Sunday, June 13, 2021
Home Editor-Picks छालाको क्यान्सरबाट पीडित सुरजको चीत्कार

छालाको क्यान्सरबाट पीडित सुरजको चीत्कार

विवेक विवश रेग्मी,

इटहरी । उनी हिँडडुल गर्न सक्दैनन्, शरीरभरी घाउ नै घाउ । परालले बारेको छाप्रोभित्र पस्नु अगावै ह्वास्स गन्हाउने, एउटा बेडमा ककिन रुपमा गुज्रिररहेको छ दिनचर्या । इटहरी उपमहानगरपालिका वडा नं. ११ स्थित भागलपुरमा बसोबास गर्दै आएका २८ वर्षीय सुरज मगरको वेदना हो यो ।

सुरजकी श्रीमती चन्द्रकला मगरका अनुसार उनको शरीरमा सुरुमा सानो घाउको फोका निस्किएको थियो । पछि त्यही घाउ ठूलो हुने, पाक्ने र शरीरभरी फैलिने गरेकाले अहिले छालाको क्यान्सर भएको हो । ‘आर्थिक अवस्था कमजोर भएका कारण राम्ररी उपचार पनि गर्न पाइएन,’ उनले भनिन्, ‘केही समयअघि नोबेल अस्पतालमा दश दिनसम्म उपचार गरेर राखिए पनि स्वास्थ्यमा सुधार नहुँदा अहिले झनै समस्या थपिएको छ ।’

उपचार गरेपनि स्वास्थ्यमा सुधार नआउँदा आफूहरु विक्षिप्त बनेको उनको आँखामा झल्किन्थ्यो । अहिले कोरोना महामारीले औषधी उपचार समेत गर्न नपाउँदा स्वास्थ्य कमजोर बनेसँगै आर्थिक स्थिति पनि धराशयी बनेको उनले बताइन् । ‘समयमै उपचार गर्न पाएको भए श्रीमानलाई बचाउन सकिन्छ कि भन्ने आशा थियो,’ उनले अगाडि थपिन्, ‘काखीमा सात महिनाकी छोरी र अर्की नौ वर्षकी छोरी छन्, यीनिहरुको पढाईमा पनि समस्या छ, आर्थिक अवस्था कमजोर भएकाले निकै गाह्रो स्थिति छ ।’

आर्थिक अवस्था कमजोर भएपछि स्थानीय र माइतीको शरणमा बस्नुपरेको उनको भनाइ थियो । स्थानीय सजना तामाङले मगर परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोग जुटाइदिन अपिल गरेपनि हालसम्म कतैबाट सहयोग उपलब्ध नहुँदा समस्या थपिदैँ गएको बताइन् । उनले भनिन्, ‘हामी वडामा पनि सहयोगका लागि गएका थियौँ, तर उहाँहरुले मगर परिवारलाई यहाँको बासिन्दा नै होइन हामी केही सहयोग गर्न सक्दैनौ भन्नुभयो ।’ समस्या परेका बेला स्थानीय सरकार र अन्य सरोकारवाला निकायले सहयोग गर्नुपर्ने उनको तर्क थियो ।

यता, वडा सचिव रवि सुवेदीले भने पीडित परिवारले सहयोग मागेमा आफूले व्यक्तिगत रुपमै भएपनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

शरीर स्वस्थ हुँदा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका मगर परिवारले अहिले एकातिर स्वास्थ्य अवस्था कमजोर र अर्कोतिर लकडाउनका कारण पीडामा रात काट्नुपरेको छ । यस्तो अवस्थामा स्थानीय सरकार र सरोकारवालाले आर्थिक एवम् मानवीय सहयोग गरेमा केही हदसम्म भएपनि पीडित परिवारको घाउमा मल्हमपट्टी हुने अनुमान गर्न सकिन्छ ।

(Visited 76 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

साताका लोकप्रिय समाचार

३७४९ मा काेराेना संक्रमण पुष्टि, ५९ जनाकाे मृत्यु

  काठमाडाैं ।  पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार...

नपा–गापा बजेटका चुनौती

पृष्ठभूमिः संघीय लोकतान्त्रिक शासन प्रणाली तथा तीन तहका सरकारको प्रबन्ध भएको नेपालको संविधान लागू भएपश्चात् सबै तहका सरकारको निर्वाचन अगाडि बढ्ने क्रममा सर्वप्रथम स्थानीय...

ओलीलाई चुनौती दिंदै नेपाल पक्षले बचायो सुदूपश्चिम सरकार

  धनगढी । नेकपा (एमाले)को स्थायी कमिटीले समर्थन फिर्ता लिने निर्णय गरेको सुदूरपश्चिम सरकारलाई माधव नेपाल पक्षीय प्रदेश सभा सदस्यहरुले जोगाएका छन् । एमाले स्थायी...

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

ट्रेन्डिङ

अबको तीज नो ब्रत प्लिज

काठमाडौं । तीजमा श्रीमानको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै महिलाहरुले नीराहार ब्रत बस्ने पुरानो चलन हो । धार्मिक आस्थामा विश्वास गर्ने महिलाहरु अझै पनि...

भारतबाट फर्केकालाई लिएर सल्यान जाँदै गरेको बस दुर्घटना, १२ को मृत्यु, २१ घाइते

नेपालगञ्ज । बाँकेमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु भएको छ भने २१ घाइते भएका छन् । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि...

स्वास्थ्य मन्त्रालयले सच्यायो गल्ती, कोरोना संक्रमितको संख्या २ सय ४५

जनकपुरधाम । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान ७ जना नयाँ संक्रमित थपिएको भनेर दिएको सूचना त्रुटिपूर्ण देखिएको छ । धनुषा, महोत्तरी र सर्लाहीमा...

दोस्रो लहरको जोखिमसँगै सर्तकता बढाऔं

कोरोनाको दोस्रो लहर बढ्दै गएको छ । तर पनि जनमानसमा यसप्रति कत्ति पनि सावधानी देखिँदैन । दैनिक हेलचेक्य्राइँ र बेवास्ता बढिरहेको छ । मानिसले...

गुणस्तर सुनिश्चिततामा विज्ञको जोड

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) परीक्षणको गुणस्तर सुनिश्चिततामा ध्यान दिन विज्ञहरुले सरकारलाई सुझाव दिएका छन् । रियल टाइम पीसीआर प्रविधि र ‘¥यापिड...

प्रदर्शन स्थगन गर्न साझा पार्टीको आग्रह

काठमाडौं । साझा पार्टीले सरकारबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन...

१ लाख संक्रमित घरमै

निर्देशिका भन्छ, बिरामीको नियमित अनुगमन काठमाडौं । देशभर १ लाख २ हजार ४ सय ५५ कोरोना संक्रमित घरमै छन् । सरकारले उनीहरूको अवस्थाबारे चासो...

मेलम्चीको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने

काठमाडौँ । कोभिड–१९ का कारण काममा पुगेको बाधाले मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ । बन्दाबन्दीको समयमा निर्माण सामग्री...

हावा हुरीले ढालेकाे रुखमा ठोक्किएर मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रको सिमावर्ती बजारमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगरका महेश बोहरा (राजु) को मृत्यु भएको छ...

भौतिक मन्त्रालयको बोलपत्र भदौभित्रै

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समयमै काम सम्पन्न गर्न भदौभित्रै बोलपत्र कार्य सम्पन्न गर्ने तयारी गरेको छ । हरेक वर्ष असार मसान्तमा...

एमाले महाधिवेशन आयोजक कमिटीका सदस्यको कार्यविभाजन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्यको कार्यविभाजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको आयोजक कमिटीको बैठकले...

सिरहाका कोरोना संक्रमित वृद्धको धरानमा मृत्यु

सिरहा । सिरहाका कोरोना संक्रमित एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सिरहाको मिर्चैया वडा नम्बर-३...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)