वसन्तपुरमा चीर ठड्याइयो, फागु पर्व शुरु

ललितपुर । यस वर्षको फागु अर्थात होली पर्व मंगलबारबाट सुरु भएको छ । मंगलबार विहान बसन्तपुरमा रंगीचंगी कपडाका टुक्राहरु झुन्डाइएको तीनतले चीर ठड्याएपछि यसपालीको होली पर्व सुरु भएको हो । चिर गाडेपछि बसन्त ऋतुको आगमनलाई स्वागत गर्न भनेर फागुन शुक्ल अष्टमीदेखी पुर्णिमासम्म विभिन्न रंग र अविर एकआपसमा छ्याछ्याप गरेर होली खेल्ने परम्परा छ । होलीकै भोलिपल्टबाट ऋतुहरुका राजा बसन्त ऋतुको आगमन हुने विश्वास छ ।

मंगलबार बिहान ७ बजेर ५७ मिनेटको साइतमा मानन्धर समाजले चीर अथवा लिङ्गो ठड्याएपछि होली पर्व सुरु भएको काठमाडौँ जात्रा ब्यवस्थापन समितीका अध्यक्ष राजन मर्हजनले जानकारी दिए । ‘मानन्धर समाजको टोली र सेनाको टुकडीले चीरलाई उठाएपछि यसपालीको होली सुरु भयो’, उनले भने, ‘हरेक वर्षकाृे फागुन शुक्ल अष्टमीका दिन लिंगो ठड्याउने चलन छ । रंगीचंगी ध्वजा पताकासहितको कपडाले बेरिएको चीर ठड्याउन मानन्धर समाजलाई सेनाको टुकडीले पनि सहयोग गरेको थियो । त्यस क्रममा गुरुज्युको पल्टनले बाजा गाजासहित हर्ष बढाई गरेको थियो ।

भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुहेश्वरीबाट ल्याइएको मयलको रुखको हाँगालाई विशेष पूजा गरेर चिर ठड्याउने चलन छ । तर पछिल्लो समय बाँसलाई पायक पर्ने स्थानबाट ल्याउने गरिएको समितीका अध्यक्ष मर्हजनले बताए । यसैगरी ललितपुर र भक्तपुरमा समेत बाँस र मयलका रुख ठडयाई त्यसमा बिभिन्न रगंको कपडा फहराउने गरिन्छ ।

असत्यमाथी सत्यको विजयको प्रतिक चिरलाई गुर्जुको पल्टनले बढाइका साथ परिक्रमा पनि गरेको थियो । हनुमानढोकाको मोहनकाली चोक तथा दाख चोकमा मंगलबारै विशेष सजावट पनि गरिएको छ । मोहनकाली चोकमा रहेको भगवान कृष्णको मुरली सहितको काष्ठमुर्ति र सँगै रहेका अर्धनग्न गोपीनीहरुको मुर्तिमा अविर छ्यापेर पुजा गरिएको छ ।

मंगलबार उठाइएको लिङ्गोलाई आउने २६ फागुनमा फागु पुर्णिमाका दिन ढालेपछि यो वर्षको होली सकिनेछ । हनुमानढोका दरबारको गद्दी बैठक नजिकै ठड्याइएको चीरलाई २६ फागुन सोमबार साँझ ७ बजेर १५ मिनेटमा ढालीने समितीका अध्यक्ष राजन मर्हजनले जानकारी दिए । ‘आउने सोमबार फागु पुर्णिमाका दिन साँझ ७ बजेर १५ मिनेटमा यो चीर ढालिन्छ’, उनले भने, लगत्तै चिरलाई बेलुका ७ बजेर ५५ मिनेटमा टुडिखेलमा लगेर दहन गरेपछि होली पनि सकिन्छ । चीर दहन भएपछि असत्यमाथी सत्यको जित भएको मानिन्छ ।

यो बर्ष पहाडी जिल्ला तथा उपत्यकामा २६ फागुनमा होली मनाएपनि तराईमा भने २७ फागुनमा होली मनाइँदैछ । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भस्म गरी सत्यवादी भक्तप्रल्हादको उद्धारको कथा, भगवान कृष्ण र नग्न अवस्थामा गोपीनीहरुले नुहाउँदाको प्रसङ्ग तथा कामदेव र रतीको प्रेमकथा लगायतका प्रसङ्गहरु होलीसँग जोडीएको धार्मिक ग्रन्थमा उल्लेख छन् । होलीमा रंगहरु र अविर एक आपसमा छ्याप्ने गरिएपनि पछिल्लो समयमा पानीकै बढी प्रयोग हुने गरेको छ । होलीका बेला भाङको लड्डु, घोट्टालगायत खाएर रमाइलो गर्ने चलन छ ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हत्या भएको ६ महिनापछि शव भेटियो

कुरी-कुरी