याक्टेरिया, भाइरस, फगंस, प्रोटोजोवा र परजीवीको कारणले शरीरभित्रै उत्पादन हुने गर्छ । जसमा इन्टरल्युकिन–१, ट्युमर नेक्रोसिस फयाकटर, इन्टरफेरोन प्रमुख छन् । सो पाइरोजेन जसरी निस्किए पनि हाइपोथालामसलाई उत्तेजना गरी प्रोस्टा ग्लान्डिनद्वारा शरीरको तापक्रम वृद्धि गराई ज्वरो निकाल्छ ।

ज्वरो आफैंमा कुनै रोग नभई यो त अरू कुनै खास रोग वा शरीरमा आउन लागेको अस्वाभाविक परिस्थितिको लक्षण मात्र हो । ९५ प्रतिशतसम्म ज्वरोका कारण पत्ता लाग्ने गरेका छन् भने ५ प्रतिशत जतिमा कारण थाहा हुन सक्दैन जसलाई अज्ञात ज्वरो भनिन्छ । ज्वरो आएपछि के कारणले आएको हो भन्ने पत्ता लगाएर खास रोगको र ज्वरोको उपयुक्त औषधोपचारको साटो आत्तिएर प्रतिजैविकी औषधि खानुहु“दैन । जसरी ज्वरो आउने विभिन्न कारण छन् । त्यसरी नै ज्वरो आउने तरिका, ज्वरोको प्रकृति, समय, त्यसको गम्भीरता आदिमा फरक पर्छ ।

ज्वरो आउँदा बिरामी जाडोले काम्ने, लुगा ओढ्ने गर्छ तर तुरुन्तै गर्मीले सिरक फाल्ने गर्छ । त्यसपछि पसिना खलखल आउँछ । ज्वरोको साथमा टाउको दुख्ने, बान्ता आउन खोज्ने वा आउने, शरीर दुख्ने, खान मन नलाग्नेजस्ता लक्षणका अतिरिक्त कारणअनुसार अन्य लक्षण देखिने गर्छन्

प्रकार

प्रायः जसो ज्वरो छोटो अवधि (२ हप्ताभन्दा कम समय सम्म आउने) वा हुने गर्छन् जुन प्रमुख तया ब्याक्टेरिया, भाइरस तथा परजीवी आदिको संक्रमणले हुने गर्छ । छोटो अवधिको ज्वरो श्वासप्रश्वास प्रणालीअन्तर्गतका रोग रुघाखोकी, फेरिनजाइटिस, टन्सीलाइटिस, ब्रोङकाइटिस निमोनिया, ओटाइटिस मेडिया, डिप्थेरिया आदि, मूत्र प्रणालीका रोग ज्वरो बिराएर आउने, काम्ने प्रकारको हुन्छ । प्रायः जसो महिलामा देखिन्छ । छालामा विभिन्न प्रकारको फोकासहित आउने ज्वरो, दादुरा, ठेउला आदि । मेनिन्जाइटिस, इन्सेफलाइटिस, टाइफाइड, औलो, भाइरल इन्फलुयन्जा, हेपाटाइटिस, कालाजार, रातोमासी, हैजा, झाडापखाला, अत्यधिक गर्मीले गर्दा जलवियोजन, कुनै औषधिको एलर्जी र रगतसम्बन्धी समस्या आदिमा देखिन्छ ।

लामो समयसम्म अर्थात् २ हप्ताभन्दा बढी समयसम्म आउने ज्वरोको रोग निदान गर्न अप्ठारो पर्छ । संक्रमण, जोर्नीका रोग (बाथ, अटोइम्युन), रगतका विभिन्न खाले क्यान्सर, रोग प्रतिरोध क्षमतामा ह्रास, रगतका रोगहरू, रक्तअल्पता, स्नायु प्रणालीका रोग, वंशानुगत कारण, औषधीको कारण तथा मेटावोलिक कारण जस्तै थाइरोटक्सिकोसिसमा लामो समयसम्म ज्वरो रहने गर्छ ।

लक्षण

ज्वरो आउँदा बिरामी जाडोले काम्ने, लुगा ओढ्ने गर्छ तर तुरुन्तै गर्मीले सिरक फाल्ने गर्छ । त्यसपछि पसिना खलखल आउँछ । ज्वरोको साथमा टाउको दुख्ने, बान्ता आउन खोज्ने वा आउने, शरीर दुख्ने, खान मन नलाग्नेजस्ता लक्षणका अतिरिक्त कारणअनुसार अन्य लक्षण देखिने गर्छन् । परजीवीका आआफ्नै गुणले गर्दा कुनैले आन्द्रा र कलेजो, कसैले टन्सिल, मृर्गौला र मुटु त कुनैले फोक्सो र दिमागका अंगलाई लक्ष्य बनाउँछन्, आक्रमण गर्छन् र त्यसअनुसारका लक्षण तथा चिह्न देखाउने गर्छन् । कोरोनामा फोक्सोसँग सम्बन्धित लक्षण देखिन्छन् ।

जाँच पड्ताल

ज्वरोको प्रकार, सुरुवात, प्रकृति, आउने जाने समय, गम्भीरता, बिरामीको आगमन स्थान, जनावरसँगको ससर्ग, कति लामो समयसम्म इत्यादि सम्पूर्ण कुराको विस्तृत जानकारी लिएर ज्वरोको साथ साथै अन्य लक्षण भए/नभएको, औषधि लिए/नलिएको सोधपुछ गरी शारीरिक परीक्षण गर्नुपर्छ । तब अनुमानित रोगअनुसार परीक्षण जाँच गराउनुपर्छ ।

जहाँ भिड त्यहाँ कोभिड भन्दै कोभिड–१९ को उकालो लाग्दाकाे ग्राफलाई मध्यनजर गर्दै सरकारले स्वास्थ्य मापदण्ड पालनासँगै भीडभाड नियन्त्रणमा मुख्य ध्यान केन्द्रित गरे पनि कसैको कानमा बतास चलेन । सबैले मापदण्ड पालना गरेको भए लकडाउनको अवस्थासम्म पुग्नपर्ने थिएन । गत सालजस्तै सबैतिर एउटै रणनीति लगाउने भुल नगरी भीड हुने सहर र नहुने सहरमा फरकफरक रणनीति अपनाउँदै जिल्ला वा सहर विशेषमा लकडाउन छ ।

घरेलु उपचार

शरीरलाई विस्तारै मालिस गर्ने, निधारमा चिसोपानीपट्टी गर्ने एवं पैताला र हत्केला पुछिदिने, एक/एक घण्टामा ज्वरो नाप्ने, बिरामीलाई विशेष गरी बच्चालाई एक्लै नछाड्ने, रोगीलाई सुप, फलफूलको रस, ग्लुकोज पानी, जाउलो, भातको माड पटकपटक खानपिउन दिने गर्नुपर्छ । त्यस्तै, सानो बच्चा भए आमाको दूध खुवाउने, धेरै समयसम्म चर्को घाममा नबस्ने, प्यारासिटामोल खुवाउँदा ठीक नभएर पानीपट्टी दिनुपरे औषधि खुवाएको २५—३५ मिनेटपछि मात्र पानीपट्टी दिन सकिन्छ ।
अन्तमा, कतिपय अवस्थामा शरीरले रोगसँग लडी ज्वरो आफंै ठीक हुन्छ भने केहीमा खास रोग पत्ता लगाई रोग निको नहुँदासम्म ज्वरो ठीक नहुने भएकाले ज्वरो आउनेबित्तिकै औषधि खानुहुँदैन । चिकित्सककहाँ पुगेर कारण पत्ता लगाउनुपर्छ र उपचार गराउनपर्छ । तथापि यो कोरोनाको महामारीबेला ज्वरो आउनासाथ आफूलाई परिवारबाट क्वोन्टिन गरी पीसीआर गर्नपर्छ । कोभिड भए नभएको यकिन सबैभन्दा पहिला गरेर अन्य परीक्षण गर्न जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 862 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वअर्थमन्त्री पाण्डेको निधन