सप्तरी, राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहाका ४५ वर्षिय सत्यनारायण मंडल मंगलबार बिहानै साइलकमा श्रीमती सुनितालाई बोकेर बरमझिया गाउँतिर लागे ।
लकडाउनको समय भएकाले बिहान ६ बजेतिर नै बरमझियामा गई केही घरायसी काम सकेर छिटै फकिने मंडल दम्पत्तिको योजना थियो । तर, उनीहरुको योजना गन्तब्यसम्म नपुग्दै समाप्त भयो ।
घरबाट किस्केको १० मिनेटपछि पोर्ताहा चोक पुगेका मंडल दम्पत्ति चढेको साइकललाई विपरीत दिसाबाट तिब्र गतिमा आउँदै गरेको ना.६ख. ३८६१ नम्बरको ट्रकले ठक्कर दिएपछि दुबै त्यही ढले ।
दुबैलाई तत्कालै उद्दार गरि उपचारका लागि भारदह अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याई पु-याएको छ भने ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।






