१ सय ३८ वटा अक्सिजन सिलिण्डर बरामद

रौतहट । रौतहटको गौर अस्पतालका कोभिड संक्रमित बिरामीहरुले अक्सिजन नपाएको गुनासो बढेपछि रौतहट प्रहरीले बजारका पसलहरुबाट १ सय ३८ वटा ग्यास सिलिण्डर बरामद गरेको छ ।

प्रहरीले श्निबार र आइतबार बजारका बिभिन्न पसलहरुबाट १ सय ३८ वटा ग्यासको सिलिण्डर बरामद गरेको हो । स्वस्थ्य प्रयोजन वाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले स्टक गरि राखेको ७ किलो तौल भएको २८ वटा, १.५ किलो तौल भएको ३ वटा र खाली अक्सिजन ७ किलो तौल भएको १२ वटा समेत गरि जम्मा ४३ वटा र अन्य आइतबार गरी १ सय ३८ वटा अक्सिजन सिलिण्डर ग्यास बरामद गरेको रौतहटका प्रहरी प्रमुख सिद्धि बिक्रम शाहले जानकारी दिए ।

जिल्लाको गरुडा, गौर र चन्द्रपुर गरी ७ स्थानहरुबाट नियन्त्रणमा लिई स्वास्थ प्रयोजनमा प्रयोग गर्ने गराउने तर्फ आवश्यक कारवाही भईरहेको र स्टक गर्ने व्यक्तीहरुलाई आवश्यक कारवाहीको लागि थप अनुसन्धान भइरहेको समेत प्रमुख शाहले बताएका छन ।

बरामद सो ग्यास गौर अस्पतालमा रहेको अस्थायी कोभिड वार्डका डा.घनश्याम ठाकुरलाई हस्तान्तरण गरेको उनले जानकारी दिए । रौतहटमा अक्सिजनको कमी हुन नदिने समेत एसपी शाहले बताएका छन । गौर अस्पतालमा १६ जना कोभिड संक्रमित विरामीहरु उपचार भइरहेको छ । दोश्रो चरणमा हाल सम्म रौतहटमा ३ सय २९ जनामा कोरोना संक्रमण देखिएको छन् भने २ सय ९२ जना सक्रिय संक्रमित रहेका छन ।

शनिबार सम्म रौतहटमा दोश्रो चरणको कोभिडको कारण १४ जनाले ज्यान गुमाइसकेका छन । रौतहटको बिभिन्न ३ ठाउमा गरी ७१ बेडको अस्थायी कोरोना अस्पताल स्थापना गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 352 times, 1 visits today)

epaper

ताजा समाचार

एमालेले स्वीकार्यो बादलको प्रतिवेदन, अब केन्द्रीय कमिटीमा छलफल हुने