Friday, June 18, 2021
Home प्रदेश प्रदेश २ अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

तुलसी भण्डारी,

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर किन्न सर्वसाधारण त्यसैले बढी पुग्ने गरेका हुन् । यो मौकाको फाइदा उठाउँदै पर्साको वीरगन्जमा एक औषधी व्यवसायीले कालोबजारी गरी सर्वसाधारणलाई ठगी गरेको पाइएको हो ।

पर्सा प्रहरीले उनलाई पक्राउ गरेपछि वास्तविकता सहतहमा आएको छ । कोरोनाले गाँजेको वीरगन्जमा अक्सिमिटर बिक्री गर्दा कालोबजारी गरी ग्राहकलाई ठगी गर्ने ती औषधी व्यवसायी पक्राउ परेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए । ‘उनको पसलमा रीतपूर्वक छापा मार्दा १२ थान अक्सिमिटर पनि फेला प¥यो,’ उनले भने । आफ्नै घरमा औषधी पसल राखेर कालोबजारी गरेको फेला परेपछि वीरगन्ज महानगरपालिका–१६ नगवाका ३२ वर्षीय औषधी व्यवसायी रामहरि तिवारीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । औषधी व्यवसायी तिवारीले १ हजार ९ सय पर्ने अक्सिमिटरलाई ३ हजार ५ सयभन्दा बढी मूल्यमा बिक्री गरेको पाइयो ।

पक्राउ परेका अभियुक्त तिवारीलाई कालोबजारीसम्बन्धी कसुरमा कार्बाही प्रक्रिया अगाडि बढाइँदै छ प्रहरी नायव उपरीक्षक खनालले बताए । कोरोना महामारीको यस्तो समयमा पनि अन्य धेरै औषधी पसलमा समेत अक्सिमिटर र औषधीमा कालोबजारी हुने गरेको सर्वसाधारणको आरोप छ । कालोबजारी ऐनअनुसार कसुर गरेको ठहर भएमा एक वर्ष कैद र २ लाख ५० हजार जरिमाना वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।

(Visited 142 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

साताका लोकप्रिय समाचार

७ प्रतिशतलाई कोरोना खोप

काठमाडौं । खोप अभियान सुरु भएको १ सय ३४ दिनसम्ममा देशभर कुल जनसंख्याको ७ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन्् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

नयाँ दल दर्ता गर्दै ठाकुर–महतो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ । जसपामा अल्पमतमा...

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

ट्रेन्डिङ

धरहराकाे घुम्टाे खुल्याे (फाेटाेफिचर)

काठमाडाैं । पुनर्निर्माण भएको धरहरकाेकाे घुम्टाे खुलेकाे छ । भूकम्प गएको दिन वैशाख १२ को अघिल्लो दिन पारेर शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको...

कोरोना भाइरसवारे भ्रम फैलाउने सञ्चारमाध्यमलाई सरकारले कार्वाही गर्ने

  काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरसवारे भ्रम फैलाउनेलाई सरकारले कारबाही गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९...

एउटाको गर्भ, अर्कोसँग विवाह

सप्तरी । एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन् । तीन महिनाकी...

मौनाबुधुकलाई चौबिसे रनिङ कप फुटबलको उपाधि

धनकुटा । चौबिसे गाउँपालिका वडा नं.७ मौनाबुधुकले प्रथम चौबिसे रनिङ कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा वडा नं. ६ राजारानीलाई ०–१ गोल...

जग्गा कित्ताकाट सम्बन्धी निर्णय तत्काल बदर गर्न किसान महासंघको माग

काठमाडौं । सत्तारुढ दल नेकपा निकट अखिल नेपाल किसान महासंघले नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले गरेको जग्गा कित्ताकाट सम्वन्धी निर्णय...

वडा सदस्यको शब बोकेर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ को मृत्यु

बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको...

भारतमा एकै दिन ६७ हजार सङ्क्रमित, विश्वभरी दुई करोड नाघे

नयाँदिल्ली । कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या भारतमा एकै दिन झण्डै ६७ हजार थप भएको छ । भारतीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४...

नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै

काठमाडौं । सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा निकायले तयारी अघि बढाएका छन् । निर्वाचनका लागि नेपाल...

राष्ट्रिय सम्मानसहित राष्ट्रकवि घिमिरेको अन्त्येष्टि

काठमाडौँ । दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि...

सलह जम्मा गरेर ल्याए किलोको २० रुपैयाँ दिने !

बुटवल । रुपन्देही क्षेत्रमा आज बिहानैदेखि ठूलो समूहमा देखिएको कीरा सलह भएको पुष्टि भएको छ । रुपन्देहीको बुटवल क्षेत्रमा आज बिहानदेखि ठूलो समूहमा देखा...

केटी जिस्क्याएको विषयमा छलफल गर्न लाग्दा प्रहरी चौकीमै झडप

बैतडी । बैतडीको एक प्रहरी चौकीमाबुधबार झडप भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावडा न. ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको हो ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)