काठमाडौं । कोरोना संक्रमणले गाँज्दै लगेपछि सर्वसाधारणका लागि अक्सिजन सबै भन्दा महत्वपूर्ण अस्त्र हुन थालेको छ । अक्सिजन मानव जीवनकै प्राण हो भन्ने त उहिल्यै पुष्टि भैसक्यो । नेपालमा सबै भन्दा धेरै अक्सिजनको खपत भएको पनि पहिलो पटक नै हो । कतिपय अस्पतालले समेत अक्सिजन उपलब्ध गराउन असमर्थता जनाउन थालेपछि सर्वसाधारण आफैं अक्सिजनको जोहो गर्न व्यस्त छन् ।
यो दृष्य हो बालाजु औद्योगिक क्षेत्रमा रहेको अक्सिजन कारखानाको । अक्सिजन भर्नको लागी लाइनमा लाग्दै सर्वसाधरण । अस्पतालले बिरामीलाई पर्याप्त मात्रामा अक्सिजन उपलव्ध गराउन नसकेपछि बिरामी आफै खाली सिलिन्डर बोकेर अक्सिजन भर्न कारखाना धाउन थालेका छन् । हेरौं केही तस्विर ।

तपाइको प्रतिक्रिया
(Visited 340 times, 1 visits today)






