Friday, June 18, 2021
Home भर्खरै एउटै घरका तीन दिदीबहिनी सगरमाथा शिखरमा

एउटै घरका तीन दिदीबहिनी सगरमाथा शिखरमा

राजधानी समाचारदाता,

काठमाडौं । विश्वको सर्बोच्च छानो सगरमाथा चढेर नयाँ कीर्तिमानी कायम गराउने प्रतिस्पर्धाकाबीच बुधबार दोलखाको एकै घरपरिवारका तीन दिदीबहिनीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

दोलखास्थित गौरीशंकर गाउँपालिका–९ बेदीङका एउटै घरका तीन दिदी–बहिनीहरु निमा जाङ्बु शेर्पा (वर्ष ३०) छिरिङ नाम्गे शेर्पा (वर्ष २६) र दावाफुटी शेर्पा (वर्ष २४) ले बुधबार विहान ७ बजे सगरमाथाको शिखर चुमेका हुन् । यसअघि यी दिदी–बहिनीले तीन वर्षभित्र सगरमाथा लगायत संसारका सातवटै महादेशको उच्च हिमाल आरोहण गरि विश्व रेकर्ड कायम राख्ने उद्देश्य रहेका थिए । यो आरोणसँगै उनीहरुको सो लक्ष्य पुरा भएको छ ।

गत २४ बैशाखमा आफ्नै कीर्तिमानी तोड्दै २५ औं पटक सगरमाथाको शिखर चुमेका कीर्तिमानी आरोही कामीरिता शेर्पाको आरोहणसँगै यस वर्षको सगरमाथा आरोहण शुरु भएको थियो । सोही दिनदेखि अहिलेसम्म दर्जनौं आरोहीले विभिन्न कीर्तिमानी कायम गरेको पर्यटन विभागले जनाएको छ ।

एउटै घरका तीन दिदिबहिनीले सफलतापूर्वक सगरमाथाको शिखर चुमेको जानकारी पाएपछि ति आरोहीका जिल्लावासी निर्वाचित सांसद् तथा सूचना प्रविधी तथा संचारमन्त्री पार्वत गुरुङले उनीहरुलाई बधाइ व्यक्त गरेका छन् । मन्त्री गुरुङले गत २ बैशाखमा मन्त्रालयमा आयोजित कार्यक्रममा ती दिदीबहिनीलाई नेपालको राष्ट्रिय झण्डा हस्तन्तारण
गर्दै बिदाइ समेत गरेका थिए । यसैबीच बुधबार नै दोलखास्थित सोही ठाउँका अर्का आरोही पेम्वादोर्जे शेर्पाले पनि २१ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । पेम्बाले पनि बुधवार बिहान ७ बजे सगरमाथाको शिखर चुमेका हुन् ।

उनीहरुको यस आरोहण दललाई व्यवस्थापन गर्दै आएको ड्रिमर्स डिष्टिनेशन ट्रेक एण्ड एक्सपेडिसनका अनुसार पेम्बाले ‘विश्व शान्ति र वातावरण बचाउँ’ भन्ने सन्देशकासाथ अहिले २१ औं पटक सगरमाथाको शिखरमा पुगेका हुन् । पर्यटन विभागका अनुसार यो वसन्त ऋतुमा विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहणका लागि स्वदेशी र विदेशी गरि विभिन्न ४३ समूहका ३१५ पुरुष, ९२ महिला र १ अन्य गरि कुल ४०८ जनाले आरोहण अनुमति लिएका थिए ।

पर्यटन विभाग, पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यले बुधबार करिब ७० जनाले सगरमाथाको सफल आरोहण गरेको बताइन् । उनले मंगलबार र बुधबार मात्र १ सय ५० आरोहीले सगरमाथाको शिखर चुमेको जानकारी गराइन् । हाल सगरमाथाको आधार शिबिरमा रहेकी पर्यटन विभागकी निर्देशक आचार्यले मंगलबार ८० जना आरोहीले आरोहण गरेको बताइन ।

बुधबार बिहान सगरमाथाको सफल आरोहण गरेका एकैघरका तीन दिदीबहिनी र २१ औं पटक सगरमाथाको चुचुरोमा पुगेका पेम्बा दोर्जे शेर्पा लगायत उनीहरूको टोली भने यो संख्यामा समावेश नभएको जानकारी गराउँदै उनले उनीहरू शेर्पा समुदायबाट चढेकाले विभागबाट अनुमति नलिएकाले विभागको तथ्यांकमा समावेश नभएको बताइन् ।

(Visited 57 times, 1 visits today)
Loading comments...

आजको समाचार

पाँच मिनेटको फिल्मले २ लाख ५० हजार पुरस्कार पाउने

  काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता एनवाईएफ सर्ट...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

वर्षेनी बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा

  इटहरी । झन्डै चार बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना...

गर्मी छल्न पाटन उक्लेका भेडिगोठको विचल्ली

  जुम्ला । गर्मी छल्न पाटन उक्लेका भेडिगोठहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । भेडाको बथान सँगै पाटन र खर्कहरुमा बसेका भेडिगोठालाहरु अहिले विचल्लीमा छन्...

साताका लोकप्रिय समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

मेलम्चीकाे पहिराेले निम्ताएको विनाश १६ तस्विरमा (फोटोफचर)

  मेलम्ची । लगातार प्राकृतिक विपत्ती भोगीरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तीबाट ठुलोजनधनको क्षती भएको छ । २०७१ सालदेखि लगातार प्राकृतिक...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । गत २९ जेठमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त...

नागरिकताको राजनीति

मधेसका मुद्दालाई सम्बोधन गरेको देखाउने र जसपाको एक समूहलाई सरकारमा जान राजनीतिक आधार प्रदान गर्ने उद्देश्यले केहीअघि जारी गरिएको नागरिकतासम्बन्धी अध्यादेशलाई जनता समाजवादी पार्टीको...

राजमार्ग बन्यो, पुल बनेनन्, कोरोना संक्रमित २४ घण्टासम्म पनि अस्पताल पुग्न सकेनन्

  गुल्मी । गुल्मीको मालिका गाउँपालिका –७ घमिरका एक दम्पत्तिलाई जेठ २८ गते कोरोना पुष्टि भयो । जसमध्ये श्रीमानको अक्सिजन कम हुँदा अवस्था जटिल भयो...

ट्रेन्डिङ

कोरोनाबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ७१५ पुग्यो

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७१५ पुगेको...

कोभिड–१९, बहुपक्षीय प्रभाव र सरकार

कोभिड–१९ को महामारीका कारण यतिखेर विश्व नै बन्दाबन्दी अवस्थामा छ । उपचार विधि हालसम्म पहिचान हुन सकेको छैन । छिमेकी देश चीनमा सबैभन्दा पहिला...

बारामा सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित एक जना पक्राउ

बारा । बारास्थित खुदियाटोला दशगजा इलाकाबाट सशस्त्र प्रहरी टोलीले लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको बीओपी बरैनियाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक...

ओली–नेपाल वार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालमा...

दुर्गमका अँध्यारो बस्तीलाई उज्यालो बनाउँदै प्राधिकरण 

डडेल्धुरा । नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रले दुर्गम बस्तीहरुमा धमाधम बिजुली बाल्न थालेको छ । डडेल्धुरा जिल्लाका सातवटै स्थानीय तहहरुका सदरमुकामहरुमा विद्युतको पहुँच...

शिवलाई भन्टाको भार

धनुषाधाम नगरपालिकास्थित ऐतिहासिक धनुष मन्दिरमा भन्टाको भार चढाउनेको भीडै लाग्ने गर्छ । अन्य समय पनि चढाउँछन् तर शिवरात्रि, चतुदर्शी, साउने सोमबारी र मकर मेलाका...

राकिटिच सेभिल्ला फर्कने

क्याटलान । क्रोएसियन मिडफिल्डर इभान राकिटिच ६ वर्षपछि स्पेनिस क्लब सेभिल्ला फर्किएका छन् । सेभिल्लाले मंगलबार क्याटलान क्लब बार्सिलोनाका आफ्नो पूर्व मिडफिल्डर राकिटिच ६...

२० प्रतिशत छुटमा खाद्यान्न किन्नेको भिड बढेपछि कुपन प्राणाली लागु

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्य वस्तु खरिद गर्न आउनेको भिडभाड बढेपछि कुपन प्राणाली लागु गरेको छ । कोरोना संक्रमणको महामारीमा भिडभाडलाई...

सेती अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कोरोना संक्रमण

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको नोबल कोरोना (कोभिड १९) अस्पताल कार्यरत एक जना स्टाफ नर्समा कोरोना संक्रमण देखिएको छ । धनगढी उपमहानगरपालिकाकी २८...

गण्डकीमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा आज बिहान मात्र ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो जानकारीअनुसार सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङका...

बन्दाबन्दीमा २३४ अन्तरराष्ट्रिय उडान

काठमाडौँ । नेपालमा बन्दाबन्दीको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २३४ अन्तरराष्ट्रिय उडान भएका छन् । बन्दाबन्दीको तीन महिनाको अवधिमा यात्रु चार्टर्ड तथा...

काठमाडौँ उपत्यकामा थपिए ८१७ जना कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा मात्रै ६४९ जनामा सङ्क्रमण...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)